दीपशिखाको ‘प्रेमलीला’ फागुन १० मा आउने

पुस २९, २०७५

काठमाडौं– माघ २५ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘प्रेमलीला’को प्रदर्शन मिति पछि सारिएको छ । 

भिएफएक्सको काम सक्न अझै केही समय लाग्ने भएपछी चलचित्रको प्रदर्शनलाई पछी सारिएको चलचित्रकी नायिका दीपशिखा खड्काले जानकारी दिईन् । अब यो चलचित्र फागुन १० गतेदेखि प्रदर्शनमा आउनेछ । वितरक कम्पनी र निर्माण टिमबीच फागुन १० मा चलचित्र सार्वजनिक प्रदर्शनमा ल्याउने सहमति भइसकेको नायिका खड्काले बताईन् ।


ADVERTISEMENT

अन्तरदेशीय प्रेमकथा समेटिएको चलचित्रको फष्ट लुक र दुई गीत सार्वजनिक भइसकेका छन् । ट्रेलर भने छिट्टै सार्वजनिक गर्ने तयारीमा निर्माण टिम लागेको छ । 

चलचित्रमा दीपशिखा खड्का, भारतीय मोडल अलिखान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मीला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्काकै कथा तथा लेखन रहेको चलचित्रलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रमा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।

पुस २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस