कात्तिक १७, २०८०
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
एकराज भुजेल
भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका वडा नं. ४ दलगाउँ भुजेल डाँडामा निर्माण भएको भुजेलीथान यतिबेला पर्यटकीय स्थलको रुपमा चिनाउन उद्यत रहेको छ।
वडा कार्यालय दलगाउँ तथा देश विदेशमा रहेका सहयोगी मनको आर्थिक सहयोगमा निर्माण भएको भुजेली थान यतिबेला पूरै बेहुली जस्तै सिङ्गारिएको छ।
रामप्रसादराई गाउँपालिका उपप्रमुख सम्झना राई सन्ध्याद्वारा शिलान्यास गरिएको भुजेली थान प्रतिनिधि सभा सदस्य सुदन किराती र वडा कार्यालय दलगाउका वडाध्यक्ष फौंदसिं कार्कीले उद्घाटन गरिएको भुजेली थानमा मंसिर पूर्णिमा अर्थात भुजेली पर्वका दिन भुजेल संस्कृतिका भेषभुषा झाकी सहित भव्यता साथ मनाउँदै बाह्य पर्यटकलाई अधिक मात्रामा भुजेली थानको दर्शन गराउँदै भुजेली पहिचानमा रमाउनका लागि धेरै कसरत गर्दै आइरहेको छ।
भोजपुरको शीरको रुपमा ठडिएको ट्याम्के डाँडाको तालुमा हरिण मृगका पाठाहरुसँग लुकामारी खेल्दै कस्तुरीको बास्ना सँगै सिद्धाकाली, पखुवादेवी मन्दिरको दर्शनसँगै सिक्तेल र पिखुवाको चिसो पानीले प्यास मेटाउँदै भुजेली डाँडाको भुजेली थानमा सुस्केरा हाल्दै दिपेनी डाँडाको चुलाचुली गुफा भित्र टर्च बाल्दै छिर्दै विभिन्न आकृतिका प्रकृतिले कुँदिएका बुट्टादार ढुङ्गाहरुको अवलोकन गर्न पर्यटकहरुको मन लोभ्याउदै आन्तरिक तथा वाह्य पर्यटकहरुको पाइला यस क्षेत्रमा अवश्य पार्नका लागि भुजेली थान संरक्षण समिति कटिबद्ध रुपमा लागिपरेको छ।
भक्तजन तथा पर्यटहरुलाई सुविधाको मध्यनजर गर्दै प्रतिक्षालय, पाहुना घर लगायतका निर्माण कार्यलाई तिव्रता दिइरहेको छ।भुजेली थान उद्घाटनका क्रममा प्रतिनिधि सभा सदस्य तथा सभासद सुदन किरातीले भुजेल डाँडाका भुजेलहरुको एउटै स्वरमा स्वर मिलाउँदै भुजेली थानलाई पर्यटकिय हिसाबले यस थानलाई नमुनाको रुपमा बनाउन आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत दिए। संस्कृति र प्राकृतिक सम्पदालाई विश्वकै सम्पदाको रुपमा स्थापित गराउन सकिने सम्भावना पनि औल्याए।
मंसिर पूर्णीमा उधौली र बैशाख पूर्णिमा उभौली दुवै पर्वको पूजा गर्ने भुजेल, घर्ती, खवास प्रकृति-पूजक भएकाले मंसिरे पूर्णिमा उधौली भुजेली पर्व पौष 7 गते मनाउन भुजेलहरु तम्सिएका छन्। भुजेल जातीका पूर्खाहरुले प्रारम्भिक कालदेखि नै आफ्ना परिवार, गाईवस्तुहरु, बालिनालिहरु र मानव जातिको रक्षाको लागि सूर्य, वायु, जल, जमिन र जंगलको पूजा गर्दै आएका थिए।
शुरु-शुरुमा सामुहिक रुपमा प्रकृति पुजाको आयोजना गरिन्थ्यो भने पछिल्लो समय वि.सं.1372 पछि आएर एकल पारिवारिक रुपमा यस पुजाको आयोजना गरिन्थ्यो।अझै पनि भुजेल धामी झाक्रीहरुले, बुढापाकाहरुले आ-आफ्नो स्थानमा गोठपूजा, कुलपुजा वा बनभोजको रुपमा प्रकृति पुजा गर्दै आएका छन्।
