मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
धनगढी – ‘असारको महिना थियो । चारैतिर रोपाइँको चटारो थियो । छरछिमेक सबैले धानको बिर्ना राखिसकेका थिए । तर हाम्रो राख्नै बाँकी थियो । छोरीलाई भने – जा छोरी तेरो बुवालाई पल्लो घरबाट बोलाएर ल्या, बरु सानै धानको बिउ राखेर रोपौंला । पानी आयो । ३ चोटी पठाए । आई दिएनन् । पहिला त आमाछोरी कोदालोले खन्यो । नसकेपछि छोरीलाई जा गोरु खोल म जोत्छु भने । पछि मैले राम्रोसँग खेतमा किलवाई र पटेला लगाए । एकछिनपछि आफ्नै श्रीमान्सहित पूरै गाउँले मिलेर घेरे । कालोमोसो दले । जुत्ताका माला लगाए । अनेकथरी व्यवहार गर्दै गाउँबाट निकाला गरे,’ वासुदेवी सुनारले ८ वर्षअघि आफ्नै जीवनमा घटेको अमानवीय, दर्दनाक घटनाक्रमलाई सुनाउँदै आँशु झारिन् ।
कैलालीको गौरीगंगा नगरपालिका–४ सिप्रान टोलीकी ५० वर्षीया वासुदेवी सुनार २०६७ साल असार ७ गते रहरले होइन, बाध्यताले हलो जोतेकी थिइन् । तर बदलामा आफ्नै श्रीमानसहित पूरै बस्तीबाटै निकाला भइन् । विक्षिप्त भइन् । साहाराविहीन बनिन् ।
तर सत्य लुकाउन र गलतका अगाडि झुक्न नजानेकी उनै वासुदेवी आजभोलि त्यसै समाज सुधारको अभियानमा जुटेकी छिन् । आफैंमाथि कालोमोसो खन्याउने गाउँलेसँग हातेमालो गरी विकास निर्माणमा कम्मर कसेकी छिन् ।
‘हाम्रो ठाउँमा राम्रो विकास भएको छैन । त्यसैमा विभिन्न खाले विकृति छन् । हरेक दृष्टिले टोलको सुधार गर्नुछ । विकास गर्नुछ । छोरीहरूलाई पढाएर अगाडि बढाउनु पनि छ । अन्तिम साससम्म गर्छु–गर्छु,’ गलासम्म पुगेका आँशु पुछ्दै वासुदेवीले भुइँमा मुठ्ठी बजारिन् ।
हलो काण्डको पृष्ठभूमि
वासुदेवीको विवाह ०४६ सालमा वीरबहादुर सुनारसँग भएको थियो । दाम्पत्य जीवनको शुरूवाती अवस्थामा राम्रै बितेको उनी सुनाउँछिन् । उनले भनिन्, ‘श्रीमान फर्निचरको काम गर्नु हुन्थ्यो । पहिला बिजुलीको व्यवस्था नभएकै कारण हाते रन्धा श्रीमानसँगै म पनि तान्थे । आरा तान्थे । दुवैको परिश्रमले घर बनायौ ।’
३ कक्षासम्म मात्रै औपचारिक शिक्षा हासिल गरेकी वासुदेवीले २०४९ ताका विभिन्न गैरसरकारी संस्थाबाट सञ्चालित विभिन्न साक्षरता कक्षा लिई आफ्नो पढ्ने धोको पूरा गरिन् । कैलालीमा एक गैरसरकारी संस्थाले ग्रामीण भेगमा समूह गठन गरी सशक्तीकरण परियोजना सञ्चालन गरी प्रौढ शिक्षा दिँदै आएको थियो । प्रौढ कक्षासँगै उनले बालविवाह, बहुविवाह, चेलिबेटी बेचबिखन रोकथाम सम्बन्धी कक्षा लिएकी थिइन् । त्यही अभियान गाउँमा सञ्चालन गर्न खोजेको उनी बताउँछिन् ।
एकातिर उनी सुसूचित हुँदै दिइन् । तर अर्कोतिर उनकै श्रीमान् जाँडरक्सीको कुलतमा फसेका थिए । जुनकारण घर परिवारको दुरावस्था सिर्जना भएको उनी सुनाउँछिन् । फलतः उनले न आफ्नै घर सुधार्न सकिन्, न समाज नै । तर प्रयास भने जारी राखेको बताउँछिन् ।
‘मेरो श्रीमान् जाँडरक्सी खाएर घरमा बालचच्चालाई तंग गर्नुहुन्थ्यो । जहाँ पनि झुठो व्यवहार गर्ने । झूटो काम गर्ने । म उहाँलाई सम्झाउने हरसम्भव प्रयत्न गर्थे । झूटो व्यवहार नगर्नोस् भन्थे । बरु टुटो हुनुस् झूटो नहुनुस् भन्थे । तर मान्नुभएन । दिनका दिन घर झगडा चर्किंदै गयो,’ उनले भनिन् ।
उनकै अनुसार श्रीमानले उल्टै उनैमाथि झूटो, अनावश्यक सामाजिक लान्छना लगाउँदै बाहिर हिँड्न थाले । बाहिरै बस्ने थाले । घरायसी झगडा हुँदै गर्दा एक पटक गाउँलेसहित झगडा मिलाउन ईलाका प्रहरी कार्यालय चौमालासम्म पुगेको उनी बताउँछिन् । २०४९ सालमा घरेलु हिंसाविरुद्ध प्रहरीमा मुद्दा दर्ता समेत गरेको वासुदेवीले सुनाइन् ।
घरमै कलह सिर्जना भएपछि तालिममा सिकेको कुरा गाउँमा लागू गर्न खोज्नु सम्भवै भएन । समाजमा उल्टै ‘यो फलानी हाम्रो छोरी बुहारीलाई भत्काउन थाली, नचाहिने कुरा सिकाउन थाली’ भनेर कुरा काटेको उनी बताउँछिन् ।
आफ्नै श्रीमानको साथ नपाएकी उनको लागि समाजबाट सहयोग पाउनु कुरै भएन । असार लाग्यो । बाँझो खेत नियालिन् । घरको दुरावस्था हेरिन । आफूले लिएका विभिन्न सचेतनामूलक शिक्षा स्मरण गरिन् । हलो समाउने निधो गरिन् ।
एउटा तालिममा महिलाले प्रशिक्षकलाई राखेको जिज्ञासाको प्रसंग सुनाउँदै उनले भनिन्, ‘कुनै महिलाले रहरले होइन, बाध्यताले हलो जोत्छन् तर समाजले किन अन्याय व्यवहार गर्छ ? त्यो कस्तो हो ?’ प्रशिक्षकले भनेको उनले सम्झिइन्, ‘कानूनले हलो जोत्ने कार्य दण्डनीय मानेको छैन । बरु नराम्रो व्यवहार गर्ने समाजविरुद्ध सार्वजनिक मुद्दा लाग्छ । भन्नुभएको थियो ।’
प्रशिक्षकबाट लिएको ज्ञान, आफ्नो पारिवारिक विवशताकै कारण हलो समाएको उनले बताइन् । फलतः उनको व्यवहारलाई स्वीकार्न नसकेको समाजबाट उनी दुव्र्यवहार सहन बाध्य भइन् ।
प्रहरीबाटै खिल्ली, श्रीमानको ज्युँदै किरिया गरेको आरोप
हलोकाण्डमा आफूले प्रहरीबाट समेत असहयोग भएको तीतो यथार्थ उनीसँग छ । प्रहरीले न्याय तथा संरक्षण गर्नुपर्नेमा उल्टै समाजको पछि लागेर आफ्नो खिल्ली उडाएको उनी बताउँछिन् ।
हलो जोतेको देखेपछि समाजमा उनीबारे तत्कालै हल्ला फैलियो । फलानीले त गोरु जोत्यो भनेर गाउँले आए । कालोमोसो र जुत्ताका माला लगाए । अनेकथरी व्यवहार गर्दै हिँडाएरै ईलाका प्रहरी कार्यालय चौमाला (करिब ७ किलोमिटर) पुर्याए ।
प्रहरीको व्यवहारले दुःखित तुल्याएको बताउँदै भनिन्, ‘प्रहरीले पनि जो जड्याँहा हो, गलत रस्तामा हिँड्छ, उसैको कुरो सुन्यो । साँचो मान्यो । मलाई झूटो मान्यो । प्रहरीले खिल्ली उदायो । मलाई जिउँदो श्रीमानको किरीया गरेको आरोप लगाए । नून खुर्सानीको धुलोले श्रीमानलाई मार्न खोजेको आरोप लगाए । तर प्रमाण त कसैले पेश गरेन नि !’
