कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
काठमाडौं –राष्ट्रिय सभाको बैठक पहिलो पटक उपाध्यक्ष शशीकला दाहालले शुरू गरेर सञ्चालन गरेकी छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना राजधानीबाहिर रहेका कारण उपाध्यक्षले मंगलवार पहिलोपटक बैठक शुरू गरेकी संसद् सचिवालयका एक अधिकारीले जानकारी दिए ।
यसअघि अध्यक्षले बैठक शुरू गर्ने र केही समयपछि मात्र उपाध्यक्षले सञ्चालन गर्ने गरेकी थिइन् । २०७४ साल फागुन २१ गते राष्ट्रिय सभाको बैठक शुरू भएयता सबै बैठकको अध्यक्षता तिमिल्सिनाले नै गर्दै आएका थिए ।
मंगलवार उपाध्यक्ष दाहालले दुईवटा बैठकको शुरू र अन्त्यको घोषणा गरिन् । पहिलो बैठकमा सांसदहरूले शून्य समय र विशेष समयमा समसामयिक विषयमा धारणा राखेका थिए ।
गएको असोज ३० गते राष्ट्रिय सभा नियमावलीको पहिलो संशोधन भएपछि उपाध्यक्षले बैठक सञ्चालन गर्ने व्यवस्था भएको थियो । नियमावलीको नियम ६ को दफा ४ मा अध्यक्षले बैठक प्रारम्भ र स्थगनबारे व्यवस्था गरिएको छ ।
संशोधनमार्फत् ‘तर अध्यक्षले उपाध्यक्षलाई लिखित निर्देशन दिएमा वा अध्यक्ष काबु बाहिरको परिस्थितिमा परी बैठकमा उपस्थित हुन नसकेमा उपाध्यक्षले बैठकको प्रारम्भको या स्थगन गर्नसक्ने’ भन्ने व्यस्था थपिएको छ । संघीय संसद् सचिवालयका अधिकारीका अनुसार अध्यक्ष तिमिल्सिनाले लिखित जानकारी गराएका कारण उपाध्यक्षले बैठक सञ्चालन गरेकी हुन् ।
बैठकले राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समिति पठाउने प्रस्ताव पारित गरेको छ ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...