×

NMB BANK
NIC ASIA

'सिम्बा' फिल्म समीक्षा : दिमाग नलगाइकन हेर्नुपर्ने रमाइलो फिल्म

पुस १३, २०७५

NTC
Premier Steels

काठमाडौं — रोहित शेट्टीको निर्देशनमा बनेको फिल्म सिम्बामा अजय देवगणको बाजीराव सिंघमको स्पष्ट प्रभाव देख्न पाइन्छ । रणवीर सिंहको पात्र सिम्बा संग्राम भालेराव सिंघमकै प्रभावमा छन् । 

तर सिंघम इमान्दार प्रहरी अधिकारी थिए भने सिम्बा मूर्ख र स्पष्ट रूपमा भ्रष्ट पात्र हो । बेइमानी गरेर पैसा कमाउन उसलाई लाज लाग्दैन । 

सिम्बाको आफ्नै स्वाग छ र प्रहरीको बर्दी उसमा फिट देखिन्छ । ऊ लाज पचेको मान्छे हो र उसको सेन्स अफ ह्युमर गतिलो छैन । ऊ आफू र आफ्नो ड्युटीलाई गम्भीरताका साथ लिँदैन । 

यस्तो चरित्रलाई रणवीर सिंहले बाहेक अरूले गतिलो गरी निर्वाह गर्न सक्दैनथिए । रणवीरका रूपमा रोहितले पर्फेक्ट अभिनेता फेला पारेका छन् । 

सिंघमको आवाजमा हामीले अनाथ बच्चा सिम्बाको कथा सुन्छौं । त्यसबाट थाहा लाग्छ, सिम्बा किन भ्रष्ट र निर्दयी मानिस बन्यो । ऊ प्रहरी बनेपछि उसको सरुवा मिरामार प्रहरी चौकीमा हुन्छ । ऊ भ्रष्ट प्रहरी हो भन्ने कुराको हल्ला
ऊ पुग्नुअघि नै पुगिसकेको हुन्छ । तर उसलाई त्यसको मतलब छैन र ऊ स्थानीय गुण्डाहरूसँग आफ्नो भाग लिन सफल हुन्छ । 

यसैबीचमा उसको प्रेम छिमेकमा बस्ने प्रिया (सारा खान) सँग पर्छ । अनि उसको अधिकारक्षेत्रमा भयानक अपराध भएपछि ऊ जिम्मेवार र राम्रो प्रहरी अधिकारी बन्छ र अपराधीहरूको शिकार गर्न निस्कन्छ ।

रोहित शेट्टीको फिल्ममा सूक्ष्म कुराको आशा गर्न सकिन्न । फिल्ममा सबै कुरा लाउड छ । फिल्म पूर्ण मसालेदार र पैसा वसूल छ । सिक्स प्याक भएको हिरो स्लो मोसनमा हिँडेको देख्दा दर्शकले सिट्ठी बजाउँछन् । 

संवादहरू धाँसु छन् । अनि पुरानो जमानाको एक्सन सिनले पनि रमाइलो अनुभव दिन्छ । हुन पनि रोहित यी सबै कुराका महारथी नै हुन् । तर फिल्मको कथा सहजै अनुमान गर्न सकिने किसिमको छ । 

शेट्टीले बलात्कार जस्तो गम्भीर विषय उठाएर एक असाधारण प्लट बनाउनुको साटो मसाला बनाउनतिर लागे । फिल्ममा प्रायः दोहोरिने संवाद अपराधप्रतिको उग्र प्रतिक्रिया देखाउनका लागि डिजाइन गरिएको होला तर त्यसले
झर्को लगाउँछ । 

फिल्मको पहिलो हाफ विद्यालयमा देखाइने नाटक जस्तो लाग्छ । दोस्रो हाफमा भने गति बढ्छ र दर्शकको आँखालाई स्क्रीनमा अडिरहन लगाउँछ ।

रणवीर सिंहले फिल्ममा अभिनयलाई उच्च स्तरमा लान पूर्ण कोशिश गरेका छन् । रणवीरलाई स्क्रीनमा देख्दा मज्जा आउँछ । प्रहरीको कर्तव्यलाई गम्भीर रूपमा नलिने पात्र एंग्री योङ म्यान बनेको गजब देखिन्छ । उनका वरिपरि
चाहिँ अस्वाभाविक अभिनय गर्ने कलाकारको झुण्ड नै भए पनि उनीप्रति आकर्षण कायम रहन्छ । 

सारा खान चाहिँ सुन्दर देखिन र एउटा गीतमा नाच्नबाहेक खासै केही गर्न पाउँदिनन् । हुन पनि पुरुषको दबदबा रहेको कथामा फिल्म खेल्न आएपछि साराले धेरै भूमिकाको अपेक्षा गर्न पनि मिल्दैन ।

सोनु सूदले डनका रूपमा राम्रो काम गरेका छन् र भूमिकामा पर्फेक्ट छन् । आशुतोष राणाले हेड कन्सटेबलका रूपमा कतै कतै त शानदार अभिनय देखाएका छन् भने कतै चाहिँ ओभरएक्टिङ गरेका छन् । 

फिल्मका अजय देवगणको एन्ट्री धमाकेदार छ । अक्षय कुमारले पनि सानतिनो क्यामियो गरेका छन् । फिल्मको सिक्वेलको तयारी पनि गरिँदैछ कि अनि त्यसमा अक्षयको भूमिका हुन्छ कि भनी अनुमान लगाउन सकिन्छ । 

रोहित शेट्टीले विशुद्ध मनोरञ्जक फिल्म बनाउने आफ्नो कलालाई नै चम्काएको भए हुन्थ्यो, सामाजिक सन्देश दिनतिर नलागेको भए हुन्थ्यो जस्तो चाहिँ लाग्छ । 

दैनिक भास्करमा प्रकाशित समीक्षाको भावानुवाद

फिल्म : सिम्बा
कलाकार : रणवीर सिंह, सारा खान, सोनु सूद, आशुतोष राणा आदि
निर्देशक : रोहित शेट्टी
विधा : एक्सन
अवधि : दुई घन्टा ४५ मिनेट
रेटिङ : ३/५

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x