×

NMB BANK
NIC ASIA

स्थानीय तहमा फैलिए बैंक, एउटामा नेपाल एसबीआई बैंकबाट धोका !

माघ १७, २०७५

NTC
Premier Steels

बुटवल – ५ नम्बर प्रदेशका एउटा स्थानीय तहबाहेक सबैमा बैंकिङ पहुँच पुगेको छ ।

Muktinath Bank

प्रदेशमा १ सय ९ स्थानीय तह छन् । प्रत्येक स्थानीय तहमा बैंक अनिवार्य हुनुपर्ने नेपाल सरकारको नीति छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रोल्पाको सुनछाहरी गाउँपालिकाबाहेक प्रदेशका १२ वटै जिल्लाका १ सय ८ स्थानीय तहमा बैंकको सेवा पुगेको हो । रोल्पाको भौगोलिक अवस्था अप्ठ्यारो भएका कारण सुनछाहरी गाउँपालिकामा जान बैंक वित्तीय संस्था आनाकानी गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

प्रदेशका अन्य सबै स्थानीय तहमा बैंकले शाखा कार्यालय खोलेर कारोबार शुरू गरिसकेका छन् । बैंक नभएपछि वित्तीय कारोबारका लागि सुनछहारीका स्थानीय जिल्ला सदरमुकाम लिवाङसम्म धाउनुपर्ने बाध्यता छ ।

Vianet communication

गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनमगरले गाउँपालिकाको आर्थिक कारोबार गर्न निकै समस्या परेको बताए । कर्मचारीको तलब, योजना भुक्तानी लगायतका आर्थिक कारोबारका लागि ५ घण्टाको समय खर्चेर लिवाङसम्म पुग्नुपर्ने बाध्यता रहेको गाउँपालिका अध्यक्ष पुनमगरले बताए । 

नेपाल राष्ट्र बैंकले सुनछहारी गाउँपालिकामा आफ्नो शाखा विस्तार गर्न नेपाल एसबीआई बैंकलाई गत चैतमा नै निर्देशन दिएको थियो । गत असार मसान्तसम्ममा त्यहाँ आफ्नो शाखा खोलिसक्नुपर्ने भएपनि विकट भौगोलिक अवस्थिति र सुरक्षाको कारण देखाउँदै समयमै बैंक पुग्न सकेन । अरु बैंक पनि त्यहाँ पुगेका छैनन् ।

बैंक राख्न मिल्ने भौतिक पूर्वाधारको अभाव भएकाले शाखा विस्तार गर्न अझैं केही समय लाग्न सक्ने नेपाल एसबीआई बैंक नेपालगञ्ज क्षेत्रीय कार्यालयका प्रमुख जीवन सुवेदीले बताए । ‘त्यहाँ हाम्रो प्रोजेक्सन टीमले अध्ययन गरिसकेको छ । हाल बैंक बस्न सक्ने खालको भवन हेरिरहेका छौं,’ क्षेत्रीय प्रमुख सुवेदीले भने ।

गत चैतमा मुलुकका वित्तीय संस्था नपुगेका १ सय १६ स्थानीय तहमा सहजै बैंकहरू जान नमानेपछि नेपाल राष्ट्र बैंकले २७ वटा वाणिज्य बैंकलाई स्थानीय तह भागवण्डा गरी आफ्नो शाखा सञ्चालन गर्न निर्देशन दिएको थियो । गत आर्थिक वर्षको असार मसान्तभित्रै बैंकले शाखा खोलिसक्नुपर्ने निर्देशनअनुसार प्रदेशका अन्य सबै स्थानीय तहमा बैंक स्थापना भई वित्तीय कारोबारसमेत शुरू भएको छ ।

गुल्मीको सत्यवती गाउँपालिकामा गत साउनमा पहिलो पटक बैंक पुगेको हो । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले आफ्नो शाखा खोलेपछि बैंकिङ कारोबारका लागि स्थानीय तम्घास वा रिडी पुग्नुपर्ने बाध्यता हटेको छ । गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बैंक स्थापना भएपछि पालिकाका आर्थिक कारोबार सहजरुपमा सञ्चालन भएको बताए । उनले गाउँपालिकाबाट वितरण गरिने सामाजिक सुरक्षा भत्ता लगायतका कारोबार अब छिट्टै सोही बैंकबाट नै शुरू गरिने जानकारी दिए । 

जिल्लागत रूपमा रूपन्देहीमा सबैभन्दा बढी बैंक तथा वित्तीय संस्थाका १ सय ४० शाखा छन् । 

प्रदेशमा आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्म बैंक नभएका १० स्थानीय तहमध्ये ९ तहमा वाणिज्य बैंकका शाखाहरू सञ्चालनमा आएका छन् । रोल्पाको लुङ्ग्री गाउँपालिकामा नेपाल बैंक लिमिटेड, दुईखोला र सुकीदह गाउँपालिकामा जनता बैंकले शाखा सञ्चालन गरेको छ ।

गुल्मीको मालिका गाउँपालिकामा बैंक अफ काठमाडौं, छत्रकोट गाउँपालिकामा मेगा बैंक लिमिटेड र सत्यवती गाउँपालिकामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकले कारोबार शुरू गरिसकेका छन् । प्यूठानको ऐरावती गाउँपालिकामा मेघा बैंक लिमिटेड, माण्डवी गाउँपालिकामा सिभिल र अर्घाखाँचीको मालारानी गाउँपालिकामा सेन्चुरी कमर्सियल बैंकले आफ्नो कारोबार शुरू गरिसकेका छन् ।

धेरै स्थानीय तहमा बैंक पुर्याउने प्रदेश ५ बैंक तथा वित्तीय संख्याका हिसाबले राज्यका ७ प्रदेशमध्ये तेस्रो  स्थानमा छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार प्रदेशमा ८ सय २ वटा बैंक तथा वित्तीय संस्था रहेका छन् । अघिल्लो वर्ष सोही अवधिमा ९ सय शाखा रहेका थिए । अन्तरबैंकिङ मर्ज तथा एक्वीजिसन भएका कारण बैंक तथा वित्तीय संस्थाको संख्या घट्न गएको हो ।

मंसिर मसान्तसम्म ‘क’ वर्गका ४ सय ७६, ‘ख’ वर्गका २ सय ९७ र ‘ग’ वर्गका २९ बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा छ । जिल्लागत रूपमा रूपन्देहीमा सबैभन्दा बढी बैंक तथा वित्तीय संस्थाका १ सय ४० शाखा छन् । 

चलायमान आर्थिक गतिविधिका कारण रुपन्देही जिल्लामा वित्तीय संस्था धेरै भएको नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका प्रमुख अशोककुमार पौडेलले बताए । ‘संघीयता लागू भएसँगै रुपन्देहीमा एक किसिमको वित्तीय आकर्षण बढेको छ,’ प्रमुख पौडेल भने, ‘शाखा सञ्चालनका लागि अनुमति माग्न आउने बैंक बढेका छन् ।’ उनले उद्योगमा लगानी बढिरहेको र शिक्षा, स्वास्थ्य तथा आयात र निर्यातका हिसाबले पनि प्रदेश रुपन्देही जिल्ला केन्द्र पर्ने भएकाले अन्य जिल्लाभन्दा वित्तीय कारोबार बढी हुने गरेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

बैशाख २६, २०८१

नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा ​सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x