×

NMB BANK
NIC ASIA

शिवरात्रीमा राष्ट्रिय भजन प्रतियोगिता हुने

फागुन ९, २०७५

NTC
Premier Steels

गलकोट – एक सामाजिक संस्थाले परम्परागत मौलिक संस्कृतिको रुपमा रहेको भजनलाई संरक्षण गरी धार्मिक पर्यटकहरु भित्र्याउनका लागि राष्ट्रियस्तरको भजन प्रतियोगिताको आयोजना गर्ने भएको छ । 

Muktinath Bank

जिल्लामा क्रियाशिल बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्र काठेखोला गाउँपालिका –५ को आयोजनामा महाशिवरात्रीको अवसरमा फागुन २० गते राष्ट्रियस्तरको लोकभजन प्रतियोगिता आयोजना गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीय स्थलका रुपमा विकास भएको ऐतिहासिक रामकोट मन्दिरमा भजन प्रतियोगिता गर्ने केन्द्रका अध्यक्ष कृष्ण कँडेलले बताए ।


Advertisment
Nabil box
Kumari

काठेखोला गाउँपालिकाको एक वडा एक पहिचानअन्र्तगत बिहुँ वडा नम्बर ५ लाई गाउँपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यसमेत राखेको स्थानमा लोकभजन हुने भएको हो । 

Vianet communication

रामकोट मन्दिरसँगैको शिवधुरीमा हालैबाट सञ्चालनमा आएको घरवास कार्यक्रम (होमस्टे)को प्रवद्र्धनका लागिसमेत भजन प्रतियोगिताले टेवा पुर्याउने आयोजकले लक्ष्य राखेको छ । 

मध्यपहाडी लोकमार्गको स्तरउन्नतिसँगै विश्वकै पर्यटकीय गन्तव्यको रुपमा रहेको ढोरपाटन जाने पर्यटकहरुको संख्या वृद्धि भएको बेला लोकमार्गसँगै जोडिएको बिँहुको शिवधुरी र रामकोटको प्रचारप्रसार गर्नका लागि लोक भजनको आयोजना गरिएको हो । 

‘राष्ट्रियस्तरको लोकभजनको आयोजना गर्दा धार्मिक संस्कृतिको संरक्षण हुन्छ,’ कँडेलले भने, ‘लोकभजनका लागि नेपालका विभिन्न ठाउँबाट आउने सहभागीका कारण यस क्षेत्रमा धार्भिक पर्यटन भित्रन सक्नेछ ।’

भजन प्रतियोगितामा नेपालका ७ वटै प्रदेशका एक–एक समूह, बागलुङ, पर्वत, म्याग्दी लगायतका जिल्लाबाट २१ भजन टिमबाट करीब ३ सय जनाको सहभागिता रहने आयोजकले जनाएको छ । 

प्रतियोगितामा प्रथम हुने भजन समूहले ५० हजार रुपैयाँ, द्वितीय हुने समूहले ३० हजार रुपैयाँ, तृतीय हुने समूहले २० हजार रुपैयाँ र सान्त्वना हुने समूहले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x