×

NMB BANK
NIC ASIA

पत्रकार खशोग्गी हत्या प्रकरणबारे विश्वसनीय छानविन गर्न राष्ट्रसंघको आग्रह

पुस २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

दोहा- संयुक्त राष्ट्रसंघका महासचिब एन्टोनियो गुटेर्रेसले टर्कीको राजधानी इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूतावासमा हत्या गरिएका पत्रकार जमाल खशोग्गीको हत्या प्रकरणमा विश्वसनीय छानविन गरी वास्तविकतालाई बाहिर ल्याउन आग्रह गर्नुभएको छ । 

टर्कीकी एउटी महिलासँग बिहेको छिनोफानो गरेका खशोग्गी आफ्नी पत्नीसँग सम्बन्धविच्छेद गर्नुपर्ने कानुनी प्रक्रियाका लागि साउदी दूतावासमा गएका बेला दूतावासभित्रै गत अक्टोबर २ मा हत्या भएको थियो । 

दोहामा आयोजित एक पत्रकार सम्मेलनमा महासचिव गुटेर्रेसले भन्नुभयो, “पत्रकार खशोग्गीको हत्याबारे विश्वसनीय अनुसन्धान गरी दोषीलाई सजाय दिनु नितान्त आवश्यक कुरा हो ।” गुटेर्रेसले सञ्चारमाध्यममा आएका रिपोर्टबाहेक आफुलाई घटनाबारे थप सूचना नरहेको बताउनुभयो । 

साउदी अरबका राजकूमार मोहम्मद विन सलमानका कट्टर आलोचकसमेत रहेका वासिङ्टन पोष्टका लागि काम गर्दै आएका पत्रकार खशोग्गीको हत्यामा सम्लग्न आरोपित व्यक्तिहरूलाई टर्कीलाई सुपुर्दगी गर्न गरिएको टर्कीको आग्रहलाई साउदी अरबले अस्वीकार गर्दै आएको छ । 

हत्याबारे वास्तविकता बाहिर ल्याउँदा कसैले घुडा टेकेको नबुझिने उक्त अवसरमा टर्कीका विदेशमन्त्रीले शनिबार बताउनुभयो । कतार भ्रमणमा रहेका विदेशमन्त्री मेभलुट कोभुसोग्लुले भन्नुभयो, “हामीले साउदीतर्फबाट घटनाबारे कुनै नयाँ सूचना पाएका छैनौँ ।” 

“टर्कीले यस घटनामा हार खाने छैन अन्तिमसम्म कानूनी लडाई जारी राख्ने छ ।” टर्कीका अनुसार उसले खशोग्गीको हत्या प्रकरणमा अनुसन्धान गर्न १५–सदस्यीय साउदी टोली इस्तानबुल गएको थियो । अनुसन्धानका लागि भनेर रियादले विभिन्न २१ जनालाई हिरासतमा लिएको छ । 

घटनाबारे चासो राख्ने राजनीतिक विश्लेषकहरूले घटनामा साउदी अरबका शक्तिशाली राजकुमार मोहम्मद विन सलमानको अप्रत्यक्ष सम्लग्नता रहेको जनाएका छन् भने साउदी अरबले यसको खण्डन गर्दै आएको छ । 

शनिबार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डाेगानले इस्तानबुलमा आयोजित एक सम्मेलनमा भन्नुभयो, “घटनास्थलमा रेकर्ड भएको आवाज सुन्दा पत्रकार खशोज्जीको हत्यामा साउदी राजकुमारका निकटस्थहरूको सक्रिय भूमिका रहेको प्रष्ट हुन्छ ।” 

यसअघि अमेरिकाले पनि यस हत्याकाण्डमा साउदी राजकुमार मोहम्मद बिन सलमान अल साउद मुख्य जिम्मेबार रहेको बताएको थियो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x