भारतीय राष्ट्रपतिबाट प्रधानसेनापति थापालाई मानार्थ महारथीको दर्ज्यानी

पुस २८, २०७५

काठमाडौं – भारतका राष्ट्रपति रामनाथ कोविन्दले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति थापालाई शनिवार नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति कोविन्दले सो चिन्ह प्रदान गरेको नेपाली सेनाले जनाएको छ । 


ADVERTISEMENT

नेपाल र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सम्बन्धअनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि सो दर्जा दिने प्रचलन रहिआएको छ ।

भारत भ्रमणका लागि शुक्रवार त्यसतर्फ गएका प्रधानसेनापति थापाले नयाँदिल्लीस्थित नेसनल डिफेन्स कलेजको निरीक्षण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

पुस २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार