×

NMB BANK
NIC ASIA

स्वदेशमा चेलीको सहयोग : अमेरिकाको कमाइबाट बर्सेनि ६ लाख समाजसेवामा खर्च

माघ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – रोजगारीका सिलसिलामा स्वदेशबाट बाहिरिएका कतिपय नेपालीले विदेशमा राम्रो प्रगति गरिरहेका हुन्छन् ।

Muktinath Bank

आकर्षक गन्तव्यका रुपमा रहेका अमेरिका, जापान, कोरियादेखि नेपालीहरू खाडी मुलुकसम्म फैलिएका छन् । बाध्यताले विदेश पुगेपनि नेपालीलाई स्वदेशको मायाले सदैव तानिरहेको हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसको एउटा उदाहरण हुन् कर्णालीकी चेली जयन्ती थापा । उनले अमेरिकामा पसिना चुहाएर कमाएको पैसामध्ये बर्सेनि ६ लाख रुपैयाँ नेपालमा समाजसेवामा खर्च गर्ने गरेकी छन् ।


Advertisment
Nabil box
Kumari

सन् २०१० मा अमेरिकाको भर्जिनियामा गएकी समाजसेवी जयन्तीले धेरै स्थानमा सहयोग गरिसकेकी छन् । उनले वीरेन्द्रनगरमा रहेको जनजागृत आधारभूत विद्यालय पदमपुरमा बुवाआमाको नामबाट १ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेकी छन् । कोषबाट हरेक वर्ष २–२ जना विद्यार्थीले पढाइमा सहयोग पाइरहेका छन् ।

Vianet communication
Laxmi Bank

थापाले माध्यमिक तहसम्म अध्ययन गरेको अमरज्योति नमूना माध्यमिक विद्यालय नेवारेमा ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकी छन् । कोषको रकमबाट ६ जना गरीब, विपन्न तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ । 

थापाले जनजागृत आधारभूत विद्यालय पदमपुरमा ३ जना विद्यार्थीको सम्पूर्ण पढाइ खर्च पनि व्यहोर्दै आएकी छन् । विद्यार्थीलाई पोशाक, कापी, कितावसहित शैक्षिक सामग्रीदेखि विद्यालयमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्दै आएकी छन् ।

आर्थिक अभावले गर्दा विद्यालय छोड्ने अवस्थामा पुगेका बालबालिकाको पहिचान गरी पढाउने जिम्मा लिँदै आएकी थापाले विभिन्न कक्षामा पढिरहेका बालबालिकाको लागि हरेक वर्ष करीब १ लाख रुपैयाँ खर्च गरिरहेकी छन् ।

अमेरिकामा रहेकी समाजसेवी जयन्ती थापाले २० जना बालबालिकालाई पढाउँदै आएकी छन् । आर्थिक सहयोगमा रुकुमका कालिका आधारभूत विद्यालय सुन्दरपानी, दिपज्योति आधारभूत विद्यालय र बालकल्याण माध्यमिक विद्यालयमा १–१ जना विपन्न विद्यार्थीलाई अध्यापन गराइरहेकी थापाले रुकुमकै कमल माध्यमिक विद्यालय हर्दिगाउँका २ जना, जाजरकोटको नारायण माध्यमिक विद्यालय कार्कीगाउँमा ४ जना गरीब विद्यार्थीलाई आर्थिक सहयोग गर्दै उज्यालो भविष्यका लागि खर्च गरिरहेकी छन् ।

जाडोयाममा दैलेखका ३ वटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रीका साथै स्वीटर लगायतका न्यानो कपडा समेत उनले प्रदान गरेकी छन् । उनले सुदूरपश्चिमको कैलाली जिल्लाका शारीरिक रुपमा अशक्त र मानसिक रुपमा पीडित सडक बालबालिकालाई पनि सहयोग गरेकी छिन् ।

शुरूमा सन् २००८ ताका रुकुममा सिर्जनशील महिला विकास केन्द्र स्थापना गरेर समाजसेवामा लाग्न शुरू गरेकी थापा सन् २०१० मा डीभी परेर अमेरिकामा गइन् । उनलाई अमेरिकामा व्यवस्थित बन्न ३ वर्ष लागेको थापा बताउँछिन् । 

रुकुममा उनले ७ वटा घरलाई सिरक, डसना वितरण गरिन् भने ६८ मिटर सडक निर्माण समेत गरेकी छिन् । यति मात्रै होइन, त्यहाँका १२ जना अनाथ बालबालिकालाई सहयोगसमेत गरिन् ।

हालसालै उनले बाजुराको अनाथ गृहलाई १३ हजार रुपैयाँ र कालिकोटको पलाताका आगलागी पीडितलाई १५ हजार रुपैयाँ सहयोग गरेकी छिन् । सुर्खेतमा लामो समयदेखि पालमा बस्दै आइरहेका बाढीपीडितलाई ५० हजार रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरेकी छन् ।

उनले अहिलेसम्म दैलेखका ३ विद्यालयमा सहयोग गरेकी छन् । उनले बहिरा विद्यार्थी र बाल मन्दिरमा रहेका ७५ जना विद्यार्थीलाई स्वीटर वितरण गरिन् । तरताङमा रहेको आधारभूत विद्यालयका ६८ जना विद्यार्थीलाई स्वीटर वितरण गरिन् ।

उनले अमेरिकामा बसेर भएपनि दूरदराजका दुःखी, अनाथ, असहायलाई विगत केही वर्षदेखि निरन्तर सहयोग गर्दै आइरहेकी छन् । उनलाई समाजसेवीको रुपमा कर्णालीले चिन्न थालिसकेको छ ।

उनले सामाजिक सञ्जालमार्फत् कुरा गर्दै भनिन्, ‘मैले गरेको सानो सहयोगबाट अभावमा तड्पिरहेका मनहरूलाई खुशी बनाउन चाहन्छु । उनीहरू पीडामा रहेको, छटपटाइरहेको देख्दा मन पग्लिन्छ । आत्मसन्तुष्टिका लागि मैले यस्तो गरिरहेकी छु ।’

विना कुनै स्वार्थले आत्मिक रुपमा दीनदुःखी, अनाथ र असहायको लागि सेवा गरिन्छ भने त्यो समाजसेवा भएको बताउँछिन् उनी । दैलेखमा जन्मिएर सुर्खेतमा बस्दै विवाह रुकुम पश्चिममा गरेकी थापाले आफूलाई सानैदेखि गरीब र दीनदुःखीको सेवा र सहयोग गर्ने भावना पैदा भएको बताइन् । समाजसेवी जयन्ती थापाले हरेक वर्ष ६ लाख रुपैयाँ विभिन्न क्षेत्रमा खर्च गर्दै आइरहेकी छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x