×

NMB BANK
NIC ASIA

बुटवल राजधानी विवादले कांग्रेसभित्रै तरङ्ग, सडकमा उत्रिन खोजेपछि पश्चिमका सांसद रुष्ट

माघ १, २०७५

NTC
Premier Steels

बुटवल – नेपाली कांग्रेसले ५ नम्बर प्रदेशको स्थायी राजधानी बुटवल घोषणा गर्न माग गर्दै बिहीवार बुटवलमा खवरदारी सभा गर्दैछ ।

Muktinath Bank

पार्टीको संसदीय दलको निर्णय विना नै कांग्रेस रूपन्देहीले अस्थायी राजधानी घोषणा भएको १ वर्ष पूरा भएको दिन पारेर बुटवलमा सभा गर्ने तयारी गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेस ५ नम्बर प्रदेश संसदीय दलका नेता बलदेश शर्मा पोखरेलले बुटवल राजधानी हुनुपर्छ भनेर संसदीय दलले निर्णय नगरेको बताए । उनले भने, ‘संसदीय दलको बैठक नै बसेको छैन । रूपन्देही हुनुपर्छ भन्ने पार्टीको कुरा हो ।’


Advertisment
Nabil box
Kumari

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सातै प्रदेशका अस्थायी राजधानी गत वर्ष माघ ३ गते तय गरेका थिए । कांग्रेस नेतृत्वको सरकारले गरेको निर्णय आफू अनुकूल बनाउने गरी जस लिने दाउले कांग्रेसले सभा गर्न थालेको आमबुझाइ छ । 

Vianet communication

कांग्रेस रूपन्देहीले विरोध सभामा बाँके, बर्दिया, दाङ लगायत धेरै जिल्लाका सांसदलाई खबर नगरेको सांसदहरूले बताए ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर हमालले संसदीय दलको निर्णय विना रूपन्देही राजधानी बनाउनुपर्छ भन्दै सभा सम्मेलन गर्नु हतार हुने बताए । उनले भने, ‘प्रदेशको स्थायी राजधानी घोषणा गर्ने सम्पूर्ण अधिकार प्रदेश सभालाई छ । केही सांसदहरू माघी पर्वमा व्यस्त छन् । रूपन्देही बुटवल राजधानी बन्नुपर्छ भन्ने भनाई पूर्ण हुन मुस्किल छ ।’ बुटवल हुने सभालाई कांग्रेसका पश्चिम क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरू रूचाएका छैनन् । 

खबरदारी सभाको मुख्य माग प्रदेशको स्थायी राजधानी रूपन्देही कायम हुनुपर्ने र प्रदेशको नामाकरण गरिनुपर्ने रहेको कांग्रेसको प्रचार सामग्रीमा उल्लेख छ । कांग्रेसले राजधानी माग्दै बुटवलमा खबरदारी सभा गर्ने सुनेपछि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतवारको संसद बैठकमा प्रदेशको राजधानी सडकबाट मागेर नपाइने तथा असान्दर्भिक मागबारे सभा, सम्मेलन र विरोध नगर्न कांग्रेसलाई सुझाएका थिए । 

प्रदेशको सार्वजनिक लेखा समितिका सभापति तथा दाङबाट प्रतिनिधित्व गर्ने कांग्रेसका सांसद डिल्लीबहादुरी चौधरीले नेपाली कांग्रेस पार्टी, संघीय संसदीय दल, प्रदेशको कुनै पनि संसदीय दलको बैठकले राजधानीको विषयमा कुनै निर्णय र छलफल नगरेको बताए । 

उनले भने, ‘मलाई खबर छैन । तपाईले भनेपछि बल्ल थाहा पाए । कसैले पनि रूपन्देही राजधानी हुनुपर्छ भनेर भनेको छैन । हाम्रै पहलमा प्रदेशको नामाकरण र र स्थायी राजधानीको विषयमा सुझाव संकलन गर्न समिति बनाइएको हो । समितिले सुझाव संकलन गर्दै छ । अनुशासनमा बस्न सिक्नुपर्छ ।’

८७ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९ सांसदले प्रतिनिधित्व गर्छन् । कांग्रेस रूपन्देहीले मंगलवार पत्रकार सम्मेलन गरी सभाको तयारी पूरा भएको जनाएको छ । कांग्रेस रूपन्देहीका सभापति अब्दुल रज्जाकले सरकारले प्रदेश स्थायी राजधानी तोक्न आलटाल गरेकाले जनस्तरबाट खबरदारी गर्ने सभा गर्न लागेको बताए । तर प्रदेशको स्थायी राजधानी र नामाकरण गर्ने सम्पूर्ण अधिकार प्रदेशसभालाई छ ।  

‘प्रदेससभा गठन भएको १ वर्ष पुग्यो,’ रज्जाकले भने, ‘राजधानी तोक्ने महत्त्वपूर्ण विषयमा सरकारले आलटाल र अन्यत्र सार्ने षड्यन्त्र देखिँदैछ । दुईतिहाईको सरकारले यस्तो विषयलाई ओझेलमा पारेको छ । त्यसविरूद्ध सभा गर्न लागेका हौं ।’

सभामा सम्बोधन गर्न कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा रूपन्देहीबाट समानुपातिबाट प्रतिनिधित्व गर्ने बालकृष्ण खाँण, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य पुष्पा भुसाल, चन्द्र भण्डारी र मानबहादुर विकलाई ल्याउँदैछ । शर्माबाहेक अन्य सबै नेताहरू साविक लुम्बिनी अञ्चलका नेताहरू हुन् । सभा बुटवलको ट्राफिक चोकमा गरिने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x