×

NMB BANK
NIC ASIA

सुर्खेत– कर्णालीको राजधानी सुर्खेत जिल्लाका निमित्त प्रमुख प्रहरीको मनोमानी बढ्दै गएको छ । तीन किलो भन्दाबढी सुन प्रकरणमा मुछिएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रदिपबहादुर बुढा क्षेत्रीले आफैंले पठाएको विज्ञप्ति पनि याद गर्न सकेनन् । 

Muktinath Bank

जिल्ला प्रहरी कार्यालय यति कठोर बनेको छ कि उसले अहिले वन ऐन समेत टेर्न छोडेको छ । वीरेन्द्रनगर निवासी रमेश सिंहले बिहीवार जिल्ला प्रहरी कार्यालयमा सहायताका लागि एक सय नम्बरमा फोन गरे । उनले आफू श्रीमतीबाट पीडित भएको भन्दै साँझ उजुरी दिए पनि प्रहरी पुगे। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मलाई प्रहरीले अहिलेसम्म दुई पटक जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिसक्यो । उनले भने, ‘मेरो श्रीमतीले भनेको दश मिनेटमा प्रहरी आयो । मैले भनेको दुई दिनसम्म पनि प्रहरी आएन ।’ सिंहको त यो प्रतिनिधिमुलक एक घटना हो ।


Advertisment
Nabil box
Kumari

जिल्ला प्रहरी कार्यालयका प्रमुख क्षत्रीले माघ ४ गते राति बहुमुल्य पत्थरसहित केही व्यक्तिलाई समातेको इमेल मार्फत पत्रकारलाई जानकारी दियो । उसको विज्ञप्ति अनुसार राति एक बजेको समयमा स्कार्पियो गाडीमा वीनपा १ बाङ्गेसिमल चेक प्वाइन्ट नजिकबाट पाँच जनालाई समातेको जानकारी दियो ।

Vianet communication

प्रहरीको विज्ञप्ति अनुसार कालिकोटबाट सुर्खेत तर्फ आउँदै गरेको बा १९ च ३५७२ न.को स्कारपियो गाडी चेक जाँच गर्दा उक्त गाडीमा लुकाई ल्याएको भन्ने सूचनाको आधारमा प्र.स.नि.बिजय पुनको कमाण्डमा ६ जनाको टोली खटि गई बहुमूल्य ढुङ्गा ११.५०० किलो ग्राम परिमाणमा बरामद गरिएको उल्लेख छ । 

उक्त ढुङ्गा ल्याउँदै गरेका निम्न स्थान बस्ने निम्न व्यक्तिहरुलाई पक्राउ गरी गाडीसहित नियन्त्रणमा लिएको अनुसन्धान कार्य जारीरहेको जिल्ला प्रहरीको विज्ञप्तिमा उल्लेख छ । प्रहरीले जनाए बमोजिम  वीननपा ४ बस्ने बर्ष ४० का भीमबहादुर सुनार, ३० वर्षका नबिन कंडेल,  २८ वर्षका सुरेन्द्र शाही, बराहताल ८ का भक्तबहादुर पाण्डे र तेजेन्द्र बस्नेतलाई साढे एघार किलो बहुमुल्य ढुंगासहित समातेको जानकारी दिएको थियो ।

तर जिल्ला प्रहरी कार्यालयका प्रमुख क्षेत्रीले नियन्त्रणमा लिए पनि वन ऐन २०४९ अनुसार अघि बढ्नुको साटो उनी आफ्नै ढंगमा अघि बढ्न खोजेका छन् । उनले तीन किलो सुन पक्रँदा कुनै जवाफदेहिता दिनु परेन । वन ऐन अनुसार जिल्ला प्रहरी कार्यालयले वनसँग सम्बन्धित व्यक्तिलाई पक्राउ गरेको चौबीस घण्टामा डिभिजन वन कार्यालय सुर्खेतमा बुझाउनै पर्ने प्रावधान भएको डिभिजन प्रमुख भक्तबहादुर लामाले बताए ।

‘प्रहरीले वनजन्य बस्तु नियन्त्रण गरेको हो भने हामीलाई चौबीस घण्टाभित्र बुझाउनु पर्छ ।’ उनले भने, ‘प्रहरीले होइन त्यो हामीले अनुसन्धान गर्नुपर्ने हो।’ उता जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रमुख क्षेत्रीले आफूले विज्ञप्ति जारी गरेको बारे अनभिज्ञता जनाए । उनले भने, ‘म अहिले गस्तीमा छु । के पठाएको हो जानकारी छैन।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x