×

NMB BANK
NIC ASIA

सन्दर्भ : दुर्घटनाको एक वर्ष

अझै झस्किन्छन् यूएस बंगला विमान दुर्घटनामा बाँचेका केशव, यसरी सम्झिए त्रासदीपूर्ण त्यो दिन

फागुन २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालको फिजियोथेरापी कक्षमा पुग्दा पर्यटन व्यवसायी केशव पाण्डे दाहिने गोडाको फिजियोथेरापी गराइरहेका थिए । केशव तिनै व्यक्ति हुन्, जो गतवर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा परेर पनि बाँच्न सफल भएका थिए ।

Muktinath Bank

गत वर्षको फागुन २८ गतेका दिन अवतरणका क्रममा भएको उक्त दुर्घटनामा ५१ जनाले ज्यान गुमाए । २० जना घाइते भए । दुर्घटनामा घाइते मात्र हुने त्यही २० ‘भाग्यमानी’मध्ये एक हुन्, केशव । केशवले ‘पुनर्जन्म’ त पाए, तर अहिलेसम्म पनि उनी अस्पताल धाइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुर्घटनापछि केशवले २ महिना अस्पतालमै बिताए । त्यसपछिको १० महिना उनी अस्पताल आउजाउ गरिरहेका छन् । उपचार खर्च सम्बन्धित एयरलाइन्सले नै बेहोरेको छ । शुरूमा केशव आफैंले खर्च गर्छन्, अनि लागेको खर्च बिमाबाट क्लेम गर्नुपर्छ ।


Advertisment
Nabil box
Kumari

त्यो कहालीलाग्दो घटना आज पनि केशवको आँखाअगाडि झल्किरहन्छ । एक वर्ष बित्दा पनि उनले त्यो कहालीलाग्दो घटनालाई बिर्सिन सकेका छैनन् । सम्झँदा अझै झसङ्ग हुन्छन्, उनी ।

Vianet communication
Laxmi Bank

उक्त दुर्घटनाको मंगलवार एक वर्ष पुग्न लागेको सन्दर्भ पारेर हामी केशवलाई खोज्दै अस्पताल पुगेका थियौं ।

त्रासदीपूर्ण त्यो दिनलाई उनले यसरी सम्झिए :

हामी पर्यटन व्यवसायीहरूको एउटा टोली बंगलादेश गएको थियो । त्यहाँको कक्स बजारमा एयरलाइन्सकै कार्यक्रम थियो । कार्यक्रममा नेपालका ट्राभल एजेन्सीहरू (जसले अन्तर्राष्ट्रिय हवाई टिकट बेच्ने एजेन्टको काम गर्छन्) का १२ जना र एयरलाइन्सकै स्टाफ गरेर १४ जनाको टोली थियो । पर्यटन प्रबद्र्धन र एयरलाइन्सकै कार्यक्रम थियो । हामीले २ रात त्यहाँ बितायौं । 

११ तारिखको दिन फर्किने कार्यतालिका थियो, तर थप एकदिन बसौं भनेर हामी १२ जना बस्यौं । २ जना भने एक दिनअगाडि नै फर्किनुभयो । १० जना व्यवसायी र कम्पनीका २ कर्मचारी गरी १२ जना भोलिपल्ट फर्किँदै थियौं ।

सबै कुरा राम्रै भइरहेको थियो । जाँदाखेरिको क्षण, गइसकेपछि एयरलाइन्सले गरेको आफ्नो कार्यक्रमदेखि सम्पूर्ण कुराहरू राम्रो थियो । फर्किँदा पनि ढाकाबाट राम्रैसंग जहाज चढेका थियौं । कुराकनी गर्दै आएका थियौं ।

काठमाडौंमाथि आकाशमा आइसकेपछि सबै यात्रु खुशी भयौं । तर जहाज एकाएक आफ्नो नियन्त्रणबाहिर उड्न थाल्यो । विमान सधैं जताबाट ल्याण्डिङ हुन्थ्यो, त्यसो भएन । विमान अन्यन्त्र उडेर गएपछि नै हाम्रो मनमा चिसो पसिसकेको थियो । हामीमा डर उत्पन्न भइसकेको थियो कि अब सही ढंगले विमान अवतरण हुँदैन । लगत्तै विमान घाँसेमैदानतिर गइरहेको जस्तो लाग्यो । त्यसपछि डरलाग्यो आवाज आयो । सबथोक अचानक भयो । निकै कहालीलाग्दो घटना घट्यो । 

