मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पोखरा – कलेजमै अध्ययनरत विद्यार्थीले पोखरा विश्वविद्यालयमा तोडफोड गरेका छन् ।
विश्वविद्यालयमा इन्जिनियरिङ पढ्ने विद्यार्थीले इन्जिनियरिङको नजिता सन्तोषजनक नआएको भन्दै तोडफोड गरेका हुन् ।
बुधवार प्रकाशित सिभिल इन्जिनियरिङको नजिता अप्रत्याशित भएको भन्दै उत्तेजित विद्यार्थीले विश्वविद्यालय तोडफोड गरेका छन् । विश्वविद्यालयले प्रकाशन गरेको नजितामा अधिकांश विद्यार्थी अनुत्तीर्ण भएका थिए ।
४० विद्यार्थीमध्ये ३८ जना फेल भएको नजिता प्रकाशित भएपछि विद्यार्थी त्यसबारे जानकारी लिन विश्वविद्यालय पुगेका थिए । विद्यार्थी विश्वविद्यालय पुग्दा विश्वविद्यालयका रजिस्टार, परीक्षा नियन्त्रक लगायतका पदाधिकारी नभेटिएपछि उत्तेजित हुँदै तोडफोडमा उत्रिएको विद्यार्थी नेताले सुनिल तिमिल्सिनाले बताए ।
विद्यार्थी तोडफोडमा उत्रिएपछि विश्वविद्यालय प्रशासनले प्रहरीलाई खबर गरेको थियो । प्रशासनले प्रहरीलाई खबर गरेपछि उत्तेजित विद्यार्थीले उपकूलपतिको कुर्सी, रजिस्टार र परीक्षा नियन्त्रकको कुर्सी आगजनी समेत गरेका छन् । प्रहरीले ५ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।
विश्वविद्यालयका स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सुनिल तिमिल्सिनाले विश्वविद्यालय प्रशासनले आक्रोशित विद्यार्थीको गुनासोप्रति गाम्भीर्यता नदेखाउँदा विद्यार्थी तोडफोडमा उत्रिएको बताए । ‘इन्जिनियरिङ टपर विद्यार्थीको रिजल्ट फेल भएर आएको छ । अधिकांश विद्यार्थी फेल भएका छन्,’ उनले भने, ‘अप्रत्याशित नजिताप्रति असन्तुष्टि देखिएको विद्यार्थीको जिज्ञासा मेटाउनेतर्फ विश्वविद्यालय प्रशासन गैरजिम्मेवारी देखियो ।’
विद्यार्थी विश्वविद्यालय परिसरमा गएपछि प्रशासनका कर्मचारी गायव भएपछि विद्यार्थी आक्रोशित हुन पुगेका नेता तिमिल्सिनाले बताए । ‘विद्यार्थीको गुनासोमा विश्वविद्यालय प्रशासनले गम्भीरता नदेखाएपछि तनावको अवस्था सिर्जना हुन पुग्यो,’ उनले भने, ‘प्रहरीले हस्तक्षेपकारी भूमिका खेल्यो । त्यसको प्रतिफल स्वरुप विद्यार्थी अझै उग्र बने ।’
विश्वविद्यालयको झ्यालका सिसा तोडफोड र आगजनीको घटनाले अन्य संकायको समेत पठनपाठनमा ठप्प भएको छ ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...