×

NMB BANK
NIC ASIA

नेविसंघ अध्यक्ष नैनसिंह महरमाथि संगठनबाटै यस्तो चेतावनी

माघ ३, २०७५

NTC
फाइल तस्बिर
Premier Steels

काठमाडौं–नेपाल विद्यार्थी संघका नेताहरुले संघका अध्यक्ष नैनसिंह महरले आगामी माघ १० गते पहिले कुनैपनि गतिविधि गरे अनपेक्षित कारबाही हुने चेतावनी दिएका छन् । 

Muktinath Bank

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महामन्त्री सरोज कुमार थापाले अध्यक्ष नैनसिंह महरको व्यक्तिगत स्वार्थको कारण महाधिवेशन हुन नसकेको आरोप लगाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने,‘दुई वर्षको समय सकियो, कुनै काम भएन, समयमा केन्द्रीय समितिको बैठक बस्न सकेन, बारम्बार थपेको समय सकिँदा पनि नेतृत्वले नैतिक रुपमा राजीनामा दिएर मार्गप्रश्स्त गर्न सकेन, पार्टीको आगामी माघ १० गते बस्ने केन्द्रीय समितिको बैठकले विद्यमान संघको नेतृत्व खारेज गरेर तदर्थ समिति गठन गरोस्, त्यसले नेविसंघ र स्ववियुको निर्वाचन गर्न सकोस् ।’ 
दु्ई वर्षसम्म नेविसंघलाई सभापति महर र महामन्त्री कुन्दनराज काफ्लले आफ्नो व्यक्तिगत र गुटगत स्वार्थको भूमरीमा पारेको महामन्त्री थापाको दाबी छ । 
उनले भने,‘दुई वर्षसम्म नेविसंघलाई आफ्नो स्वार्थअनुसार चलाउन खोज्नु भयो, अन्ततः आज आएर उहाँहरु एक ठाउँमा उभिनुभएको छ, नैतिक पतन बनेर नेतृत्वमा बसिरहनुको कुनै औचित्य छैन्, विद्यमान नेतृत्वले नै संघको महाधिवेशन गर्छ भनेर पार्टी र हजारौं विद्यार्थी नेता कार्यकर्ताहरुलाई भ्रममा पार्नुभएको छ ।’ 
त्यस्तै नेविसंघका अर्का नेता दिपक भट्टराईले सभापति महर र महामन्त्री कुन्दनराज काफ्लेका कारण नेविसंघको १२ औं महाधिवेशन  हुन नसकेको आरोप लगाए । 
उनले भने,‘महाधिवेशनको विकल्प महाधिवेशन भन्न लगाउने तर आफ्नो गुट र स्वार्थलाई त्यागेर संगठनलाई बलियो पार्न नसक्ने नेतृत्व छ, थपिएको समयमा सभापतिले डडेलधुरामा जिल्ला महाधिवेशन गर्न सक्नुभएन, महामन्त्रीले दोलखामा गर्न सक्नुभएन, यही कुराले उहाँहरु अफल हो, लाचार नेता हो, बाटो खुल्ला पनि नगर्ने, काम पनि नगर्ने ? यस्तो पनि हुन्छ ?’ 
साक्षात्कारमा संघका केन्द्रीय सदस्य भोला नेपालले आगामी माघ १० गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले हालको नेतृत्वलाई खारेज गरेर तदर्थ समिति गठन गर्नुपर्ने माग गरे । 
उनले भने,‘हिजोदेखि कामचलाउ बनेको नेविसंघको नेतृत्वलाई कुनैपनि हालतमा आगामी १० गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले खारेज गरोस् र महाधिवेशको लागि तदर्थ समिति चयन गरोस् ।’  
त्यस्तै कार्यक्रममा नेविसंघका काठमाडौं जिल्ला अध्यक्ष मनोज वैद्यले आगामी १० गतेभित्र संघका सभापति महरलाई संगठनको बारेमा कुनैपनि काम नगर्न चेतावनी दिएका छन् । 
उनले भने,‘सभापतिज्यूले दुई वर्षसम्म काम गर्न सक्नुभएन, थपिएको समयमा पनि महाधिवेशन गर्न सक्नुभएन, अबका ७ दिनमा के नै गर्नुहुन्छ र ? त्यसैले कुनैपनि काम नगर्नुहोस्, यदि काम गरेको फेला पारिएको खण्डमा खतरा हुनेछ, म सचेत गराउन चाहन्छु ।’ 
वर्तमान नेतत्वलाई अवैध बनिसकेको बताउँदै वैद्यले भने,‘महर निकम्बा बन्नुभएको छ, उहाँले हामी लाखौं विद्यार्थीहरुको भावनालाई बुझ्न सक्नुभएन, विद्यार्थी भविष्य र संगठनको हितविपरित, विधानविपरित चल्नुभयो, यस्तो अवैध बन्ने महरले यी ७ दिनमा पनि कुनै काम नगर्नुहोला, तदर्थ समितिबाहेक अरु कुनैपनि बाहनाको नेतृत्वले संघको महाधिवेशन गर्न सक्दैन, यदि तदर्थ समितिभन्दा बाहिर अर्को निर्णय भयो भने पार्टी कार्यालयमा हजारौं विद्यार्थीहरुको जुलुस लाग्नेछ, त्यसको नेतृत्व नेविसंघ काठमाडौंले गर्नेछ ।’ 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x