×

NMB BANK
NIC ASIA

बुटवलबाट प्रदेश राजधानी दायाँ–बाँया हुन नदिने कांग्रेसको उद्घोष, सभामा उर्लियो भीड

माघ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – नेपाली कांग्रेसका नेताहरूले ५ नम्बर प्रदेशको राजधानी बुटवलबाट दायाँ–बाँया हुन नदिने दावी गरेका छन् ।

Muktinath Bank

पूर्ववर्ती सरकारले तोकेका प्रदेश राजधानी उल्टाउन खोज सरकार नै उल्टाउने चेतावनी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशको राजधानी सरकारले बुटवलबाट सार्ने षड्यन्त्र गरेको भन्दै नेपाली कांग्रेस रूपन्देहीले बिहीवार बुटवलमा गरेको खबरदारीसभा तथा शक्ति प्रदर्शनमा कांग्रेस नेताहरू प्रदेशको अस्थायी राजधानीको ‘अ’ हटाएर स्थायी राजधानी बुटवल नै बनाएर छाड्ने ठोकुवा पनि गरे ।


Advertisment
Nabil box
Kumari

सभालाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा आउने प्रचार गरेपनि उनी सभालाई सम्बोधन गर्न आएनन् । 

Vianet communication
Laxmi Bank

राजधानी सारे सरकार उल्टाउँछौ : खाँण

सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक तथा पूर्वमन्त्री बालकृष्ण खाँणले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका निर्णय प्रदेश सरकारले उल्टाउन खोज सबै क्षेत्रबाट सरकारलाई उल्टाउने चेतावनी दिए ।

‘म रूपन्देहीबासी भएर बोलेको होइन । बुटवल सबै क्षेत्रबाट पायक पर्ने ठाउँ हो । राजधानीलाई मतान्तरको विषय नबनाऊ । स्थायी राजधानी बुटवललाई नै कायम गरौं,’ पूर्वरक्षामन्त्री समेत रहेका नेता खाँणले थपे, ‘मन्त्री र मुख्यमन्त्रीलाई झण्डा हल्लाउनका लागि बुटवल राजधानी बनाइएको होइन । लुम्बिनीसँग विश्वकै गुरूत्वाकर्षण भएकाले बुटवल रूपन्देही राजधानी तोकिएको हो । यसलाई अवमूल्यन गरेमा सरकार उल्टिन्छ उल्टाउँछौं ।’

प्रदेश सभाले उचित निर्णय गर्ने खाँणले विश्वास व्यक्त गरे । खाँणले सबै जिल्लालाई लुम्बिनीसँग जोडेर प्रदेशको विकास गर्न आवश्यक रहेको बताए ।

राजधानी खोस्ने अधिकार कसैलाई छैन : भण्डारी

कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले बनिसकेको राजधानी खोस्ने अधिकार कसैलाई नभएको बताए । ‘५ नम्बर प्रदेशका जनताले नजोगाएको भए, यो प्रदेश टुक्रिने थियो,’  भण्डारीले भने, ‘सबैलाई सन्तुष्ट बनाएर समान विकास गरौं । प्रदेश राजधानी बुटवल नैं कायम हुनुपर्छ । स्थापित भइसकेको राजधानी र तलमाथि भए, सडकबाट सरकार फाल्न सबै जिल्लामा खबरदारी सभा गछौं । सरकारले हेक्का राखोस् ।’ रूपन्देही सबै क्षेत्रबाट उपयुक्त रहेकोले अन्यत्र लैजाने कुरा सोच्न समेत नसकिने भण्डारीको भनाइ थियो । 

भण्डारीले वर्तमान कम्युनिस्ट सरकार भ्रष्टचारमा चुर्लुम्ब डुबेको आरोप लगाए । उनले भने, ‘पानी जहाज, रेल, पाइपबाट ग्याँस राष्ट्रियताको ओलीको करेन्टले जनताले दुईतिहाइ दिए । अहिले बल्ल सरकारले जनतालाई देखाइदियो ।’

राजधानी सार्न आँखा गाडिएको छ, त्यो पूरा हुँदैन : कँडेल

पार्टीका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री देवेन्द्रराज कँडेलले रूपन्देहीको राजधानी आँखा गाडेर अन्यत्र सार्ने सडयन्त्र सरकारले गरेको भन्दै त्यो कुनै हालतमा पनि पूरा हुन नसक्ने चेतावनी दिए ।

‘त्यसको विरूद्ध यस प्रदेशका जनता सचेत हुनुपर्छ । हामी खबरदारी गर्छौ । नभए सडक संघर्ष गछौं,’ कँडेलले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई मजाक र मनोरञ्जनको साधन बनाएको आरोप लगाए । 

प्रदेशससभा सदस्य तथा पाल्पा कांग्रेस सभापति वीरबहादुर रानाले मुख्यमन्त्री भेगीय स्वार्थमा लागेको आरोप लगाए । उनले भने, ‘हुकुमी शासनबाट प्रदेश चल्दैन । मुख्यमन्त्रीको भेगीय स्वार्थ पूरा हुँदैन । राजधानी बुटवल नै कायम गराउँछौ ।’

कांग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठले राजधानी तोक्न नसक्ने सरकारले पानी जहाज ल्याउन भन्न नसुहाउने बताए । प्रदेशको राजधानी ६ महिनाभित्र तोक्ने भनिएपनि १ वर्ष पूरा हुँदासम्म त्यसको कुनै छाँटकाँट नदेखिएको भन्दै अब आफूहरू सहेर नबस्ने दावी गरे । 

कांग्रेस अर्घाखाँचीका सभापति विष्णु मुस्कानले सबैलाई पायक पर्ने ठाउँमा राजधानी तोक्न आग्रह गरे । कांग्रेस ५ नम्बर प्रदेश संसदीय दलका नेता बलदेश शर्मा पोखरेलले आफूहरूले बारम्बार संसदमा आवाज उठाउँदा समेत त्यसको कुनै सुनुवाइ नभएको बताए । कांग्रेस सांसद वीरेन्द्र कनौडियाले कुनै पनि हालतमा प्रदेशको राजधानी सार्न नदिने बताए । 

सभा हुनुअघि राजमार्ग चौराहाबाट जुलुससहित हजारौं नेता कार्यकर्ता सरकारविरूद्ध नाराबाजी गर्दै ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x