×

NMB BANK
NIC ASIA

दरबन्दी अभावमा विद्यालय र अभिभावकमाथि आर्थिक भार

फागुन ६, २०७५

NTC
Premier Steels

बागलुङ-  गुणस्तर बढाएपछि एकीकरण हुनबाट जोगिएको यहाँको एक विद्यालय शिक्षक दरबन्दी नहुँदा समस्यामा छ । गलकोट नगरपालिका–७ स्थित प्रगति आधारभूत विद्यालयमा दुई शिक्षकको मात्र दरबन्दी छ । 

दश शिक्षकले स्थानीय स्रोतबाट तलब खान्छन् । दरबन्दी अभावमा ठूलो आर्थिक भार विद्यालय र अभिभावकमाथि छ । बाल विकास केन्द्रका सहयोगीसमेत स्थानीय स्रोतबाट राखिएको छ । शिक्षकको तलबमा मात्र मासिक रु. एक लाखभन्दा बढी खर्च हुन्छ । अभिभावकको सहयोग, अक्षयकोषको ब्याज र ऋणधनमा खर्च धानिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाले बताउनुभयो । 

विद्यालयले आर्थिक अभाव टार्न अभिभावबाट मासिक सहयोग रकम लिने गरिएको छ । ‘आर्थिक रुपमा विद्यालय समस्यामा छ’ अध्यक्ष थापाले भन्नुभयो, ‘दरबन्दी थपिएमा हामीलाई राहत हुने थियो ।’ 

पटक–पटक शिक्षक माग गरिए पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएको उहाँको गुनासो छ । नगरपालिकाले छिट्टै शिक्षक व्यवस्थापन गर्ने आश्वासन दिएको छ । कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा कूल १२३ जना विद्यार्थी अध्ययनरत् छन् । जसमध्ये १९ जना बाल विकास केन्द्रमा छन् । 

सबै कक्षामा अङ्ग्रेजी माध्यमबाट पढाइ हुने गरेको प्रधानाध्यापक नगेन्द्र मल्लले बताउनुभयो । ‘अभिभावककै चाहनाअनुसार अङ्ग्रेजी माध्यम शुरु गरेका हौँ’ उहाँले भन्नुभयो, ‘अहिले गुणस्तरमा सुधार आएको छ, विद्यार्थी पनि आकर्षित छन् ।’ 

प्रअ मल्ल र शिक्षक कृष्ण गौतम मात्र आधारभूत तहको दरबन्दीमा कार्यरत छन् । विद्यार्थी सङ्ख्या न्यून भएपछि विसं २०६८ मा उक्त विद्यालय एकीकरणको सूचीमा परेको थियो । विद्यालयको दिगो व्यवस्थापन र गुणस्तर सुधारमा गाउँले एकजुट भएर लागेपछि विद्यालय जोगिएको हो । 

विसं २०४७ मा खुलेको विद्यालयमा अभिभावक र स्थानीयवासीको चन्दाबाट रु २२ लाखको अक्षयकोषसमेत खडा गरिएको छ । विद्यालयको अतिरिक्त आम्दानीको स्रोत भने केही छैन । शिक्षक व्यवस्थापन, भौतिक पूर्वाधार र गुणस्तर सुधारमा राज्यले सहयोग गर्नुपर्ने विद्यालयको माग छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x