×

NMB BANK
NIC ASIA

लुम्बिनी – लुम्बिनीलाई केन्द्रमा राखेर बौद्ध सर्किटको पर्यटन प्रवद्र्धन गर्ने विषयमा विभिन्न देशका पर्यटन व्यवसायीले सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।

Muktinath Bank

लुम्बिनीले संसारभरका पर्यटकलाई आकर्षित गर्न सक्ने प्रचूर सम्भावना रहेको भन्दै उनीहरूले लुम्बिनीलाई केन्द्रमा राख्दा दीगो पर्यटन विकास हुने बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुद्ध जन्मस्थल लुम्बिनीमा इन्टरनेसनल बुद्धिस्ट ट्राभल मार्ट (पर्यटन बजार) को शुभारम्भ गर्न आएका पर्यटन व्यवसायी तथा विज्ञले यस्तो प्रतिवद्धता जनाएका हुन् ।


Advertisment
Nabil box
Kumari

लुम्बिनीस्थित पवित्र उद्यानमा एक भव्य समारोहबीच कार्यक्रमको औपचारिक उद्घाटन भएको छ । हट एयर बेलुन उठाउनुका साथै अन्तर्राष्ट्रिय बौद्ध सर्किट र त्यहाँका पर्यटकीय गन्तव्यबारे अवधारणापत्र प्रस्तुत गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

Vianet communication
Laxmi Bank

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना, नेपाल पर्यटन बोर्डको सहकार्य तथा नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)ले कार्यान्वयन गरेको मार्टमा १८ देशका १ सय ५० बढी पर्यटन व्यवसायीको सहभागिता रहेको छ ।

मार्टमा बिजनेस टू बिजनेस मिटिङसहित बुद्ध पर्यटन प्रवद्र्धनका विविध पक्षका सम्बन्धमा छलफल हुनेछ । मार्टको शुक्रवार लुम्बिनीमा एक समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीले उद्घाटन गरे  । त्यस अवसरमा उनले नेपाल भ्रमण वर्ष २०७६ लाई सफल बनाउन मार्टले सहयोग पुर्याउने विश्वास व्यक्त गरे  ।

लुम्बिनीको विकासलाई सरकारले प्राथमिकतामा राखेको भन्दै उनले स्थानीय समुदायले अपनत्व गर्ने र निजी क्षेत्रले पनि सहकार्य गरेर प्रभावकारी बनाइने बताए  । 

१८ देशका पर्यटन व्यवसायी लुम्बिनीमा

लुम्बिनी केन्द्रित पर्यटन विकासका लागि भन्दै विभिन्न १८ देशका पर्यटन व्यवसायी लुम्बिनीमा जुटेका छन् । नेपालका विभिन्न पर्यटकीय गन्तव्य अवलोकनपछि उनीहरू बुद्ध जन्मस्थल लुम्बिनीमा भेला भएका हुन् । ३ दिने मार्टमा विभिन्न बौद्ध विद्वान, पर्यटन व्यवसायी लगायतले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

मार्टमा म्यानमार, थाइल्याण्ड, बंगालादेश, अष्ट्रेलिया, जर्मनी, अमेरिका, भारत, माल्दिभ्स, श्रीलंका, भुटान, चीन लगायत गरी १८ वटा मुलुकबाट टूर अपरेटर, ब्लगर, सम्बन्धित देशका सरकारी प्रतिनिधि सहभागी छन् ।  

विश्व बजारमा नेपालका पर्यटकीय स्थलको व्यापक प्रचारप्रसार गर्न मार्ट आयोजना गरिएको मार्टका सदस्य सचिव तथा नाट्टाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अच्युत शर्मा गुरागाईले बताए ।

मार्टको औपचारिक उद्घाटन शुक्रबार गरिएपनि बिहीवारदेखि शुरू भएको थियो । जसअनुसार पहिलो दिन सहभागी विदेशी पर्यटन व्यवसायीलाई विभिन्न पर्यटकीय स्थल घुमाइएको छ । पर्यटकलाई नवलपरासीको रामग्राम नगरपालिकाले अभिनन्दन समेत गरेको छ ।

अभिनन्दनपछि व्यवसायीको टोलीले बुद्ध मावली रुपन्देही देवदहको अवलोकन गरेको थियो । त्यहाँ देवदह नगरपालिकाले स्थानीय परिकार सहितको ‘मेयर लञ्च’ गराएको थियो । त्यसपश्चात् व्यवसायीले कपिलवस्तु र बुद्ध जन्मस्थल लुम्बिनी अवलोकन तथा भ्रमण गरेका छन् । यसअघि उनीहरुलाई काठमाडौं र चितवनका विभिन्न पर्यटकीय क्षेत्रमा घुमाइएको थियो ।

ट्राभल मार्टले बौद्ध पर्यटकीय स्थल र सेवाहरुको अन्तर्राष्ट्रिय क्रेता तथा राष्ट्रिय बिक्रेताबीच सेवा तथा व्यापार विनिमयको अवसर सिर्जना गर्ने स्थानीय आयोजकका संयोजक सागर अधिकारीले बताए । 

लुम्बिनीसहित कपिलवस्तु, देवदह, रामग्राम लगायतका स्थानमा विदेशी पर्यटन व्यवसायी र टूर गाइडलाई अवलोकन गराइएकाले पर्यटकको बसाइ लम्ब्याउन समेत मार्टले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x