×

NMB BANK
NIC ASIA

काठमाडौं –आफ्नो फिल्म हेर्न ‘विशेष शो’ भन्दै हलमा नेतादेखि कलाकार बोलाउनु नेपालमा नौलो रहेन् । चलेका नेता तथा कलाकारले फिल्म हेरेर त्यसका बारे दुई–चार शब्द राम्रो बोलिदिँदा दर्शक हलसम्म तानिन्छन् भन्ने सोच आम फिल्मकर्मीको छ । 

Muktinath Bank

फिल्म राम्रो भएको खण्डमा केही हदसम्म यो कुरा सही पनि हो, तर नेपालमा हलमा दर्शक नआएपछि मात्र नेता तथा कलाकारलाई बोलाउने प्रचलन व्याप्त छ । फिल्म प्रदर्शनमा आउँछ, हलमा दर्शक आउँदैनन्, अनि शुरू हुन्छ चलेका नेता तथा कलाकारलाई फिल्म हेर्न बोलाउने क्रम ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेता पनि फिल्मकर्मीको आग्रहमा हलसम्म पुग्छन्, फिल्म हेर्छन् र फिल्मका बारे दुई–चार शब्द बोल्छन् । तर विडम्बना ! नेपालमा चलेका नेता तथा कलाकारले हेरेका र तारिफ गरेका अधिकांश फिल्मले सुःखद् व्यापार गरेका छैनन् । यसबाट पनि के प्रष्ट हुन्छ भने हलमा नेता र चलेका कलाकार जाँदैमा दर्शक आउँदैनन् । 


Advertisment
Nabil box
Kumari

उदाहरणका लागि केही महिना अगाडि फर्कौं ।

Vianet communication

गत असोजमा ऋषि धमलाको फिल्म ‘अनुराग’ प्रदर्शनमा आयो । आफ्नै श्रीमती एलिजा गौतम नायिका बनेको फिल्म ‘अनुराग’ हेर्न ऋषिले चलेका नेतादेखि कलाकार हलमा लाइन लगाइदिए । नेता र कलाकारसँग चिरपरिचित ऋषिले पूर्व प्रधानमन्त्री झलनाथ खनाल, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, कांग्रेस नेता रामचन्द्र पौडेल, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासम्मलाई हलसम्म लगेर फिल्म देखाए । 

चलेका कलाकारहरू समेत ऋषिको आग्रह स्वीकार्दै हलसम्म पुगेर ‘अनुराग’ हेरे । उनीहरूले मिडियासामु फिल्म राम्रो बनेको बताउँदै दर्शकलाई फिल्म हेर्न पनि आग्रह गरे । तर के गर्नु, नेता र कलाकार दिनैपिच्छे हलमा पुगेर फिल्म हेर्दा दर्शकले भने फिल्म हेर्न रुचाएनन् । अन्नतः फिल्म केही दिनमा हलबाट उत्रियो । अनुरागले लगानी समेत सुरक्षित गर्न सकेन् । 

त्यस्तै, जाऔं रेखा थापाको फिल्म ‘मालिका’तर्फ । कात्तिक १६ गतेबाट प्रदर्शनमा आएको ‘मालिका’ हेर्न नेतादेखि महिला अधिकारकर्मी र कलाकारहरूको लाइन नै लाग्यो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नायिका करिश्मा मानन्धर लगायतले मालिका हेरे अनि दर्शकलाई पनि फिल्म हेर्न सुझाए । तर रेखाको यो फिल्म पनि व्यवसायिक रूपमा असफल भयो ।

अब कुरा गरौं, मात्र १० दिन अगाडिको । 

माघ १८ गतेबाट तीन नेपाली फिल्म प्रदर्शनमा आए । यी फिल्म हेर्न पनि नेतादेखि कलाकारहरूको लाइन लाग्यो । 

गाईपालक किसानको कथामा बनेको फिल्म ‘गोपी’ हेर्न श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट, एमाले नेता योगेश भट्टराई, पूर्व सञ्चारमन्त्री मोहन बस्नेत, नेत्री नविना लामा लगायत हलसम्म पुगे । 

उनीहरूले फिल्म राम्रो बनेको बताउँदै दर्शकलाई पनि फिल्म हेर्न मिडियामार्फत् आग्रह गरे । तर दर्शक हलसम्म तानिएनन् र फिल्मले सुःखद् व्यापार गर्न सकेन् । 

