×

NMB BANK
NIC ASIA

अफगानिस्तानको जेलमा थुनिएका सुसाइड बम्बर बालबालिका, आयो खतरनाक तथ्य

माघ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अफगानिस्तानमा बालबालिका सम्बन्धी खतरनाक तथ्य सार्वजनिक भएको छ । 

Muktinath Bank

त्यहाँ आतंकवादी संगठनहरूले बालबालिकालाई आत्मघाती आक्रमणकारी अर्थात् सुसाइड बम्बर बनाइरहेका छन् । ती बालबालिकाको उमेर बढीमा आठ वर्ष छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, सुसाइड बम्बर बन्ने वा त्यसको तयारी गर्ने लगभग ४७ बालबालिका काबुलस्थित बादाम बागको जुभेनाइल डिटेन्सन सेन्टरमा थुनिएका छन् । यीमध्ये केहीलाई त आफ्नो अपराध के हो भन्ने समेत थाहा छैन । 


Advertisment
Nabil box
Kumari

देशको सुरक्षामा खतरा हुनसक्ने भनी थुनिएका बालबालिका आठदेखि १० वर्ष उमेरका छन् । 

Vianet communication
Laxmi Bank

केही बालबालिकालाई आफ्नो भूलको पश्चात्ताप छ । ईदमा भेट्नका लागि आफ्नो परिवारको कोही पनि नआएको उनीहरूलाई दुःख छ । तर यसका लागि उनीहरू आफैंलाई जिम्मेवार मान्छन् । 

थुनामा राखिएका यी ४७ बालबालिकामाथि विस्फोटको षड्यन्त्र रचेको आरोप छ । अधिकारीहरू बालबालिकाको सजाय सकिएपछि के हुन्छ भन्ने कुराले चिन्तामा परेका छन् । 

यी बालबालिकालाई दुई वर्षदेखि १० वर्षसम्मको सजाय सुनाइएको छ । न्युयोर्क टाइम्सका पत्रकारलाई जेलसम्म पुग्न पनि अफगान मन्त्रालयको स्वीकृति लिनुपरेको थियो । यसैबीच केही बालबालिकाले रिपोर्टरसँग कुराकानी गर्न समेत मानेनन् । 

बालबालिकालाई फरक फरक ठाउँबाट पक्राउ गरेर यहाँ राखिएको हो । तालिबानले उनीहरूलाई सुसाइड बम्बर बनाएको हो । आफूहरूलाई जबर्जस्ती सुसाइड बम्बर बनाइएको उनीहरूको भनाइ छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x