×

NMB BANK
NIC ASIA

उपभोक्ता सरोकार

सरकारी निर्देशिकाले दुग्ध व्यवसायी तरङ्गित : खुला दूध नै बेच्ने अडान !

चैत ४, २०७५

NTC
Premier Steels

बुटवल – सरकारले यहीँ चैत दोस्रो हप्तादेखि दुग्धजन्य पदार्थको निर्देशिका लागू गर्ने तयारीमा छ ।

Muktinath Bank

तर सरकारले ल्याएको निर्देशिका तत्काल कार्यान्वन सम्भव नभएको डेरी व्यवसायीहरू बताउँछन् । सरकारले दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर कायम गराउन नयाँ निर्देशिका जारी गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डेरी व्यवसायीहरू राज्यले बनाएको खाद्य नीति तत्काल अवलम्बन गर्न सम्भव नभएको बताए । रुपन्देहीका डेरी व्यवसायी र दुग्ध उत्पादक किसानले सरकारले ल्याएको दुग्धजन्य पदार्थ सम्बन्धी नीति हतार गरेर ल्याएको आरोप समेत लगाए । सरकारले ल्याएको नीति अनुसार किसान, दुग्ध व्यवसायी विस्तापित हुने खतरा बढेको भन्दै यसले थप ‘मिल्क होली डे’ समेत गर्नको लागि प्रोत्साहित गर्ने गरेको दावी गरे ।


Advertisment
Nabil box
Kumari

न्यून गुणस्तरको दूध बिक्री गरेर उपभोक्ता ठगिएको गुनासो आएपछि मन्त्रालयले खाद्य ऐन २०२३, खाद्य नियमावली २०२७ अनुसार निर्देशिका जारी गरेको हो ।

Vianet communication

रूपन्देही डेरी व्यवसायी समितिका अध्यक्ष नेत्र पाठकले किसान, सहकारी तथा डेरी व्यवसायीलाई नै नयाँ नीतिले समेट्न नसकेको बताए । उनले दुग्ध निर्देशिका २०७५ लाई संशोधन गरी किसानमैत्री नीति ल्याउनको लागि आग्र्रह गरे ।

किसानको रोजाइमा अहिले डेरी पसलको खुला दूध भएको भन्दै प्याकिङ गरेको दूधमा उपभोक्ताको रोजाइ नभएकै कारण जबर्जस्ती उपभोक्तामाथि नै नीति लाद्न खोजेको बताए । सरकारले यहीँ चैत दोस्रो हप्तादेखि निर्देशिका कार्यान्वन गर्ने बताएको छ । 

केही समय पहिला सरकारले १ महिनाको समयसीमा निर्धारण गरी अनिवार्य रुपमा लोगो अंकित प्याकेजिङ दूध मात्रै बिक्री वितरण गर्नको लागि डेरी व्यवसायीलाई आग्रह गरेका थियो । व्यवसायीले प्याकेजिङ उद्योग स्थापना गर्नको लागि पनि करोडौं रुपैयाँ लागत लाग्ने र यसको लागि कम्तिमा पनि १ वर्ष लाग्ने भएकाले हचुवाको भरमा १ महिनाभित्र नै डेरी बन्द गर्ने गरी ल्याएको नीतिको विरोध गरिएको बताउँछन् ।

नेपाल डेरी एशोसिएनस ५ नम्बर प्रदेशका संयोजक कृष्ण भट्टराईले मिल्क होली डेको समयमा, नाकाबन्दीको समयमा किसानबाट तोकिएको मूल्यमा दूध संकलन गरी पुर्याएको योगदानको सरकारले अवमूल्यन गरेको बताए । उपभोक्ताले प्याकेजिङभन्दा खुला दूध बढी रुचाउने बताए । रूपन्देहीमा ३ सय २५ जना डेरी व्यवसायी रहेका छन् । ९५ प्रतिशत खुला दूध उपभोग हुँदै आएको छ ।

‘निर्देशिका तत्काल कार्यान्वन गर्न गाह्रो छ । सरकराले समय बढाउनुपर्छ,’ भट्टराईले भने । दूध प्याकेजिङ गरेर वितरण गर्ने हो भने यसको प्रक्रियागतरुपमा जाँदा आज संकलन गरिएको दूध कम्तिमा १५ दिनपछि मात्रै उपभोक्तासम्म पुग्ने भएको कारण पोकाको दूधमा गुणस्तरीयतामा शंंका पैदा भएको डेरी व्यवसायीले बताएका छन् । 

रुपन्देही डेरी व्यवसायी संघका महासचिव भुवन पाण्डेले सरकारले किसानलाई नै मर्कामा पार्ने गरी विदेशी लगानी भित्र्याउने षड्यन्त्र गरेको बताए । केही समयअघि दूध बजारको अनुगमन गरेपछि कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणि खनालले दुग्ध क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता जनाएका थिए । 

के छ निर्देशिकामा ? 

