कात्तिक १६, २०८०
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
ललितपुर- ललितपुर महानगरपालिका, सानेपा वडा नं ३ धोबीघाटस्थित मेघा अस्पतालले नेपालभरका ज्येष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिला, अनाथ, राष्ट्रिय खेलाडीलगायत मानसिक सन्तुलन गुमेका मानिसलाई उपचारमा ५० प्रतिशत छुट दिएको छ ।
एक वर्षअघिदेखि अस्पतालले सेवाको भावना जनाउने उद्देश्यका साथ त्यस्ता नागरिकलाई उपचारमा ५० प्रतिशत छुट दिँदै आएको हो । अस्पतालले जुनसुकै रोगका बिरामीलाई १० शय्याको निःशुल्क उपचार सुविधा दिँदै आएको अस्पतालका अध्यक्ष किशोरजङ्ग राणाले जानकारी दिए । ‘केही दिनअघि १७ जना अपाङ्गलाई सम्पूर्ण उपचार सुविधा दियौँ,’ राणाले भने, ‘१७ जना अपाङ्गमध्ये तीन जनालाई रु तीन लाख बराबरको खुट्टा हामीले सहयोग ग¥यौँ ।’
एक वर्षको हाराहारीमा करीब १०० बिरामीले पूर्ण उपचार सुविधा पाएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । अस्पतालले औषधि खरीदमा पनि सबै नागरिकलाई १० प्रतिशत छुट दिएको छ ।
ज्येष्ठ नागरिकको परिचयपत्र प्राप्त व्यक्तिले अस्पतालमा पत्र पेश गरेपछि ५० प्रतिशत छुट दिइने अस्पतालका मेडिकल प्रमुख डा शिवकुमार साहले जानकारी दिए । ‘हामीले यही फागुन १० गते २४ जना ज्येष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिला र अनाथलाई उपचारमा सम्पूर्ण निःशुल्क सुविधा दियौं’ शाहले भने, ‘आफन्तलगायत सन्तान नभएका जो कोही आमाबुबाले हामीलाई सम्पर्क गर्नुभयो भने उहाँहरुलाई अस्पतालले निःशुल्क सुविधा दिने निर्णय गरेको छ ।’
हालसम्म अस्पतालबाट तीन एकल महिलाले उपचारमा पूर्ण पाएका छन् । राष्ट्रियस्तरका खेलाडी भने कोही पनि उपचार सेवा लिन उपस्थित नभएको बताइएको छ । केही दिनअघि नुवाकोटकी ११६ वर्षीया बाटुली लामिछानेलाई अस्पतालले पूर्ण उपचार सुविधा दिने घोषणा गरेको राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यले जानकारी दिए । ‘सुस्त श्रवण क्षमताका व्यक्तिलाई अस्पतालले पूर्ण रुपमा निःशुल्क कानमा एयरफोन हाल्ने तथा हात नभएका व्यक्तिलाई हात हालिदिने निर्णय गरेको छ,’ कर्माचार्यले भने, ‘यस अस्पतालले हालसम्म आँखाको उपचार सेवा दिन भने सकेको छ्रैन ।’ पाँच वर्ष पहिले स्थापना भएको अस्पतालले अर्बुदरोग उपचारको आरम्भ गर्ने पनि बताइएको छ ।रासस
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...