×

NMB BANK
NIC ASIA

साउदी युवराजले पाकिस्तानलाई दिए २० अर्ब डलर

फागुन ६, २०७५

NTC
Premier Steels

काठमाडौं — साउदी अरबका युवराज मोहम्मद बिन सलमानले आइतवार पाकिस्तानसँग २० अर्ब डलर बराबरका आठ सम्झौतामा हस्ताक्षर गरेका छन् । 

Muktinath Bank

युवराज भएपछि सलमानले गरेको यो पहिलो पाकिस्तान यात्रा हो । उनको यात्रा एक दिन ढिलो गरी भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साउदी र पाकिस्तानबीचको सम्झौतामा पाकिस्तानी बन्दरगाह ग्वादरमा साउदीको तेल कम्पनी आरामकोको रिफाइनरी बनाउने कुरा पनि समावेश छ । आरामको संसारको सबभन्दा ठूलो रिफाइनरीमध्ये एक हो । 


Advertisment
Nabil box
Kumari

अल अरबिया न्युज च्यानलले साउदी युवराजलाई उद्धृत गर्दै भन्यो, ‘पाकिस्तान साउदी जनताको प्रिय मुलुक हो र हामीहरू पहिलेदेखिकै साझेदार हौं ।’

Vianet communication

उनले साउदी अरब र पाकिस्तानबीचको आर्थिक साझेदारी विशेषगरी पर्यटन क्षेत्रमा विस्तार गर्ने हिसाबमा गरिने बताए । 

युवराज सलमान आइतवार र सोमवार दुई दिन गरी पाकिस्तानको भ्रमण गरिरहेका छन् । यसपछि उनी भारत र चीन पनि जानेछन् । 

सलमान र उनको प्रतिनिधिमण्डलको भव्य स्वागतका लागि इस्लामाबादमा विशेष प्रबन्ध गरिएको थियो । संसद् भवनमा सलमानको १२० फीट अग्लो र ४५ फीट चौडा तस्वीर राखिएको छ । 

त्यहाँ पुग्नेबित्तिकै उनलाई २१ तोपको सलामी दिइयो । सलमानको विमान रावलपिन्डीको नूर खान वायुसेना अड्डामा उत्रिएको थियो । विमानबाट बाहिर निस्केपछि प्रधानमन्त्री इमरान खानले उनलाई स्वागत गरे । 

प्रोटोकल तोडेर इमरान खानले आफैं गाडी चलाएर सलमानलाई प्रधानमन्त्री निवास लगे र त्यहाँ उनको स्वागतमा विशेष कार्यक्रम राखियो । 

सलमानको सुरक्षाको व्यापक व्यवस्था गरिएको छ र सबै महत्त्वपूर्ण सरकारी कार्यालय र दूतावाससम्म जाने बाटो सील गरिएको छ । शहर र प्रवेश नाकाहरूमा एक हजारभन्दा बढी सुरक्षा जाँच चौकी राखिएको छ । 

कार्यालयमा काम गर्ने र विद्यार्थीहरूलाई अप्ठ्यारो नहोस् भनेर सोमवार बिदा समेत दिइएको छ ।

एजेन्सी 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x