कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
काठमाडौँ -काठमाण्डौ विश्वविद्यालय 'स्कुल अफ ल'का संस्थापक डीन डा. विपिन अधिकारीले आफ्नो कार्यावधि बाँकी रहँदै डीनको पदबाट राजीनामा दिएका छन् । यही चैत्र ३० गते देखि लागू हुनेगरी उनले राजिनामा दिएका हुन् । स्कुल अफ लको स्थापनार्थ उनलाई काठमाडौँ विश्वविद्यालयले डीनका रुपमा नियुक्ति गरेको थियो ।
अधिकारी वरिष्ट संविधानविद् पनि हुन् । स्कुल अफ लको स्थापना प्रक्रियादेखि आजसम्मको काम कार्यवाहीमा दिएको सहयोगका लागि अधिकारीले प्राध्यापक सुरेशराज शर्मा तथा वरिष्ठ अधिवक्ता दमननाथ ढुंगाना, पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी तथा विश्वविद्यालयका पदाधिकारीलाई धन्यवाद दिएका छन् ।
तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको सरकारले अधिकारीबाट संस्थापित स्कूल अफ लको पूर्वाधार निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा उनले कृतज्ञता व्यक्त गरेका छन् ।
काठमाडौँ विश्वविद्यालय स्कूल अफ ल नेपालमा अर्थशास्त्र तथा व्यवस्थापन विषयमा आधारित वैकल्पिक कानुनी उच्च शिक्षाका लागि एकमात्र स्कुल हो ।
'काठमाडौँ विश्वविद्यालय स्कूल अफ लको स्थापनाकालीन उद्देश्य प्राप्तिका काम–कार्यवाही, यसको निरन्तर विकास एवं संस्थागत समृद्धिका लागि म सदैव सहयोगी रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु' अधिकारीले आफ्नो राजिनामा पत्रमा उल्लेख गरेका छन् । तर के कारणले अधिकारीले राजिनामा गरेका हुन् भन्ने विषय पत्रमा खुलाइएको छैन ।
करीब आठ महिनाअघि काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार डा. भोला थापाले नीतिगत विषयमा उपकुलपति डा. रामकण्ठ माकजु श्रेष्ठसंग विवाद भएपछि तत्कालै राजिनामा गरेका थिए ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...