×

NMB BANK
NIC ASIA

गूगल बिजनेस ग्रूपले ठूलो स्टार्टअप मेला ‘जीबीजी बिजफेस्ट’ आयोजना गर्ने

पुस १८, २०७५

NTC
Premier Steels

काठमाडौं – नेपालका प्रविधि व्यवसायीहरूको समूह गूगल बिजनेस ग्रूप काठमाडौंले शनिवार नेपालको सबैभन्दा ठूलो स्टार्टअप मेला जीबीजी बिजफेस्ट आयोजना गर्ने भएको छ । जीबीजी बिजफेस्ट नेपालमा यस प्रकारको पहिलो प्रविधि र व्यवसाय सम्बन्धी प्रदर्शनी हो ।

खल्ती डिजिटल वालेटसँगको मुख्य सहकार्यमा गर्न लागिएको यस मेलाको उद्देश्य देशभरबाट नवउद्यमीहरू र स्टार्टअप संस्थापकहरूलाई एउटै प्लेटफर्ममा ल्याउने र प्रवर्धन गर्ने रहेको छ । 

यस कार्यक्रममा विशेषगरी नेपालका सबैभन्दा लोकप्रिय एन्ड्रोइड एप्सका डेभलपर र प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ । 

कार्यक्रमको अवधारणाको बारेमा बोल्दै गूगल बिजनेस ग्रूप काठमाडौंका प्रबन्धक अमित अग्रवाल भन्छन्, ‘जीबीजी बिजफेस्ट विश्वका विभिन्न देशहरूमा वार्षिक रूपमा आयोजना हुने कार्यक्रम हो । हामी नेपालमा पहिलोपटक
यस्तो कार्यक्रम गर्न र देशभरका स्टार्टअपहरूलाई एकै स्थानमा ल्याउन पाउँदा अत्यन्तै उत्साहित छौं । यस कार्यक्रमका सहभागीहरूले गूगलका नयाँ टूल र आइडिया सिक्ने अवसर पाउनेछन् जुन उनीहरूको व्यापार प्रवर्धन र
विस्तार गर्न एकदमै महत्त्वपूर्ण हुनेछ । यस कार्यक्रममा हामी नेपालका अधिकांश युवा उद्यमीहरू, एप डेभलपरहरू, साथै गूगलका प्रविधि र सेवाहरूमा रुचि राख्ने विद्यार्थीहरू लगायतको सहभागिताको आशा गरेका छौं ।”

मेलामा देशभरका सयभन्दा बढी स्टार्टअपहरू र एप डेभलपरहरूले आफ्नो उत्पादन र सेवाको प्रदर्शन गर्ने अपेक्षा आयोजकको रहेको छ । 

साथै, कार्यक्रममा गूगलका प्रविधिमा चासो राख्ने र स्टार्टअप गर्न इच्छुक तीनहजार भन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने आयोजकको विश्वास छ ।

कार्यक्रममा विशेषज्ञहरूले गुगलका विभिन्न नयाँ नयाँ प्रविधिसम्बन्धी प्रस्तुति दिनेछन् ।

प्रदर्शनीमा ‘गूगल माई बिजनेस’ लक्षित एउटा विशेष स्टल पनि रहनेछ । प्रदर्शनीमा सहभागी स्टार्टअपहरूले उक्त स्टलमार्फत आफूलाई गूगलको व्यापार निर्देशिका (गूगल बिजनेस डाइरेक्टरी) मा सूचीबद्ध गर्न सक्नेछन् । 

उक्त निर्देशिकामा सूचीकृत भएपश्चात् ग्राहकहरूले व्यवसाय र त्यसका विवरणहरू पत्ता लगाउन सक्नेछन् । यसका साथै उक्त व्यवसायहरू गूगल सर्च रिजल्ट पेजको पहिलो पृष्ठमा देखापर्ने सम्भावना बढ्नेछ ।

यस कार्यक्रमले स्टार्टअपहरूको प्रवर्धन र विकासमा टेवा पु–याउने आयोजकको विश्वास छ ।

धेरैभन्दा धेरै स्टार्टअपहरू लाभान्वित होऊन् भनेर मेलामा सहभागी स्टार्टअपहरूका लागि स्टल बूकिङ निःशुल्क गरिएको छ । इच्छुक व्यवसायीहरूले यो लिङ्कमा गई सजिलै स्टल बूक गर्न सक्नेछन् । साथै, मेलाको अवलोकन गर्न
सर्वसाधारणको लागि प्रवेश निःशुल्क गरिएको छ ।

कार्यक्रमको विवरण :
कार्यक्रम : जीबीजी बिजफेस्ट
मिति : शनिबार, २१ पौष २०७५
समय : बिहान १० बजे देखि
स्थान : ग्यालेक्सी पब्लिक स्कूल परिसर, ज्ञानेश्वर, काठमाडौं
स्टल बूकिङ र प्रवेश : निःशुल्क
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २५, २०८१

नेपालका लागि टाटा मोटर्सको ​एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकवर्गहरूको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युन् पार्टसहरूको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण स...

बैशाख २९, २०८१

​​​​​​हुन्डाई ​गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको सहायक कम्पनी लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)ले ​​'हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट' शुभारम्भ गरेक...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x