×

NMB BANK
NIC ASIA

माघे सङ्क्रान्ति खान चेलीलाई भ्याइनभ्याई

माघ १, २०७५

NTC
Premier Steels

बाजुरा– सुुदूरपश्चिम प्रदेशका अधिकांंश जिल्लामा माघी पर्वकोे रौनकता छाएको छ । 

उक्त पर्वमा विवाह गरी गएकी दिदीबहिनी र आफन्तलाई मिठो मसिनो खाने कुरा दिने र भेटघाट गर्ने प्र्रचलन रही आएको छ । 

बाजुराको बुढीगङ्गा नगरपालिका–५ निमनीकी विमला थापा एकाबिहानै उठेर नुहाई माइती घरमा जानेको हतारो गर्दै थिइन् । आफू मात्र नभए साथमा छोराछोरी लिएर माइती घर जान थालेकी हुुन् । 

माघे सङ्क्रान्ति मनाउनका लागि माइतीमा आफन्तसँग भेटघाट र सुमधुर सम्बन्ध रहेकाले माइती घरमा जान थालेको थापाले बताउनुभयो । माघे सङ्क्रान्ति खानका लागि देशबाहिर र जिल्लाका विभिन्न ठाउँमा रोजगारी गर्दै आएका दाईभाइसँग भेटघाट गर्नका लागि दशैँपछिको अर्काे चाँडलाई लिने भएकाले हतारहतारमा माइतीघर जान लागेको थापाको भनाइ छ । 

त्यस्तै बडीमालिका नगरपालिका–३ रजालीकी सुमित्राकुमारी खड्का पनि गौमुल गाउँपालिकाको मानाकोटमा दिदीलाई घरबाट सेल तरुल लिएर दिन गएकी छन्् । दिदी माघे सङ्क्रान्ति मनाउन नआएपछि दिदीलाई सेलरोटी र तरुल बोकेर चार घण्टाको पैदल दूरीमा हिँडेर पु¥याउन गएको खड्काले बताउनुभयो । 

उहाँले आफ्नी दिदीसँग दुई महीनादेखि भेटघाट नभएकोे र चेलीहरुको एक उत्सव भएकाले दिदीको घरमै पु¥याउनका लागि मिठो खानेकुरा र तरुल लिएर मानाकोट गएको बताउनुभयो । 

खड्का जस्तै गौमुल गाउँपालिका–४ मानाकोटकी उमा रोकाया पनि माघे सङ्क्रान्ति मनाउन र आफन्तलाई चेली तिहार दिनका लागि हतारहतारमा जाँदै थिइन् । चेली तिहार दिएर घर फर्किने यात्रामा रहेकी रोकाया आफन्तसँग भेटघाट र रमाइलो गर्नका लागि माइतीघर जान थालेको बताउनुहुन्छ । 

माइतीघरमा रहेका वृद्धवृद्धा, आमाबुवा र दाजुभाईसँग भेटघाट गर्नका लागि यो पर्व मनाउन थालिएको हुनसक्ने रोकायाको भनाइ रहेको छ । माघे सङ्क्रान्ति सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा आआफ्नै रितिरिवाजमा मनाउने प्रचलन छ । तीमध्ये बाजुरामा भने माघीपर्व महीना भरी मनाउने गरिन्छ । ंसङ्क्रान्तिमा कागलाई सेलरोटी र अन्य मिठो खानेकुरा पकाएर खवाउने प्रचलन पनि रही आएको छ । 

पुस मसान्तमा सेलरोट पकाएर देवतालाई चढाउने र कागलाई दिने प्रचलन छ । उक्त खानेकुरा माघेसङ्क्रान्तिका दिन बिहानै नुहाएर कागलाई बोलाएर खुवाउने र चलन चल्दै आएको छ । 

धर्मशास्त्रानुसार लोकका अधिपति यमराजले पृथ्वीलोकका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गरेको पण्डित रामप्राद उपाध्यायले बताउनुभयो । यो विवरण ल्याउने र लैैजाने काम भने कागले गर्ने मान्यता रही आएको उहाँ बताउनुहुन्छ । 

उहाँले शास्त्रमा आकाश मार्गबाट छिटो सन्देश ल्याउने भएकाले यमरजले कागलाई आफ्नो दूत नियुक्त गरेको धर्मशास्त्रमा उल्लेख छ । कागलाई यमराजको सन्देश बहाकका रुपमा समेत पूजा गर्ने हिन्दू धर्मालम्वीको चलन छ । 

आजैको दिन कागलाई सम्मानका साथ पूजा गर्न र खानेकुरा दिने चलन रहेको पाइन्छ । कागलाई विशेष गरी अशुभ सन्देश प्र्रवाह गर्ने पक्षीको रुपमा लिइन्छ । कागले पुस १५ गते धाार्मिक तीर्थस्थलमा गई स्नान गरी आज फर्केर रोटी खाने गरेको यहाँका स्थानीयवासीमा जनविश्वास रही आएको छ । काग निकै चलाखसँगै सर्वभक्ष प्राणी पनि हो । 

कागले सबैलाई समान दृष्टिले हेर्ने धार्मिक मान्यता छ । अन्नबालीमा लाग्ने किरा फट्याङग्रा र सबै प्रकारका फोहर खाइदिने हुनाले यसलाई सर्वगुणी पक्षीका रुपमा पनि लिइन्छ । आजको दिन कागलाई पूजाआजा नगरेर खाना नदिए पापको भागी भइन्छ भन्ने धार्मिक विश्वास रहेको पण्डित उपाध्यायको भनाइ छ । 

कागले लगेर लुकाएको रोटी व्याउने गाईलाई खुवाएपछि बाच्छाबाच्छी सप्रिने जनविश्वास पनि रहेको बताइन्छ । “माघेसङ्क्रान्तिमा कागलाई मिठो खानेकुरा खुवाउँदा पाप नष्ट हुने धार्मिक मान्यता रही आएको छ,” पण्डित उपाध्यायले भन्नुभयो । 

माघमा माछा, मासु खानु हँुदैन भन्ने पुस्तौँदेखि चलि आएको चलनअनुसार अधिकांश पुरोहित धामीझाँक्री माघ महीना भरी कोदोको रोटी, माछा, मासु बार्ने गर्छन् । 

पुसको अन्तिम दिन सेलरोटी पकाउने र माघ पहिलो दिन खाने प्रचलनअनुसार यसलाई ‘पुसको पाक्य माघको खाक्य’ भन्ने पनि गरिन्छ । माघे सङ्क्रान्तिमा कामको शिलशिलामा देशबाहिर रहेका यहाँका बासिन्दा घर फर्किन्छन् भने विवाहित महिला पनि माइतीघर जाने गर्दछन् । 

जिल्लाका ९ स्थानीय तहमा आ आफ्नै परम्पार र संस्कृतिअनुसार माघी सङ्क्रान्ति मनाउने गरिन्छ । माघको दोस्रो दिन देवीदेवताको गाथा गाएर देउडा खेल्ने यहाँको प्रचलन रहेको पाइन्छ । माघ २ गते घरमा राखेको अन्न कुटानी पिसानी नगर्ने, घाँससमेत नकाट्ने र कतिपयले एक छाक खानासमेत नखाने गरेको बताइन्छ । 

भोलि सूर्य एक दिशाबाट अर्काे दिशामा आएर उदाउने गर्ने भएकाले उक्त दिन ओखललाई ढुङ्गाले छोप्ने, मेसिनसमेत चलाउन नहुने शास्त्रमा उल्लेख भएको ज्योतिशहरुको भनाइ छ । 

Muktinath Bank

–प्रेम रौले 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x