गाउँ निकाला गरिएपछि वासुदेवी गैरसरकारी संस्थाको सम्पर्कमा आइन् । उनी २ छोरीसहित ३ महिनासम्म सेभ हाउसमा बसिन् । उता घरको हेरचाह गर्ने कोही भएन उनको । भएको खेत पनि बाँझै भएको उनी बताउँछिन् । भदौ १५ गते मानवअधिकारवादीको टोलीले उनलाई गाउँमा पुनस्र्थापित गरेको थियो ।
श्रीमानसहित १३ जनाविरुद्ध मुद्दा
सेभ हाउसको बसाईको क्रममा उनले कानूनी उपचारको बाटो खोज्न थालिन् । उनी जिल्ला कानूनी सहायता समिति कैलालीका प्रमुख तथा अधिवक्ता देवीलाल चौधरीको सम्पर्क पुगिन् । जिल्ला अदालत कैलालीमा अधिवक्ता चौधरीको सहयोगमा उनले घरेलु हिंसा (कसुर सजाय) ऐन अन्तर्गत आफ्नै श्रीमान वीरबहादुर सुनार र १२ जना छिमेकीविरुद्ध सार्वजनिक अपराध अन्तर्गत मुद्दा दायर गरिन् ।
अदालतको २०६७ फागुन २३ गतेको फैसला अनुसार उनको श्रीमानलाई ६ महिना कैद र २१ हजार जरिवाना भयो भने अन्यलाई जनही १०–१० हजार जरिवाना असुल गराई छोड्यो । तर सजाय तोकिएपछि उनका श्रीमान् हालसम्म फरार छन् ।
समाजबाटै अपहेलित भएकी वासुदेवी आफ्नो विचारबाट भने कतै पनि विचलित भएकी छैनन् । बरु आफैंलाई निकाला गर्ने समाज बदल्ने अभियानमा जुटेकी छिन् । पहिलैदेखि समाज सुधारको बाटोमा अग्रसर उनी हाल पनि निरन्तर क्रियाशील छिन् ।
उनी गाउँको मदिरा नियन्त्रण समिति, टोल सुधार समिति लगायत समितिको अध्यक्ष छिन् भने बाटोघाटो, पुलपुलेसो, सिचाइँ, तटबन्धलगायत उपभोक्ता समितिमा पनि रहँदै आएकी छिन् ।
‘एक लोटा पानी र एक भान्सा हुँदैन’
आफ्नो र घरको अहिलेसम्मको दुरावस्था श्रीमानकै कारण भएको उनको ठहर छ । श्रीमान घर फर्के पनि स्वीकार गर्न भने नसक्ने उनी बताउँछिन् ।
‘जे हुन भयो, अब मिलेर बस्नोस् सबैले भन्छन् । तर यो मनले मान्दैन । गाउँलेको लहलहैमा लागेर आफ्नो घर बिगार्ने । छोराछोरी, श्रीमतीलाई बेवास्ता गर्ने मान्छेलाई मैले कसरी स्वीकार्न सक्छु ? मेरो भनाई त उहाँ घर आउन् भन्ने हो । तर एक लोटाको पानी र एक भान्सा हुँदैन,’ मलिनो स्वरमा भनिन्, ‘दुवैको परिश्रमले घर बनायौं । घरमा अधिकार दुवैको बराबर हो । एक कोठा उहाँ बस्नुहुन्छ, एक कोठामा म बस्छु । बस्न चाहन्छन् भने छोरा छन्, बुहारी छन् । मजाले बस्न सक्छन् । भागेर बस्नु उचित होइन । घर भत्काउन जान्नुभयो, घर जमाउन जान्नुभएन ।’
उनले आफ्ना श्रीमानलाई गाउँ फर्केर समाज बनाउने बाटो लाग्न पनि आग्रह गर्छिन् । उनले भनिन्, ‘हेर्नुस् न ∕ गाउँलेको बहुमतले गाउँ निकाला गरिएको मान्छे म, त्यसैमा गाउँमा परिश्रम गरी खाँदैछु । उहाँ त गाउँलेको साथ पाएको मान्छेले किन भाग्नुपर्यो ? उहाँले साहसी भएर खानुपर्ने होइन र ?’
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...