त्यस्तै भ्रष्टाचारको कथामा बनेको ‘सय कडा १०’ हेर्न सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितदेखि मुख्य सचिव लोकदर्शन रेग्मी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरे, पूर्व प्रमुख सूर्यनाथ उपाध्याय, ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल लगायत हल पुगे । उनीहरूले फिल्म प्रत्येक युवाले हेर्नुपर्ने बताए । तर यो फिल्म हेर्न पनि दर्शकले चासो देखाएनन् । 

यी चलचित्र दोस्रो सातामा प्रदर्शनरत छन् । तर हलमा दर्शकको संख्या हेर्ने हो भने बिजोग देखिन्छ । 

चलचित्रले सुःखद् व्यापार नगरेपछि निर्माता तथा निर्देशकहरू चिन्तित देखिएका छन् । उनीहरू भनिरहेका छन्– आखिर फिल्म किन चलेन् ? दर्शकहरू कहाँ गए ?

केही अर्थमा अपेक्षा गरिएका चलचित्रले सुःखद् व्यापार नगरेपछि दर्शक हराए भनिनु स्वभाविक पनि थियो । तर नेपाली फिल्मका दर्शक हराएका होइनन्, उनीहरू बिच्किएका हुन् । बर्सेनि सयको संख्यामा फिल्म बनिरहेका हुन्छन्।

त्यसमा २० प्रतिशत फिल्म पनि औसत बन्दैनन् । दर्शकहरू एउटा आशा बोकेर फिल्म हेर्न जान्छन्, तर फिल्मले दर्शकलाई निराश बनाउँछ । त्यसपछि प्रदर्शनमा आएका राम्रा फिल्म त्यसैको मारमा पर्छन् । राम्रा फिल्मभन्दा नराम्रा फिल्मको बाढी आउँदा दर्शकहरू फिल्मप्रति आकर्षित हुन छाडेका छन् ।

त्यसो त अधिकांश राम्रा फिल्मले दर्शक पाएका पनि छन् ।

२० वर्षदेखि रंग पत्रकारिता गर्दै आएका डब्बु क्षेत्री नेता तथा कलाकारलाई फिल्म देखाउँदा केही मात्रामा पब्लिसिटी हुने गरेपनि अहिले दर्शकहरू निकै बाठा बनिसकेको बताउँछन् । ‘दर्शकहरूले फिल्म घोषणादेखि नै फिल्म कुन व्यानरबाट बनिरहेको छ, कलाकार को–को छन् भनेर वाच गरिरहेका हुन्छन् । दर्शकहरू निकै बाठा बनिसकेका छन् ।’

विशेष शो तथा प्रिमियरमा नेता तथा कलाकारले फिल्मका बारे राम्रो भनिदिनु उनीहरूको बाध्यता रहेको डब्बु बताउँछन् । कहिलेकहीँ नराम्रो फिल्म आइरहेको समयमा राम्रो फिल्म आउँदा दर्शक झुक्किने गरेको पनि उनको बुझाइ छ । यद्यपि कथा, कलाकार, गीत संगीत, प्रचारप्रसार राम्रो भयो भने अपवाद बाहेकका फिल्म अवश्य चल्ने उनको बुझाइ छ ।

अहिलेसम्म अभ्यास हेर्दा के बुझ्न सकिन्छ भने– नेता तथा चर्चित कलाकारलाई हलसम्म लगेमा दर्शक आउँछन् भन्नु फिल्मकर्मीको मुर्खता हो । नेता तथा कलाकारको बाध्यता हुन्छ, फिल्म हेर्ने निमन्त्रणा आएपछि फिल्म हेरेर त्यसको तारिफ गरिदिनु । नेताले बोल्दैमा मात्र दर्शक आउने होइनन् । 

वास्तवमा फिल्म चल्न नेता तथा कलाकारहरूको तारिफ होइन, फिल्म नै गलितो हुनुपर्छ । फिल्मको कथा दर्शकको मनमा बस्ने हुनुपर्छ ।

फिल्मको प्रचारप्रसार प्रभावकारी हुनुपर्छ । फिल्मले गतिलो व्यापार गर्न हलमा नेता होइन, दर्शक नै चाहिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x