×

NMB BANK
NIC ASIA

खरिद अनियमिततापछि गाडी सुविधा धमाधम छाड्दै प्रतिपक्षी दलका नेता, अटो रिक्सामा सरर

माघ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – ५ नम्बर प्रदेशसभा र सरकारले खरिद गरेको गाडीमा अनियमितता भएको सूचना आएपछि विपक्षी दलका नेताले आफू चढ्दै आएका गाडी धमाधम बुझाउन थालेका छन् ।

Muktinath Bank

विवादित र आर्थिक अनियमितता गरेर खरिद गरेका गाडीहरू नचढ्ने भन्दै नेपाली कांग्रेसका नेताले प्रयोग गर्दै आएका गाडी प्रदेशसभा सचिवालयमा धमाधम बुझाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार नेपाली कांग्रेस संसदीय दलका नेता बलदेश शर्मा पोखरेलले आफू चढ्दै आएको गाडी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनलाई बुझाएका छन् । पोखरेलले आफू चढ्दै आएको लु१झ ४४७ नम्बर गाडी पुनलाई हस्तान्तरण गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

गत पुस २७ गते प्रदेशको सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले पनि अनियमितता छानबिन गर्न नैतिक संकट आउने भन्दै सत्यतथ्य बाहिर नआउँदासम्म आफूले चढ्दै आएको लु१झ ४४१ नम्बरको गाडी प्रदेश सभालाई बुझाएका थिए ।

Vianet communication
Laxmi Bank

गाडी हस्तान्तरण गर्दै पोखरेलले भने, प्रदेशसभाले खरिद गरेका गाडीमा अनियमितता भएको बाहिर आएको छ । ‘सार्वजनिक लेखा समितिले त्यसको अनुसन्धान गर्दैछ । सत्यतथ्य बाहिर नआउँदासम्म नैतिकताका आधारले यो गाडी चढ्न मिलेन त्यसैले प्रदेशसभा सचिवालयमा बुझाए,’ उनले भने ।

गाडी बुझाएर पोखरेल र उनका स्वकीय सचिव सञ्जिव बस्याल ना१ह ६८१६ नम्बरको अटो रिक्सामा चढेर आफ्नो घर तिलोत्तमा गएका थिए ।

दलका नेता पोखरेलले बुझाएको गाडी आफूहरूले सुरक्षित राख्ने प्रदेशसभा सचिव पुनले जानकारी दिए । ‘उहाँले गाडी बुझाउनुभयो । हामी सुरक्षित राख्छौ,’ सचिव पुनले सञ्चारकर्मीलाई भने ।

प्रदेशसभा सचिवालयले उपसभामुखसहित विषयगत समिति सभापतिका लागि १३ गाडी खरिद गरेको थियो । त्यसमध्ये ११ वटा टाटा स्ट्रोम भीएस फोर हवील गाडी हुन् । ११ वटा गाडी प्रदेशसभाले एउटा मूल्यमा र मन्त्रालयले अर्को मूल्यमा किनेको पाइएको छ । ती गाडीहरू बुटवल कालिकानगरस्थित सफल अटो इन्टरनेसनलबाट खरिद गरेको थियो । ती गाडीहरू बजार मूल्यभन्दा झण्डै ३ लाख ५० लाख रूपैयाँ बढीमा खरिद गरेको पाइएको हो ।

बजारमा ६८ लाख रूपैयाँ पर्ने गाडी ७२ लाखभन्दा बढी मूल्यमा प्रदेश सभाले खरिद गरेको खबर सार्वजनिक भएको छ । स्थानीय गाडी खरिदकर्तालाई सफलले ती गाडी ६८ लाख ५५ हजार रूपैयाँमा बिक्री गर्दै आइरहेको बताइएको छ ।

प्रदेशसभा सचिवालयले बजार मूल्यभन्दा बढीमा गाडी खरिद गरेको गुनासो आएपछि प्रदेश सभाको सार्वजनिक लेखा समितिले प्रारम्भिक अध्ययन समिति गठन गरेको छ । प्रारम्भिक अध्ययन समितिका सदस्य बैजनाथ कलवारले आफूहरू सुक्ष्म रूपमा अध्ययन गरेको जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x