×

NMB BANK
NIC ASIA

घरआँगनमै मधेश सरकारः सङ्घीयताको उपलब्धि हुँदै

माघ ७, २०७५

NTC
Premier Steels

वीरगञ्ज-  पश्चिमी पर्सास्थित ठोरी गाउँपालिका–४ बस्ने मोहन श्रेष्ठकी छोरी कृतिले सर्वसुलभ तरिकाबाट वंशजको नागरिकता पाउँदा घरआँगनमै मधेश सरकार आएको भनी खुशी ब्यक्त गरेकी छन् । 

Muktinath Bank

विसं २०६३ यता आफनो अधिकारका लागि भएको तीन चरणको मधेश आन्दोनलको उपलब्धिका रुपमा घरआँगनमै मधेश सरकार आएपछिको परिणाम कृतिले घरदैलामा आधाघण्टामै वंशजको नागरिकता पाउनु हो । 

बलिदानीपूर्ण सङ्घर्षको यात्राबाट सङ्घीयता व्यावहारिक रुपमै संस्थागत भएपछि पश्चिमी पर्साको सुगम गाउँका मानिस मात्र नभएर अतिविकट तथा दुर्गम गाउँका बासिन्दासमेत खुशी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विसं २०७२ मा तत्कालीन सरकारले गरेको निर्णयानुसार हालै जिराभवानी गाउँपालिका, सुपौली गाउँमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि त्यस भेगका ठोरी, जगरनाथपुर, जिराभवानी तथा पटेर्वा सुगौली गाउँपालिकाका करीब एक लाख जनताले घरआँगनबाटै सेवा सुविधा लिन थालेको निर्मलबस्तीका लालबहादुर श्रेष्ठले बताउनुभयो । 


Advertisment
Nabil box
Kumari

स्थानीय नेकपाका नेता भोला महतो थारु भन्नुहुन्छ,“मधेशको विकासँग जोडिएको मुद्दालाई वर्तमान सरकारले प्राथमिकतामा राखेर अगाडि बढिरहेकाले नै आज पर्साको घरआँगनमा जनताले सेवा सुविधा पाइरहेका छन् । ” 

नागरिकतालगायत सेवासुविधा प्राप्त गर्न घर अगाडि नै इलाका प्रशासन कार्यालय स्थापना भएपछि पहिचानसहितको सङ्घीयताको जग बलियो हँुदै गएको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ बताउनुुहुन्छ । उहाँ भन्नुहुन्छ, “लामो समयसम्म विकास नपाएका जनताले स्थानीय निर्वाचनपछि घरआँगनमै सेवासुविधा पाउनु सङ्घीयताको उपलब्धि हो ।” 

इलाका प्रशासन कार्यालय स्थापना भएपछि सदरमुकाम वीरगञ्जबाट करीब ४२ किलोमिटर पश्चिम दुर्गममा रहेको ठोरी गाउँपालिकाका बासिन्दा छोटो समयमा सबै सुविधा लिएर एकै दिनमा घर फर्किने अवस्था आएको ठोरी ५ सुवर्णपुरका वडाध्यक्ष रामबहादुर पाख्रिनले बताउनुभयो । 

लामो समयदेखि सो भेगका बासिन्दा वृद्धभत्ता, जन्मदर्ता, विवाहदर्ता, विधवा भत्ताजस्ता सुविधाबाट वञ्चित हँुदै गएकामा अब आफ्नै घरआँगनबाट नागरिकतालगायत सेवासुविधा पाउन थालेकाले गाउँमै सिंहदरबार आएको जिराभवानी गाउँपालिकाका अध्यक्ष रामप्रीत थारुको भनाइ छ । देशमा सङ्घीयता आएपछि मधेशी जनता करदाताबाट मतदाता हँुदै अहिले नेतासम्म बनेका छन् भने राजनीतिक चेतनास्तर र विकास घरघरमा पुगेको देखिन्छ । पर्सा जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तह छन् ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x