त्यसलाई समय सापेक्ष बनाउँदै, सामुहिक रुप दिदै 2066 सालदेखि सुनसरी जिल्लाबाट भुजेली पर्वका रुपमा भव्यताका साथ मनाउने कार्यक्रमको प्रारम्भ गर्दै आएको यस पर्व भुजेल डाँडाका भुजेली थान संरक्षण समितिले सामुहिक रुपमा यो पर्व मनाउन सुरुवात गरेको छ।
भुजेल जातीका पूर्खाहरु वि.सं.553 देखि नेपालको मध्य पश्चिमतिर अस्तित्वमा आई बाग्लुङ, पर्वत, गुल्मीतिर बसोबास गरी राज्य गर्दै शक्तिशाली राज्यको स्थापना बाग्लुङको ढोरपाटमा गरेको पाइन्छ। शक्तिशाली राज्य स्थापना गरेका भुजेलका पूर्खालाई त्यस क्षेत्रका बासिन्दाले प्रमुख राजा भनेर सम्वोधन गर्दथे त्यही सम्वोधन पछि गएर भुजेल जातिमा स्थापित भएको इतिहास विद्हरुको राय छ।
वि.सं.1372 ताका भुजेल जातीको राज्यलाई आक्रमण गरी तहस नहस पारेपछि त्यो भन्दा पछिका शासकहरुले एक भाषा, एक धर्म, एक संस्कार लादेकाले अहिले भाषा, धर्म संस्कार खोज्न भुजेलहरु लागिपरेका छन्।
भुजेल जाती प्रकृति पूजक भएकाले यसै धर्मलाई आधारमानी र भुजेलका पूर्खाहरुले मान्दै आएका संस्कार र चाडपर्वहरुलाई विधिवत् रुपमा घरमा, समूहमा र समाजमा लागु गर्ने फरक फरक ठाउँमा रहेका फरक फरक विधि, तौल र तरिकालाई एकरुपता ल्याउन नेपाल भरी बसोबास गर्ने भुजेलहरुलाई प्रकृति धर्मावलम्वीको रुपमा चिनाउन पञ्च तत्व सूर्य, वायु, जल, जमिन र जंगल साथै दियो र कलशलाई कुल देवता मान्न र मनाउन हरेक पर्व र संस्कारमा पुजा गर्ने र आराधाना गरी वरदान माग्न आफू र आफ्ना परिवार समाज सबैको रक्षा गर्न यी कुलदेवताको विधिवत पुजा थालिएको हो।
यतिबेला भुजेली थान विभिन्न रंगका ध्वजाहरुले, सिमाली, बाँसको लिङ्गो, तितेपाती, एकपाथीको ठूलो दियो अनि अन्य साना साना दियो, फुलका मालाहरु तथा त्रिशुलले सुशोभित भएको छ।भुजेली चेलीहरु भुजेली पहिरनमा सजिएर भुजेली पर्व मनाउन तम्सिएका छन् । भुजेली पर्वमा एक जोर परेवा, कालो भाले, बोका, भेडाको बलि दिएर मनाउने प्रचलन भएतापनि समयको परिवर्तनसँगै विभिन्न फलफूलले पूजा गर्न सकिने व्यवस्था समितिले मिलाउने गरेको छ।पाँच वटा ढुङ्गाको प्रतिमालाई देवताको प्रतिक मानि पुजा गरिदै आएको छ।न्याम (सूर्य), हाउसिरिङ्ग (वायु), ती (जल), राङ्ग (जमिन), फुई (जंगल) लाई अक्षता, धूप, बत्ती बाली बली चढाई सेवानुङ, सेवानुङ, सेवानुङ भनी प्राथना गर्ने गरिन्छ ।
लेखक भुजेल
लेखक हालउच्च अदालत पाटनमा कार्यरत छन् ।
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मीको रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार काठमा...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...