×

NMB BANK
NIC ASIA

राजधानीको 'ज्यानमारा' प्रदूषण : क्यान्सर, फोक्सो र मुटुरोग मात्र होइन आँखामा समेत समस्या !

फागुन ३०, २०७५

NTC
Premier Steels

काठमाडौं – ‘धूलोले गर्दा मैले आँखा नै कम देख्न थालेकी छु । डाक्टरलाई देखाउँदा आँखामा रस (आँसु) आउने प्वाल टालिएकाले यस्तो समस्या आएको भन्नुहुन्छ । यो धूलोले त रोगी नै बनायो,’ काठमाडौंको बौद्धमा विगत ५ वर्षदेखि कार्पेट पसल सञ्चालन गर्दै आएकी शान्ति रिजालको गुनासो हो यो । रिजाल त प्रतिनिधि पात्र मात्र हुन्, राजधानीका हरेक मानिसको गुनासो हुने गर्छ, धूलोधूवाँले रोगी नै बनायो ।

Muktinath Bank

सडक विस्तार, खानेपानीको पाइप लाइन विस्तार, निर्माण सामग्री जताततै थुपार्ने प्रवृत्ति र कच्ची लिंक रोडहरूका कारण काठमाडौं उपत्यका धुलाम्मे हुन थालेको वर्षौं भइसक्यो । काठमाडौंको चाबहिल, पुरानो बानेश्वर, नयाँ बसपार्क, बालाजु–बाइपास, बल्खु, बौद्ध लगायतका स्थानमा धूलोको समस्या अत्यधिक छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कलंकी–नागढुंगा सडक खण्ड आसपासका बासिन्दाको नियति पनि उस्तै छ । घरभित्र बस्दा पनि धूलो आएर बिरामी पार्न थालिसक्यो । ‘घरमा सुत्दा पनि मास्क लागाउनुपर्छ,’ नैकापमा किराना पसल सञ्चालन गर्दै आएका धनवीर महर्जनले भने, ‘धूलेले खोकी लागेर टिभी नै भयो, ८ महिना औषधि खाएपछि निको भयो ।’


Advertisment
Nabil box
Kumari

अत्यधिक प्रदूषण

Vianet communication

उपत्यकाको प्रदूषण मापन गर्न वन तथा वातावरण मन्त्रालयले ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापना गरी रानीपोखरी रत्नपार्क लगायत उपत्यकाका विभिन्न ठाउँमा प्रदूषण मापन यन्त्र राखेको छ ।

आँखाले देख्न नसक्ने पार्टिकुलर म्याटर (पीएम) १०, पीएम २.५ र टोटल सस्पेन्डेड पार्टिकुलेटको तथ्यांक संकलनका लागि उक्त यन्त्र राखिएको हो ।

करीब २ साताअगाडि पानी पर्नुअघि रत्नपार्क क्षेत्रमा प्रदूषण १ हजार ४ सय ४ क्युबिकसम्म पुगेको विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले बताए ।

पौडेलका अनुसार पानी परेपछि केही दिन कम हुने प्रदूषण पानी रोकिएपछि फेरि बढ्ने गरेको छ ।

‘प्रदूषण सन्तुलन हुन १ सय २० क्युबिक तथा प्रतिसेकण्ड २.५ पीएम हुनुपर्दछ, यसभन्दा माथि भएमा वातावरण सन्तुलन भएको मानिँदैन,’ पौडेलले भने, ‘धूलो र धूवाँले गर्दा प्रदूषण बढिरहेको छ ।’

उपत्यकाका सडकको धूलो र सवारी साधनबाट निस्कने धूवाँले वातावरणमा स–साना कणहरू उत्सर्जन गर्ने जसले गर्दा मुटु, फोक्सो तथा क्यान्सरका रोग निम्तिने समस्या रहेको वातावरणविद् भुषण तुलाधर बताउँछन् ।

‘यहाँका सडकमा गुड्ने गाडीले फाल्ने धूवाँमा ट्याक्सिनोजेनिक (क्यान्सर बनाउने केमिकल) हुन्छ, जसले क्यान्सर र मुटुरोगी बनाउन सक्छ,’ उनले भने ।

रोगी बनाउने धूलोधूवाँ

धूलो र धूवाँले मानव स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन समस्या निम्त्याउने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका श्वासप्रश्वास विषेशज्ञ डाक्टर सन्तकुमार दास बताउँछन् ।

डाक्टर दासका अनुसार तत्काल सबैभन्दा धेरै दम खोकीका बिरामीलाई असर पर्छ । यस्ता रोगीमा औषधिको असर पनि कम हुने समस्या निम्तिएको उनले बताए ।

‘दीर्घकालीन रूपमा इन्टर एक्टिसिएल डिजिज (फोक्सो सुक्ने रोग), सीओपीडी क्रोनी अक्सिटव डिजिज (फोक्सोमा एलर्जी) जस्ता रोग निम्तिन्छन्,’ डा. दासले भने ।

पढ्नुहोस्, यो पनि :

कसरी आउँछ काठमाडौंको सडकमा धूलो ? [भिडियो रिपोर्ट]

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x