×

NMB BANK
NIC ASIA

छ वर्षअघि शुरु भएको खानेपानी आयोजना सातौँ पटक म्याद थप्दा पनि सम्पन्न भएन

फागुन २७, २०७५

NTC
Premier Steels

बनेपा- काभ्रेपलाञ्चोकको तीनवटा नगरपालिका (बनेपा, धुलिखेल र पनौती) बासिन्दाका लागि शुद्ध र गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले विगत छ वर्ष अगाडि शुरु भएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना सातौँ पटक म्याद थप्दा पनि सम्पन्न नहुने भएको छ । 

२०६९ साल मङ्सिर २७ गते सम्झौता भई २०७० जेठ २९ गतेबाट कार्य प्रारम्भ भएको सो खानेपानी आयोजना सम्झौताअनुसार २०७२ साल जेठ ३२ गते सम्पन्न गर्ने गरी निर्माण कार्य थालनी भएको थियो तर अहिलेसम्ममा ९५ प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख नारायणसुन्दर श्रेष्ठले बताउनुभयो । “अहिलेको निर्माण कार्यको म्याद थप सातौँ पटकको हो ।” श्रेष्ठले भन्नुभयो, “अहिलेसम्ममा भौतिक प्रगति (संरचना र पाइप लाइन बिच्छ्याउने काम सबै गरेर) ९५ प्रतिशत भएको छ ।” त्यससँगै वित्तीय प्रगति (खर्च) ७२ प्रतिशत भएको उहाँको भनाइ छ । 

त्यसरी काम भइरहेको सो आयोजना आगामी २०७६ जेठ १७ गते सम्पन्न गरी सक्नुपर्नेछ । पाँच प्रतिशत भौतिक काम (पाइप लाइन नै बिच्छ्याउने) बाँकी रहेको सो आयोजनाको मुहानबाट क्षेत्रीय पानी प्रशोधन केन्द्रमा पानी ल्याएर जाँच गर्न मात्रै तीन महीना लाग्ने आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो । 

Muktinath Bank

समय अवधिको हिसाबले सातौँ पटक तोकिएको समयमा पनि काम सम्पन्न गर्न नसकिने आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो । एकातिर निर्माण कार्यको समय लम्बिँदै जानु र अर्कोतिर खर्च पनि बढ्दै जानुले आयोजना आकाशको फल जस्तै बनेको उपभोक्ता बताउँछन् । बनेपा नगरपालिका–८ का जयकृष्ण मानन्धरले भन्नुभयो, “एकातिर अहिले उपभोग गर्दै आइरहेको नेपाल खानेपानी संस्थानको धमिलो लेदो मिसिएको पानीलाई खानयोग्य नभए पनि पैसा तिरिरहनुपर्छ, अर्कोतिर एकीकृत खानेपानीले बाँडेको आशा वर्षौं भइसक्यो ।” 

बनेपामा खानेपानीको हाहाकारनै रहेको छ । जसका कारण घरधनीदेखि भाडामा बस्ने नजिकैको ढुङ्गेधारा धाउन बाध्य भएका छन् । “भएको खानेपानी पनि फोहर लेदो मिसिएको पानी आउने र ढुङ्गेधारामा जान पनि धेरै टाढा भएकै कारण बनेपामा भाडामा बस्न नसक्ने स्थिति भएको प्रतीक तामाङले बताउनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुरुमा काभ्रेपलाञ्चोक जिल्लाको तीन नगरपालिकाका गरी कूल ९२ हजार ८३० जनसङ्ख्यालाई पानी खुवाउने गरी आयोजना निर्माणको सम्झौता भएकोमा पछि बनेपा नगरपालिका र पनौती नगरपालिकाको केही वडा थप भएपछि अहिले एक लाख ३९ हजार ४२२ जनसङ्ख्यालाई खानेपानी पुर्याउने लक्ष्यसहित आयोजनाले काम गरिरहेको छ । नेपाल सरकार, एशियाली विकास बैंक (एडिबी), तीन वटा नै नगरपालिका र काभ्रे उपत्यका एकीकृत खानेपानी बोर्डको गरी अहिले कूल रु एक अर्ब १२ करोड ६०० को लगानी हुने जनाएको छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x