होसमा आउँदा म घाँसे मैदानमा लडिरहेको थिएँ । विमान ठोक्कियो भन्ने महसूस हुँदै थियो, बेहोस भएछु । 

दुर्घटनापछि विमानबाट म कसरी बाहिर निस्किएँ भन्ने याद थिएन । म विमानको अगाडि सिटमा थिएँ । शायद इमर्जेन्सी ढोका खुलेर बाहिर उछिटिट्एँ कि ! होसमा आएपछि जहाजतिर हेर्दा पछाडिबाट धूवाँ आइरहेको थियो । 

मेरो एउटा खुट्टा चलिरहेको थिएन । उठ्न, भाग्न खोजे पनि सकिरहेको थिइनँ । आँखा अगाडि नेपाली सेना र उद्धारकर्मीहरू देखेँ । उहाँहरूले रेस्क्यू गरेर भ्यानमा पहिले केएमसी अस्पताल सिनामंगलमा लैजानुभएको थियो । मेरा भाइहरू, परिवारका सदस्यहरूले मेडिसिटी अस्पताल नख्खु ल्याउनुभयो । मेडिसिटीमा मैले २ महिना बिताएँ । 

दुर्घटनामा मेरो छातीमा चोट लागेको छ । करङ डिसब्यालेन्स भएको छ । मुख्यगरी दाहिने गोडामा मल्टिपल फ्याक्टर भयो र त्यसलाई अपरेशन गर्नुप¥यो । २ महिना अस्पतालमा बिताएपछि घरमै बसेर डाक्टरको फलोअपमा उपचार गराइरहेको छु । अहिले म एक दिन बिराएर खुट्टाको फिजियोथेरापीका लागि अस्पताल धाइरहेको छु ।

अहिले स्वास्थ्यमा सुधार हुँदैछ । हिँडडुल गर्न बैसाखीको सहारा चाहिन्छ । निको हुन कति समय लाग्छ, ठ्याक्कै भन्न सक्दिनँ । 

हामी १२ जनाको टोलीमा ३ जना साथीहरू गुमायौं । २ जना एयरलाइन्सकै कर्मचारी पर्नुभयो । १ जना पर्यटन व्यवसायी गुमायौं । मैले आफू त बाँचे साथीहरूबारे पनि बुझ्ने प्रयास गरेको थिएँ । घाइतेमध्ये ६ जना साधारण उपचारपछि घर जानुभएको रहेछ । उहाँहरूले स्वास्थ्यउपचार घरमै गरिरहनुभएको रहेछ । एकजना लामो समय ग्राण्डीमा बस्नुभयो । अर्को एकजना साथीलाई अकस्मात स्वास्थ्यमा तलमाथि हुने देखिएर सिंगापुर लगियो । उहाँ लामो समय सिंगापुरमा उपचारपछि फर्किनुभयो । म २ महिना मेडिसिटीमा उपचारपछि घरमै बसेर उपचार गरिरहेको छु ।

त्यो घटनाले मलाई धेरै समयसम्म झस्काइरह्यो । अहिले पनि झस्काइरहन्छ ।  अझ मनमा विमान चढ्ने भन्नेबित्तकै एक खालको डर उत्पन्न हुन्छ । मार्चमा दुर्घटना भएको थियो । दुर्घटनापछि डिसेम्बरमा विमान चढ्दै थिएँ । व्यक्तिगत कामले दुबई जानुपर्ने थियो । शुरूमा कन्फ्युज भएँ, चढौं कि नचढौं भनेर । चढेँ । राम्रैसँग गएँ । फर्किदाखेरी  सपना नै दुर्घटना भएको देख्न पुगेछु, म नराम्रोसँग झस्किएँ ।

त्यो एउटा दुर्भाग्यपूर्ण घटना थियो । दुःखदायी घटना थियो । दुर्घटनाले धेरै मानिसको ज्यान लियो । धेरै परिवारले आफ्ना सदस्य गुमाउनुभयो, सन्ततीहरू गुमाउनुभयो । म त्यस्तो कहालीलाग्दो दुर्घटनामा परेर बाँच्न सफल भएँ । अझ म भन्छु, मलाई भगवानले बचाउनुभयो । म भाग्यले बाँचे, जसको कारण म यहाँ छु । दुर्घटनाले मेरो जीवनमा पनि नयाँ खालको मोड लिएको छ । मेरो जीवन जिउने परिस्थिति फरक बनाएको छ । त्यति सजिलो छैन, तर म आफूलाई यही परिस्थितिमा अगाडि बढाउने प्रयास गरिरहेको छु ।

तस्वीर : गगन अर्याल

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x