×

NMB BANK
NIC ASIA

काज मिलाएर काठमाडौंमै रमाउने सचिवबाट मन्त्री दिक्क, सेवाग्राही मारमा

फागुन ७, २०७५

NTC
Premier Steels

जनकपुरधाम– प्रदेश नम्बर २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. वंशी शर्मा मन्त्रालयमा निकै कम उपस्थित हुने गरेका छन् । प्रायः काठमाडौंमा काजमै बस्ने गरेको उनको हाजिरी पुस्तिकाबाट प्रस्ट हुन्छ ।

Muktinath Bank

उनको नेम प्लेट सहितको साइन बोर्डमा बाहिर रहेको संकेत गरिएको हुन्छ । काम विशेषले प्रदेशका आठवटै जिल्लाबाट आउने सेवाग्राही भने उनी अनुपस्थित रहने गरेकै कारण रित्तो हात फर्किन बाध्य भइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७५ साल असार १३ गते मन्त्रालयमा हाजिर भएका सचिव शर्मा फागुन ६ गतेसम्म कुल १ सय १३ दिन हाजिर भएका छन्, ९७ दिन काजमा काठमाडौं र अन्य जिल्लामा खटिएको उनी आफैंले उल्लेख गरेका छन् । 


Advertisment
Nabil box
Kumari

असार १३ गते हाजिर भएका सचिव शर्मा असारमै १६ देखि १८ गतेसम्म काठमाडौं काजमा खटिए । त्यसैगरी साउन महिनामा ४ देखि ८ गतेसम्म र १९ देखि २४ गतेसम्म गरी कुल ११ दिन काठमाडौंमा काजमा बसेका छन् ।

Vianet communication

फेरि भदौ महिनामा १ देखि ३ गतेसम्म, ११ देखि १२ गतेसम्म, २६ देखि ३० गतेसम्म गरी कुल १० दिन काठमाडौंमा काजमा खटिएको उनले जनाएका छन् । असोजमा पनि १२ दिन काजमा रहेको हाजिरी पुस्तिकामा देखिन्छ । कात्तिकमा १३ दिन, मंसिरमा २१ दिन, पुसमा ११ दिन, माघमा १५ दिन र फागुनमा १ दिन काजमा बसेका छन् ।

मंसिरमा १ गतेदेखि १७ गतेसम्म वैदेशिक भ्रमणका लागि चीन गएको उनले आफ्नो हाजिरी पुस्तिकामा उल्लेख गरेका छन् ।

प्रायः शुक्रबारदेखि आइतवारसम्म वा सार्वजनिक बिदा हुने दिनको अघिल्लो दिन र पछिल्लो दिनसम्म उनले काठमाडौंमै काज मिलाउने गरेका छन् ।

९७ दिनको काज मध्ये ९० प्रतिशत भन्दा बढी काठमाडौंमै विभिन्न बहानामा उनी काजमा रहने गरेका छन् । बारा, पर्सामा पनि उनले काजमा खटेको जनाएका छन् । फागुन ६ गते हाजिर गरेर हेटौंडा गएका सचिव शर्मा ७ गते पनि मन्त्रालयमा उपस्थित भएनन् ।

प्रदेश २ भित्र पर्ने जिल्लाहरूमा काजमा बसेको दिन नगण्य छ, उनी अधिकांश समय काठमाडौं वा प्रदेश बाहिरकै जिल्लामा काजमा बसेको देखिन्छ । निकै नै महत्त्वपूर्ण मन्त्रालयका सचिव काजको बहानामा यतिका दिन अनुपस्थित रहँदा मन्त्रालयको कामकारवाही उपलब्धिमूलक बन्न सकेको छैन ।

भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव पनि सचिव यसरी पटक–पटक अनावश्यक रूपमा काठमाडौंमा काजमा खटिनु गलत भएको बताउँछन् ।

‘दैनिक सम्पादन हुने प्रशासनिक कार्य सम्पादनमा समेत अत्यन्तै नकारात्मक असर परिरहेको छ,’ राज्यमन्त्री यादवले लोकान्तरसँग भने, ‘सचिवको काज स्वीकृत गर्ने अधिकार माननीय मन्त्रीज्यूको हो । मैले उहाँसँग पनि यस विषयमा पटक–पटक जिज्ञासा राखिसकेको छु ।’ 

मन्त्री शैलेन्द्र साहले पनि सचिवको अनुपस्थितिका कारण कामकारवाही प्रभावित भइरहेको बताए । प्रदेशका प्रमुख सचिवबाट काज स्वीकृत गराएर सचिव अनुपस्थित हुने गरेको उनले जानकारी दिए ।

‘सचिवज्यूले काज मबाट स्वीकृत गराउनुहुन्न । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिवज्यूले उहाँको काज स्वीकृत गर्दै आउनुभएको छ,’ मन्त्री साहले लोकान्तरसँग भने ।

मन्त्रालयमा सचिव नै नभएपछि कार्य सम्पादनमा प्रतिकूल असर मात्र परेको छैन, सरकारले तय गरेका कार्यक्रमहरू कार्यान्वयन समेत प्रभावित हुने गरेको मन्त्री साहले बताए ।

‘सचिव काजमा काठमाडौं जाने समस्या मेरो मन्त्रालयमा मात्र छैन,’ मन्त्री साहले भने, ‘सबै मन्त्रालयको त्यही हाल छ ।’

यस सम्बन्धमा मुख्यमन्त्री लालबाबु राउतलाई पनि पटक–पटक जानकारी गराइसकेको उनले बताए ।

व्यक्तिगत कामले गएको होइन - सचिव

सचिव शर्मा भने आफू व्यक्तिगत कामले नभई मन्त्रालयकै कामले काजमा बस्ने गरेको बताए ।

'काजमा जाने भनेको सरकारी कामले नै हो,' उनले लोकान्तरसँग भने, 'आफ्नो व्यक्तिगत कामले जाँदिनँ, मन्त्रालयकै कामले जानुपर्छ ।'

मंगलवार अपराह्न हामीले फोन गर्दा उनी बाटोमै थिए । वातावरणसम्बन्धी एक कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भएर फर्किँदै गरेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x