×

NMB BANK
NIC ASIA

नेकपा बैठकमा उठ्यो राष्ट्रियताको मुद्दा- लिपुलेकको बारेमा बोल्न डराउने ?

पुस ४, २०७५

NTC
Premier Steels

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा लिपुलेकको विषय उठेको छ । स्थायी कमिटी सदस्य लेखराज भट्टले आफ्नो धारणा राख्ने क्रममा त्रिदेशीय पारवाहन बिन्दुको रूपमा रहेको लिपुलेकको विषयमा नेकपाको आधिकारिक धारणा के हो भनेर बैठकमा प्रश्न गरेका थिए ।

Muktinath Bank

दार्चुला जिल्लामा पर्ने लिपुलेकलाई भारत र चीनले आफूखुसी ‘ट्रेड ट्रान्जिट’ बनाउने सहमतिमा हस्ताक्षर गरेका थिए । नेपाली भूमिलाई आफू अनुकुल प्रयोग गर्ने भारत र चीनको सहमतिलाई नेपालका सीमाविद् र राजनीतिक विश्लेषकहरूले आलोचना गर्दै आइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालको सहमतिबिना चार वर्षअघि भारत र चीनबीच मात्र भएको उक्त सम्झौता खारेज गर्न यसअघिका कुनै पनि सरकारले पहल गरेको छैन भन्दै भट्टले लोकान्तरसँग भने, ‘भारत र चीनसँग नेपालको सम्बन्ध सुध्रेको छ भनेर गफ दिने, तर लिपुलेकको बारेमा बोल्न डराउने ?’ 


Advertisment
Nabil box
Kumari

आफ्नो पार्टी नेतृत्वको सरकारले भारत र चीनले आफूखुसी गरेको निर्णय फिर्ता गराउन पहल गर्नुपर्ने भट्टको भनाइ थियो ।

Vianet communication

बैठकमा भट्टले अध्यक्षद्वयले प्रस्ताव गरेको राजनीतिक प्रतिवेदन सारमा ठीक रहेको तर व्याख्या र विश्लेषण बढी भएको भन्दै आलोचनारहित चाहिं नदेखिएको टिप्पणी गरेका छन् । ‘अध्यक्षद्वयको प्रतिवेदनमा व्याख्या बढी भयो, त्यति धेरै व्याख्या गर्नुपर्ने जरुरत थिएन’ भट्ट भन्छन्, ‘सरकारले गरेका काम हामीलाई थाहा नदिने प्रवृत्ति ठीक होइन । जनतामा पनि राम्रोसँग सूचना गएको छैन,यसकारण जनता निराश छन् ।’

आजको बैठकमा देवप्रसाद गुरुङ, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघुजी पन्त, बर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेलले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरेसँगै बैठक सकिएको छ । बैठक भोलि २०७५ पुस ५ गते बिहान ८ बजेदेखि पार्र्टी केन्द्रीय कार्यालयंमा शुरु हुने गरी स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x