×

NMB BANK
NIC ASIA

जग्गा भाडामा लिएर केराखेती

पुस १४, २०७५

NTC
Premier Steels

कञ्चनपुर-  बेलौरी नगरपालिका–६ विद्यानगरमा दुई किसानले चार बिघा जग्गा भाडामा लिएर केराखेती गरेका छन् । 

Muktinath Bank

स्थानीयवासी प्रतापसिंह राना र करमसिंह रानाले महाकाली बहुमुखी क्याम्पस र अन्य स्थानीयवासीको जग्गा प्रति बिगाको वार्षिक रु ५८ हजार देखि रु ६५ हजारमा भाडा तिर्ने गरी केराखेतीका लागि लिएका छन् । 

नाताले काका भतिजा पर्ने उहाँ दुवैले भाडामा लिएको जग्गामा छ हजार ५०० वटा जिनौ जातका केराका बोट रोपेका छन् । नगरपालिकाको कृषि शाखाले केराका बिरुवाको मूल्यको ५० प्रतिशत रकम अनुदानस्वरुप व्यहोरेको छ । 

भाडामा लिएको जग्गामा केराखेतीका लागि रु १५ लाख लगानी गरिएको कृषक प्रतापले बताउनुभयो । अझै दुई बिगाहा जग्गामा केराखेती विस्तार गर्नका लागि जग्गा खोजीको कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केरा खेतीकै लागि बैंकबाट रु २५ लाख ऋण लिएका छौं, जसमध्ये चार बिगाहा जग्गामा रोपेको केरामा रु १५ लाख खर्च भएको छ ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उन्नत जातको केरा भएकाले एक वर्षमै खर्च कटाएर रु २० देखि रु २५ लाख सम्म आम्दानी हुने उहाँले बताउनुभयो । केरासँगै अन्तरबालीका रुपमा आलु र खुर्सानी रोपेर उहाँहरुले अतिरिक्त आम्दानी गरेका छन् । विसं २०६२ देखि करमसिंहले भने केराखेती गर्दै आएका छन् । उहाँले विगतमा १२ विघा जग्गामा केरा खेती गरेर जिल्लामै पहिलो किसान बन्नु भएको थियो । भाडामा जग्गा नपाइदा थोरै जग्गामा केरा खेतीमा चित्त बुझाउनु परेको उहाँले बताउनुभयो । 

“बाहिरको व्यक्ति भन्दा भतिजासँग मिलेर केराखेती गर्दा सहज हुने भएकाले यस वर्षदेखि आधुनिक तरिकाले केराखेतीलाई अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो । केरा गोडमेल, बगान व्यवस्थापन गर्न, मल राख्न, सिँचाइ गर्न, टुसा हटाउने लगायतका कार्य गर्नका लागि ज्यालादारीमा २० जना कामदारलाई उहाँहरुले रोजगारी समेत दिनुभएको छ । 

खेतमा रोपेको केरा १५ महीनामा बजारमा बेच्नका लागि तयार हुने बताइएको छ । केराको माग अधिक रहेकाले बजारमा सहजै बिक्री हुने गरेको छ । यहाँ उत्पादन भएको काँचो केरा रु ३५ देखि रु ४० प्रति दर्जनका दरले कैलाली कञ्चनपुरसँगै डडेल्धुरासम्म बिक्रीका लागि व्यापारीले लैजाने गरेका छन् । केराखेतीमा संलग्न करमसिंहले भारतको उत्तरप्रदेशको लखनउका किसानले गरेको केराखेतीबाट पाठ सिक्दै उहाँहरु तालीम बिना नै केराखेतीमा जुट्नु भएको हो । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

बैशाख २६, २०८१

एलआरआर ग्रुपले चीनमा निर्मित चेरीको सब–ब्रान्ड काई एक्स–३प्रो विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ। नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई लक्षित गरेर एल आरआर ग्रुपले विद्युती...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

बैशाख २५, २०८१

नेपालका लागि टाटा मोटर्सको ​एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकवर्गहरूको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युन् पार्टसहरूको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण स...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x