कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
पुस ४, २०७५
काठमाडौं– काठमाडौं महानगरपालिकाले काठमाडौंमा मोनोरेल सञ्चालनको विस्तृत परियोजना अध्ययन(डीपीआर) गर्न चिनियाँ कम्पनीसँग सम्झौता गरेका छन् ।
बुधबार राजधानीको राष्ट्रियसभा गृहमा महानगरपालिका र चिनियाँ कम्पनी चाइना रेलवे (सीआरसीसी) बीच सम्झौता भएको हो । सीआरसीसी चाइना रेलवे २५ औं व्यूरो ग्रुप हो । डीपीआर सम्झैताम महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र चिनियाँ रेलवे कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।
सम्झौतापत्र अनुसार एक वर्षभित्र चिनियाँ कम्पनीले डीपीआर तयार गर्नेछन् ।
प्रारम्भिक प्रतिवेदन अनुसार डीपीआरका लागि ६ महिना लाग्ने भएपनि एक वर्षको समयअवधि राखेर सम्झौता गरिएको छ ।
प्रारम्भिक प्रतिवेदन अनुसार डीपीआर सकिएको तीन वर्षपछि मनोरेल बनाउन सकिने छ । चिनियाँ कम्पनीका अधिकारीहरुका अनुसार मोनोरल बनाउन डीपीआरसहित पाँच वर्ष लाग्नेछ ।
प्रारम्भिक प्रतिवेदन अनुसार २७ दशमलब ५ किलोमिटरमा २१ठाउँमा यात्रु चढाउन र ओर्लन मिल्ने स्टेशन रहनेगरि मोनोरेल निर्माण गर्न सकिनेछ ।
यसअघि काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्ले मेयरको निर्वाचनका समय चक्रपथमा मोनोरल बनाउने वाचा गरेका थिए । तर उनको यो कार्यकालमा भने उनको योजनाले पूर्णता नपाउने भएको छ । उनी निर्वाचित भएको डेढ वर्ष भएको छ । चिनियाँ कम्पनीसँगको सम्झौता अनुसार मोनोरेल चलाउन अझै पाँच वर्ष लाग्ने छ ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...