×

NMB BANK
NIC ASIA

‘खल्ती’ र ‘फूडमान्डु’ बीच रणनीतिक साझेदारीको घोषणा, अन्लाइनबाट अर्डर गरेको खानाको पैसा मोबाइलबाटै तिर्न सकिने

पुस १२, २०७५

NTC
Premier Steels

काठमाडौं – मोबाइल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ र अन्लाइनबाट रेस्टुरेन्टहरूमा पाइने खानाको अर्डर लिने र डेलिभरी गर्ने कम्पनी ‘फूडमान्डु’ ले रणनीतिक साझेदारीको घोषणा गरेका छन् । 

खल्तीका डाइरेक्टर अमित अग्रवाल र फूडमान्डुका संस्थापक तथा सीईओ मनोहर अधिकारीले बिहीवार एक सम्झौतापत्रमा हस्ताक्षर गरेर उक्त साझेदारीको शुरूआत गरेका हुन् । 

यस साझेदारीपश्चात् फूडमान्डुबाट अर्डर गरेको खानाको पैसा खल्तीमार्फत मोबाइलबाटै तिर्न सकिने भएको छ ।

साझेदारीको घोषणा गर्दै खल्तीका निर्देशक अमित अग्रवालले भने, ‘यस साझेदारीसँगै अन्लाइनबाट खाना अर्डर गर्न रुचाउने ग्राहकहरूले अब खल्ती वालेट प्रयोग गरेर बिना झन्झट मोबाइलबाटै सजिलै पैसा भुक्तानी गर्न सक्नुहुने भएको छ ।

“प्रविधिको विकास र यसले ल्याएको सहजताको कारणले पछिल्लो समयमा नेपालमा अन्लाईनबाट सामान किन्ने चलन विस्तारै विकसित हुँदै गएको महसुस गर्न सकिन्छ । यहि प्रविधिको विकास सँगै नेपालको भुक्तानी प्रणाली पनि विस्तारै नगदरहित र डिजिटल तर्फ रुपान्तरण हुँदैछ । र, खल्ती मार्फत हामीले नेपालमा अन्लाईन भुक्तानी प्रणाली अझै सहज बनाउने तर्फ काम गरिरहेका छौँ ।

“फुडमान्डुसँगको यो साझेदारीले खल्ती प्रयोगकर्ताहरुलाई एउटा थप नयाँ सेवाको भुक्तानी गर्न सहजता प्रदान गरेको छ । यो साझेदारीसँगै हामीले नेपाल डिजिटल र नगद रहित बनाउने यात्रामा एउटा अर्को पाइला अगाडी बढेको महसुस गरेका छौँ । हामी खल्ती प्रयोगकर्ताहरुलाई धेरै भन्दा धेरै सेवाहरु प्रदान गर्न प्रतिबद्ध छौँ र चाँडै खल्तीमा अन्य धेरै सेवाहरुको भुक्तानी गर्न मिल्ने सुविधा थप्ने प्रकृयामा छौँ ।”

त्यस्तै, फुडमान्डुका संस्थापक तथा सिईओ मनोहर अधिकारीले भने,

“हामी खल्तीसँग साझेदारी गरी यसले प्रदान गर्ने डिजिटल भुक्तानी सुविधा हाम्रा सबै ग्राहक माझ र्पुयाउन पाउँदा उत्साहित छौँ । अब, फुडमान्डुका ग्राहकहरूले भुक्तानी गर्नको लागि नगद पैसामा मात्रै भर पर्नु पर्दैन । खल्तीको डिजिटल भुक्तानी सुविधा सँगै नेपालमा विद्यमान क्यास(अन(डेलिभरी प्रणालीमा हुने झन्झटबाट मुक्त हुने आशा गरेका छौँ ।

“यस साझेदारीको फल स्वरुप फुडमान्डुका ग्राहकहरुले काठमाडौं र ललितपुरका ३०० भन्दा बढी रेस्टुरेन्टबाट आफूले चाहेको खाना अर्डर गर्न र खल्ती एप प्रयोग गरेर मोबाईलबाटै भुक्तानी गर्न सक्नेछन् । ”

नेपालमा पछिल्लो समयमा ई–कमर्स र अन्लाईन किनमेलको ट्रेन्ड ह्वात्तै बढेको छ । यद्यपि, अन्लाईन भुक्तानीमा आशातित वृद्धि हुन सकेको छैन र मानिसहरु अझै पनि नगद भुक्तानीमै भर पर्दै आएका छन् । छिमेकी देशहरू
भारत, चीन र बांग्लादेशको तुलनामा नेपाल मोबाइल भुक्तानीको प्रयोगमा धेरै पछाडी छ । यस साझेदारीले नेपालीहरुमा अन्लाईन मार्फत सामान खरिद गर्दा मोबाईलबाटै भुक्तानी गर्ने बानीको सुरुवात हुने आशा गरिएको छ ।

साझेदारी सुरुवातको अफर स्वरुप प्रयोगकर्ताले खल्ती मार्फत फुडमान्डुमा गर्ने प्रत्येक भुक्तानीमा ५% क्यासब्याक प्राप्त गर्नेछन् ।

सन् २०१० को नोभेम्बरमा सुरु भएको फुडमान्डु काठमाडौंका विभिन्न उत्कृट रेस्टुराँहरूबाट खानाका परिकारहरू घरदैलोसम्म उपलब्ध गराउने एक भरपर्दो र चिरपरिचित सेवा प्रदायक हो । फुडमान्डूसँग अहिले काठमाडौँ र
ललितपुर वरपरका ३०० भन्दा बढी रेष्टुरेन्ट आवद्ध छन् । जसमा बजेटदेखि प्रीमियम रेञ्जसम्मका छन् । ग्राहकले फुडमान्डुको मोबाईल एप, वेबसाइट र फोनमार्फत खाना र खाजा अर्डर गर्न सक्छन् । पछिल्लो समयमा
फुडमान्डुको यो सेवा युवामाझ निकै लोकप्रिय छ ।

त्यस्तै, सन् २०१७ को जनावरीमा नेपाली बजारमा आरम्भ भएको खल्ती एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्ती एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल
भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्तीको प्रयोगकर्ताहरुको संख्या ५,००,००० भन्दा बढि रहेको छ ।

कसरी डाउनलोड गर्ने खल्ती र फुडमान्डु एप ?

खल्ती एप यो लिंकबाट डाउनलोड गर्न सकिन्छ ।

साथै, ‘फुडमान्डु एप’ यो लिंकबाट डाउनलोड गर्न र खाना अर्डर गर्न सकिन्छ ।
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x