×

NMB BANK
NIC ASIA

विद्युतीय सवारीका लागि वातावरण विभागले पाँच चार्जिङ स्टेशन निर्माण गर्ने

माघ ३, २०७५

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

काठमाडौं –काठमाडौंमा विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्ने लक्ष्यका साथ वातावरण विभागले चालु आर्थिक वर्षभित्रै पाँच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । 

Muktinath Bank

पछिल्लो समयमा नागरिकले विद्युतीय सवारी साधनको प्रयोगमा चासो देखाएको भएपनि चार्जिङ स्टेशनको अभावमा समस्या पर्दै आएको छ । विभागले सरोकार भएका सबै पक्षको सहयोगमा उपयुक्त स्थानमा त्यस्तो स्टेशन राख्ने भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो चरणमा साझा यातायाताको परिसरमा एक स्टशेन तत्काल जडान गरिने छ । सबै प्रकारका सवारी साधनलाई चार्ज गर्न मिल्ने चार्जिङ स्टशेन सुन्दर यातायातले उपलब्ध गराएको छ । सुन्दर यातायातले उपलब्ध गराएको सोही स्टशेनबाट विद्युतीय सवारी साधानको प्रवर्द्धन गरिनेछ । 


Advertisment
Nabil box
Kumari

सुन्दर यातायातले प्रवर्द्धन गरेको उक्त मेशिनले आधुनिक तथा सानाठूला सबै प्रकारका सवारीलाई उपयुक्त हुने साझा यातायात सञ्चालक समितिका सदस्य भूषण तुलाधरले जानकारी दिए ।

Vianet communication

उक्त मेशिन आधुनिक, छरितो र नेपालको विद्युत् भोल्टेजसँग मिल्दो रहेको र सबै प्रकारका विद्युतीय सवारी साधनलाई उपयुक्त रहेको बताइन्छ । 

विभागका महानिर्देशक झलकराम अधिकारीले विद्युतीय सवारी साधनको प्रवर्द्धनका लागि चार्जिङ स्टेशन जडानको प्रक्रियालाई अगाडि बढाइएको जानकारी दिए । उनले उपयुक्त स्थानको खोजी एवं पहिचान गरी चालु आवभित्रै पाँच ठाँउमा विद्युतीय चार्जिङ स्टशेन जडान गरिने जानकारी दिए ।

चार्जिङ स्टेशनसम्बन्धी आधारभूत अवधारणापत्र व्यवसायी र सरोकार पक्षसँग छलफल गरी शीघ्र तयार पारिने महानिर्देशक अधिकारीको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले यस अघि नै प्रवर्द्धनात्मकरूपमा प्राधिकरणको केन्द्रीय कार्यालय र एनइए इञ्जिनियरिङ कम्पनीको कार्यालय थापाथलीमा जडान गरेको छ । 

तर हालसम्म कानूनी आधार तयार हुन सकेको छैन । चार्जिङ स्टेशनमा सवारी चार्ज गर्दा के कति शुल्क तिर्ने, कस्तो स्थानमा उक्त प्रणाली जडान गर्ने, त्यसको सुरक्षा तथा सञ्चालनको ढाँचा के कस्तो हुने भन्ने बारेमा आवश्यक निर्णय भएको छैन । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक तयारीको क्रममा नै रहेको जनाएको छ । प्राधिकरणले कानूनी संरचना तयार गर्न मन्त्रालयलाई यसअघि नै आग्रह गरिसकेको छ । 

स्वतन्त्र ऊर्जा, उत्पादकहरूको संस्था नेपाल (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले सरकारले कानूनी आधार तयार पारिदिए निजी क्षेत्रले विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन एकाध महिना भित्रै जडान गर्न सकिने बताए ।

प्राधिकरणको प्रसारण प्रणाली देशभर नै पुगेकाले स्टेशन बनाउन कुनै समस्या नभएको इपानको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x