×

NMB BANK
NIC ASIA

काठमाडौं– नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक शक्तिलाई सुदृढ गर्न विवेकशील साझासँग एकताका लागि आफूहरू खुला रहेको बताएका छन् । डा. भट्टराईले दुबै पार्टीहरुबीच विकल्प दिनुपर्छ भन्ने विषयमा समानता रहेको भन्दै एकताका लागि छलफल र बहसमा भाग लिन आफू तयार रहेको बताएका हुन् ।

Muktinath Bank

‘हामीमा अन्तरविरोधहरू पनि छन् तर विकल्प दिनुपर्छ भन्नेमा हाम्रो समानता छ’ भट्टराईले लोकान्तरसँग भने, ‘अन्तरविरोध सल्ट्याउनका लागि बहस र छलफल आवश्यक छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विचारमा एकरूपता नभई एकता हुन नसक्ने बताउँदै डाक्टर भट्टराईले भने, ‘जसरी वहाँहरू(विवेकशील दल र विवेकशील साझा पार्टी) विचारमा एक नभई हतारमा एकता गर्नु भो र फेरि छुट्टिनुभो, त्यो खालको परिस्थिति आउने गरी एकता हुनु हुँदैन, यसमा हामी सजग छौं ।’ 


Advertisment
Nabil box
Kumari

नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरूको बीचमा नयाँ ढंगले ध्रुवीकरण होस् र अग्रगामी विकल्पको खोजीमा सँगै जान सकियोस् भन्ने आफ्नो धारणा रहेको भट्टराईले बताए । ‘पश्चगामी विकल्प होइन, पञ्चहरूले भन्ने गरेको विकल्प पनि होइन’ भट्टराईले भने, ‘अग्रगामी प्रगतिशील र लोकतान्त्रिक विकल्प निर्माण गर्नका निमित्त हामी खुला छौं ।’ 

Vianet communication
Laxmi Bank

यसअघि विवेकशील साझा पार्टीका प्रवक्ता डाक्टर सूर्यराज आचार्यले नयाँ शक्तिसँगको एकता र सहकार्यका लागि आफूहरू खुला तर सतर्क रहेको बताएका थिए । 

विवेकशील साझाका प्रवक्ता आचार्यले एकताका लागि विचारमा एकता हुनुपर्ने, राजनीतिलाई परिभाषित गर्ने तरिका एउटै हुनुपर्ने भन्दै त्यस्तो प्रकारको बहसमा आफूहरू खुला रहेको बताए ।
‘निकासका लागि हाम्रो मात्र एकाधिकार रहेको छ भन्ने जडता हामीसँग छैन, वैकल्पिक राजनीति गर्ने सबै शक्तिहरू सँग एकता गर्न हामी खुला र उदार छौं’ आचार्यले भने, ‘हामीबाट छुट्टिएर गएकासँग पनि मन मिल्यो भने एक हुन सकिन्छ ।’

उज्वल थापाको नेतृत्वमा रहेको विवेकशील नेपाली दल र रविन्द्र मिश्रको नेतृत्वमा रहेको साझा पार्टीबीच एकता भएर विवेकशील साझा पार्टी बनेको १७ महिनापछि पुस २७ गते विभाजित भएको थियो ।  

 विवेकशील साझा पार्टीबाट १६ जना केन्द्रीय सदस्यहरूले ‘विवेकशील नेपाली दल’ बनाउनका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x