×

NMB BANK
NIC ASIA

बुटवल- नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दल देवदह नगर समितिका सदस्य अनिस पुरीको हत्याप्रति नेपाली कांग्रेसले हत्यामा संलग्नलाई कडा कारवाहीको माग गरेको छ ।

Muktinath Bank

नेपाली कांग्रेस रुपन्देहीले सोमवार प्रेस विज्ञप्ति जारी गरी हत्या जस्तो जघन्य अपराधले पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै हत्यामा संलग्न भएका व्यक्तिलाई कडाभन्दा कडा कारवाहीको माग गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा राजनीतिक तथा सामाजिक रूपमा सक्रिय युवालाई योजनाबद्ध तरिकाले गरिएको हत्याबाट सिंगो पार्टीलाई स्तब्ध बनाएको उल्लेख गरिएको छ ।


Advertisment
Nabil box
Kumari

देवदह नगरपालिका वडा नं. ५ का २२ वर्षीय पुरीको आइवार राति देवदहको भलुहीमा ढुंगा तथा लाठी प्रहार गरी हत्या भएको थियो ।

Vianet communication

पूर्व-पश्चिम राजमार्गमा सम्साँझै व्यक्तिमाथि आक्रमण हुनले सरकारको सुरक्षा प्रबन्ध कस्तो छ भन्ने प्रष्ट पारेको उल्लेख गर्दै घटनालाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै समग्र सुरक्षा प्रबन्ध चुस्त बताउनसमेत माग गरिएको छ ।

देवदहमा विगतदेखि नै हत्याका श्रृखंला भइरहे पनि सरकारले प्रभावकारी सुरक्षा प्रबन्ध गर्न नसकेको ठहर गर्दै यस घटनामा समेत सरकारले प्रभावकारी कदम नउठाए नेपाली कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिइएको छ । त्यस्तै विज्ञप्तिमार्फत शोक सन्तप्त पुरीको परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।

नेपाल तरुण दलले पनि तरुण दल नगर समिति सदस्य पुरीको हत्याप्रति गम्भीर ध्यानाकषण भएको उल्लेख गरेको छ । नेपाल तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङ र सचिव रमेश शाहीले सोमवार नै संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गरी गृहमन्त्रीसहित सुरक्षा समितिको बैठक रुपन्देहीमै बसिरहँदा घटना हुनुले धेरै खालका आशंकाहरू पैदा गरेको उल्लेख गरेका छन् । 

विज्ञप्तिमा राजमार्ग क्षेत्रमै भएको यो घटनाले गृहमन्त्री रामबहादुर थापाको ‘देशमा शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त छ’ भन्ने भनाइलाई हाँस्यास्पद बनाइदिएको उल्लेख गर्दै घटनाले तरुण युवालाई आक्रोशित बनाएको र २४ घण्टाभित्र दोषीलाई पक्राउ गरी कारवाही प्रक्रिया शुरू नगरे शसक्त आन्दोलन गर्ने चेतावनी दिइएको छ । त्यस्तै विज्ञप्तिमा शोकाकूल परिवारजनमा समवेदना प्रकट गरिएको छ ।

विज्ञप्ति : 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x