×

NMB BANK
NIC ASIA

कांग्रेस महासमिति बैठकस्थलमा हिन्दूराष्ट्रका लागि हस्ताक्षर अभियान, ५०० भन्दा बढीको हस्ताक्षर

पुस १, २०७५

NTC
Premier Steels

काठमाडौं -राजधानीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा सनातन हिन्दूराष्ट्रको माग गर्दै महासमिति सदस्यहरूले हस्ताक्षर अभियान चलाएका छन् । सिंहदरबार मूल ढोकाअगाडि योगम्बर पार्टी प्यालेसमा आयोजना गरिएको महासमिति बैठकभित्र छिर्ने गेटमा ब्यानर नै टाँगेर हिन्दूराष्ट्रका लागि हस्ताक्षर अभियान चलाइएको हो । 

Muktinath Bank

पूर्व सांसद एवं कांग्रेस महासमिति सदस्य शंकर पाण्डेले देशलाई वैदिक सनातन हिन्दूराष्ट्र बनाउनका लागि हस्ताक्षर अभियान चलाइएको दाबी गरे । लोकान्तरसँग पाण्डेले भने, ‘अब देश जोगाउने जिम्मा नेपाली कांग्रेसको मात्र नभएर ९४ प्रतिशत सनातन धर्मावलम्बीहरूको काँधमा आएको छ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त हस्ताक्षर अभियानमा ५ सयभन्दा बढी महासमिति सदस्यहरूले हस्ताक्षर गरेर सहभागिता जनाइसकेका छन् । लोकान्तरकर्मी हस्ताक्षर अभियान चलिरहेको ठाउँमा पुग्दा कांग्रेसबाट काठमाडौं उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित हरिप्रभा खड्की हस्ताक्षर गर्दै थिइन् ।


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसभित्र हिन्दूराष्ट्रको माग बेलाबेलामा उठ्ने गरेको छ । केही दिनअगाडि महासमिति बैठक तयारीका लागि केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा पनि धर्मकै विषयमा चर्काचर्की भएको थियो ।

Vianet communication

प्रस्तावित विधानमा ‘धर्मनिरपेक्षतालाई कांग्रेसको नेतृत्वमा भएको महत्त्वपूर्ण उपलब्धि’ भनेर उल्लेख गरिएपछि हिन्दूराष्ट्र पक्षीय नेताहरू बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका थिए । 

पार्टी महामन्त्री शशांक कोइरालाले समेत नेपाललाई हिन्दूराष्ट्र बनाउनका लागि जनमत संग्रह गर्नुपर्छ भन्ने अभिव्यक्ति बेलाबखत दिने गरेका छन् ।

महासमिति बैठक स्थलमा भेटिएका कोइरालाले अहिले आफू केही नबोल्ने तर बैठकमा हिन्दूधर्मको पक्षमा जोडदार आवाज उठाउने संकेत दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x