दूधको स्वच्छता र गुणस्तर कायम गर्न दूध उत्पादनको मापदण्ड तोकिएको छ । मापदण्ड लागू भएपछि दूधमा पानीलगायत अन्य कुनै पनि बाह्य पदार्थ मिसाउन पाइने छैन । दूध दुहेपछि दूधलाई संकलन केन्द्र, चिस्यान केन्द्र वा प्रशोधन कारखानासम्म २ घन्टाभित्र पुर्याउनुपर्नेछ ।

बिहान दुहेको दूध बिहानै र बेलुकाको दूध बेलुका नै संकलन गर्ने व्यवस्था मिलाउनुपर्नेछ । संकलन केन्द्रमा दूध ढुवानीको लागि प्रयोग गरिएका भाँडा सफा राख्न पर्याप्त पानीको व्यवस्था गर्नुपर्नेछ । उपचारको क्रममा रहेका पशुबाट उत्पादित दूध पशु चिकित्सकको सिफारिसमा मात्र संकलन केन्द्रमा पठाउनुपर्छ । चिकित्सकको सिफारिस नभएसम्म यस्तो दूध बिक्री गर्न पाइने छैन । दूध उत्पादनको लागि स्थलगत रुपमा सरसफाइ गर्नुपर्नेछ ।

संकलन केन्द्रले अल्कोहल, सीबीओ, सुगर, एसिडिटी टेस्ट लगायत मिसावटको जाँच गरी स्वच्छ र गुणस्तरीय भएको यकिन भएपछि मात्र किसानबाट दूध खरिद गर्ने व्यवस्था मिलाउनुपर्नेछ । दूध घाम नपर्ने गरी ढाकेर राख्नुपर्ने, संकलन केन्द्र स्थानीय तथा सम्बन्धित निकायमा दर्ता गर्ने, रोगी पशुको दूध गुणस्तर बमोजिम नभए फिर्ता गर्न सक्नेछ ।

किसानबाट उत्पादन भई संकलन केन्द्रबाट चिस्यानमा आएको दूधलाई थप मापदण्ड तोकिएको छ । चिस्यान केन्द्रले दूध कम्तिमा ४ डिग्री सेन्टिग्रेट तापक्रममा चिस्याउनुपर्ने, केन्द्रले दूधको स्रोत, परिमाण, गुणस्तरलगायत विवरणको अभिलेख राख्नुपर्ने, दूध संकलन र डेलिभरी गरिएको समयको रेकर्ड राख्नुपर्नेछ ।

चिस्यान केन्द्रबाट डेरी पसलमा आएपछि डेरीले पनि गुणस्तरको मापदण्डलाई ध्यान दिनुपर्छ । डेरी पसलले दुग्ध उद्योगबाट उत्पादित लेबल भएका दूध तथा दुग्ध पदार्थ मात्र बिक्री वितरण गर्नुपर्नेछ । काँचो वा अप्रशोधित दूधमा हुनुपर्ने चारित्रिक गुणस्तर अनुसार हुनुपर्ने, डेरी पसलले प्रशोधित दूध तथा दुग्ध पदार्थ बिक्री वितरण गर्दा कोल्ड चेन कायम गरी बिक्री वितरण गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

डेरी उद्योग स्थापनाको मापदण्ड पनि तोकिएको छ । डेरी उद्योग सञ्चालन गर्न बाटो, बिजुली, पानी र ढल निकासको समुचित व्यवस्था हुनुपर्छ । दूधमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले हुन सक्ने जोखिमका कारक तत्वहरू र प्रदूषण नहुने, गन्ध, धुँवा, धुलो, रसायन तथा जैविक प्रदूषणले असर नपार्ने ठाउँमा राख्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

उद्योगमा काम गर्ने कामदारको व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने, प्रशोधन क्षेत्रमा प्रवेश गर्नुपूर्व साबुन पानीले हात धुने, बुट, एप्रोन, मास्क र हेडनेट लगाएर मात्र प्रवेश गर्ने व्यवस्था मिलाउनुपर्नेछ । संक्रामक रोग लागेका बिरामी, घाउ खटिरा भएका कामदारलाई काममा लगाउन पाइँदैन । दूध भण्डारण कक्षमा ० देखि ४ डिग्री, फ्रोजन भण्डार कक्षमा न्यूनतम १८ डिग्री सेन्टिग्रेड तापक्रम हुनुपर्दछ । दूध तथा दुग्ध पदार्थ प्याकेजिङ कक्ष छुट्टै बनाउनुपर्ने बाध्यात्मक व्यवस्था छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २९, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

बैशाख २६, २०८१

एलआरआर ग्रुपले चीनमा निर्मित चेरीको सब–ब्रान्ड काई एक्स–३प्रो विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ। नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई लक्षित गरेर एल आरआर ग्रुपले विद्युती...

बैशाख २५, २०८१

नेपालका लागि टाटा मोटर्सको ​एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकवर्गहरूको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युन् पार्टसहरूको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण स...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x