×

NMB BANK
NIC ASIA

अमेरिकामा शटडाउनको असर : पूर्वराष्ट्रपति बुशले गरे पिज्जा डेलिभरी

माघ ६, २०७५

NTC
Premier Steels

काठमाडौं – अमेरिकामा शटडाउनका कारण लाखौं सरकारी कर्मचारीहरू समस्यामा परेका छन् । 

Muktinath Bank

शटडाउनका कारण अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुश पनि पिज्जा डेलिभरी बोय बनेका छन् । बुशले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक तस्वीर शेयर गरेर पिज्जा डेलिभरी गरिरहेको देखाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार शेयर गरिएको तस्वीरमा उनले लेखे, ‘लाउरा बुश र म सिक्रेट सर्भिस समेत हजारौं संघीय कर्मचारीप्रति आभारी छौं । यी मानिस तलबविना नै काम गरिरहेका छन् । कर्मचारीहरूलाई समर्थन गर्नेलाई पनि हामी धन्यवाद दिन्छौं ।’


Advertisment
Nabil box
Kumari

खासमा अमेरिकी सरकार विगत २७ दिनदेखि शटडाउन (कामकाज ठप्प) को स्थितिमा छ । देशको इतिहासको यो सबभन्दा लामो शटडाउन हो । 

Vianet communication

राष्ट्रपति डोनल्ड ट्रम्पले बजेटमा हस्ताक्षर नगर्दा आठ लाखभन्दा बढी कर्मचारी बेतलबी बिदामा छन् । ट्रम्प मेक्सिकोसँगको सीमामा पर्खाल ठड्याउनका लागि संसद्सँग फन्डको माग गरिरहेका छन् । 

तर विपक्षी डेमोक्रेट पार्टीले उनको माग मानिरहेको छैन । त्यसैले गर्दा अनेकौं विभागमा डिसेम्बर २२ देखि नै आंशिक रूपमा कामकाज ठप्प छ । 

कर्मचारीहरूलाई बुशले खानपिनको व्यवस्थापन गरे । उनले कर्मचारीहरूको गतिरोध अन्त्यका लागि अधिकारीहरूसँग कुराकानी पनि गरे । उनले भने, ‘यतिखेर दुवै पक्षका नेताहरूले राजनीति छोडेर एक साथ आउनुपर्छ र शटडाउन अन्त्य गर्नुपर्छ ।’

बुशका प्रवक्ता फ्रेडी फोर्डले बुश कर्मचारीहरूको पक्षमा रहेको बताए । सिक्रेट सर्भिस एजेन्टका लागि पिज्जा किन्नु सानो सहयोग मात्र भएको उनको भनाइ छ । कतिवटा पिज्जा किनियो भन्ने विषयमा जानकारी दिइएको छैन । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x