×

NMB BANK
NIC ASIA

अमेरिकी डेमोक्रेटिक नेत्री ओकासियो–कोर्टेजको आपत्तिजनक तस्वीर प्रकाशित गरिएपछि हंगामा

पुस २६, २०७५

NTC
Premier Steels

काठमाडौं — अमेरिकाको विपक्षी डेमोक्रेटिक पार्टीमा तीव्र गतिमा उदय भइरहेकी नेत्री अलेक्जेन्ड्रिया ओकासियो–कोर्टेजले नेतृत्वमा पुगेका महिलाप्रति रूढिवादी मिडियाले गर्ने व्यवहारको निन्दा गरेकी छन् । कन्जर्भेटिभ वेबसाइट
डेली कलरले बाथटबमा नग्न भएर नुहाइरहेको उनको झूटो तस्वीर प्रकाशित गरेपछि उनी आक्रोशित भएकी हुन् । 

दक्षिणपन्थी वेबसाइटले बाथटबमा एक महिलाको नांगो गोडा देखिएको तस्वीर छापेको थियो र यस्तो हेडलाइन दिएको थियो, ‘केही मानिसले अलेक्जेन्ड्रिया ओकासियो–कोर्टेजको नग्न सेल्फी भनी वर्णन गरेको फोटो यही हो ।’

ओकासियो–कोर्टेजले बिहीवार राति ट्विटरमा लेख्दै अविश्वसनीय तस्वीरलाई एक प्रमुख कन्जर्भेटिभ आउटलेटले प्रयोग गरेकोबाट नेतृत्वमा रहेका महिलामाथि बढी चियोचर्चो हुने गरेको देखाएको भनिन् । 

उनले डेली कलरको यस्तो काम कुनै न कुनै बेलामा सार्वजनिक हुने नै थियो किनकि रिपब्लिकनहरूले एक हप्तादेखि मुखमा फिँज काढेर बसिरहेका थिए भनिन् । मुखमा फिँज काढ्ने भनी उनले केलाई इंगित गरेको हो भनेर चाहिँ
खुलाइनन् । 

उनले द डेली मेलको पनि आलोचना गर्दै आफ्नो प्रेमीको घरमा संवाददाता पठाएर समाचार दिनका लागि पैसा तिरेको आरोप समेत लगाइन् । 

गत जुन महिनामा ओकासियो–कोर्टेजले विगत २० वर्षदेखि जित्दै आएका न्युयोर्कका एक सांसदलाई प्राइमरीमा हराएर राजनीतिक सनसनी मच्चाएकी थिइन् । उनले नोभेम्बरमा सम्पन्न आमनिर्वाचनमा विजय हासिल गरिन् । युवा
डेमोक्रेटिक नेताहरूको नयाँ पुस्ताभित्र नेतृत्वको पोजिसनमा उनले आफूलाई पु–याइन् । 

उनी अमेरिकी संसदमा सबभन्दा कान्छी उमेरकी सांसद हुन् र जम्मा २९ वर्षकी भइन् । उनले आफूलाई डेमोक्रेटिक समाजवादी भनी चिनाउने गरेकाले कन्जर्भेटिभहरू चिढिएका छन् र उनीमाथि निकै चुनौती आउन थालेका छन् । 

अघिल्लो हप्ता ट्विटरमा एक व्यक्तिले उनी कलेजमा हुँदा छतमा नाचेको एउटा भिडियो अप्लोड गरेपछि निकै विरोध उठेको थियो ।

द गार्डियनबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x