कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
चैत ५, २०७५
जनकपुरधाम – सरकारसँग भएको ११ बुँदे सहमतिपछि भएको राष्ट्रिय परिषद् बैठकले सीके राउतको अध्यक्षतामा ‘जनमत पार्टी’ दर्ता गर्ने निर्णय गरेसँगै पार्टीले ‘स्वतन्त्र मधेश’ मुद्दा औपचारिक रुपमै छाडेको हो त ?
जनमत पार्टी घोषणासँगै ‘स्वतन्त्र मधेश गठबन्धन’ नाम प्रयोग गर्न छाडिएको छ । तर स्वतन्त्र मधेशको मुद्दा अझै नछाडिएको पार्टीका केन्द्रीय सदस्यले बताएका छन् ।
जनमत पार्टीका केन्द्रीय सदस्य कैलाश महतोले स्वतन्त्र मधेश मुद्दा अब जनमत संग्रहबाट टुंगो लाग्ने बताए । ‘हामी जनमतको सम्मान गर्छाैं । गाउँगाउँमा गएर जनमत संग्रहको प्रचारप्रसार गर्छौं,’ उनले भने, ‘स्वतन्त्र मधेशको एजेन्डा हामीले छाडिसकेका छैनौं । जसरी यो देशमा स्वतन्त्र प्रेस, स्वतन्त्र न्यायपालिका, स्वतन्त्र मजदुर, विद्यार्थी आदिको युनियन छ, त्यसैगरी हामीले स्वतन्त्र मधेशको कुरा गर्दै आएका छौं ।’
चैत्र ३ र ४ गते भएको २ दिने राष्ट्रिय परिषद्को बैठकबाट नयाँ पार्टी ‘जनमत पार्टी’ खोल्ने निर्णय गरेका छन् । ‘नेपाल सरकारसँग स्वतन्त्र मधेश गठबन्धनले गरेको ११ बुँदे सम्झौतामा राज्यले दिएको उपहार स्वरूप पाएको ‘जनअभिमत’ शब्दबाट जनमत पार्टी नामाकरण गरिएको हो,’ केन्द्रीय सदस्य महतोले भने, ‘जनमत र जनअभिमत भन्ने शब्द पर्यायवाची भएकाले नाम चयन गरिएको हो ।’
बैठक अत्यन्तै उत्साहपूर्वक सम्पन्न भएको र अब जनताबीच जाने निर्णय भएको जनमत पार्टीका अर्को केन्द्रीय सदस्य चन्दन सिंहले बताए । ‘जनताको सम्प्रभूता, प्रत्यक्ष लोकतन्त्र, समानता र समाजवाद ४ वटा मूल सिद्धान्तको आधारमा पार्टी गठन भएको हो,’ सिंहले भने, ‘मधेशको मूल समस्या, विकास, समृद्धि आदिको एजेण्डा लिएर अब हामी जनतामा जानेछौं ।’
पार्टीको आगामी कार्ययोजना, विधान, रणनीति सबै अब क्रमशः बन्दै जाने र अहिले शुरूवात मात्र गरेको उनले बताए । ‘मधेशको समस्या भनेको अवसरबाट वञ्चित हुनु, उपनिवेश, उत्पीडन आदि नै रहेकाले मधेशी जनतालाई अधिकारसम्पन्न बनाउन हाम्रो पार्टीको एजेण्डा हुनेछन्,’ महतोले थपे, ‘राज्यसँग गरिएको सम्झौतालाई हामीले इमान्दारीपूर्वक पालना गर्नेछौं ।’
मधेशका अन्य राजनीतिक दल राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालसँग सहकार्य नहुने उनले प्रष्ट्याए । ‘राजपा र फोरमसँग सहकार्य नै गर्नुपरेको भए हामीले नयाँ पार्टी नै किन खोल्नुपर्थ्यो ?’ महतोले भने, ‘हामी जनतामा अलग किसिमले जानेछौं ।’
राष्ट्रिय परिषद्को बैठकमा डा. राउतले नेता कार्यकर्ताद्वारा उठेका प्रश्नको जवाफ दिएका थिए । ‘जनमत संग्रहलाई राज्यले पनि स्वीकार गरेको छ, जनमत संग्रह लोकतन्त्रको उच्चतम् बिन्दु हो भन्ने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भनेकाले त्यसमा कसैले पनि शंका गर्नु हुँदैन,’ महतोले भने, ‘जनअभिमत भनेकै जनमत संग्रह हो । त्यसैले हाम्रो संगठनमा कसैको पनि कुनै शंका छैन ।’ जनताले जुन अभिमत प्रकट गर्छन्, त्यही अनुसार अगाडि बढ्ने उनले बताए ।
पार्टीको नाममा मधेश र नेपाल शब्द नराखिनु पछाडि रणनीति रहेको बताउँदै उनले रणनीतिबारे अहिले नै भन्न नसकिने बताए । २ दिनसम्म चलेको बैठकमा मैथिली भाषामा स्वागत गान मात्र गाइएको, नेपालको राष्ट्रिय गान भने नगाइएको उनले प्रष्ट्याए ।
बैठकमा राममनोहर यादवको तस्विर राखेर मात्र श्रद्धाञ्जलि दिइएको तर मधेश आन्दोलनका क्रममा भएका शहीदको तस्विर समेत नराखेको भन्दै राउतको सामाजिक सञ्जालमा आलोचना भएको छ । ‘हामीले सबै शहीदलाई आत्मामा राखेका छौं, बैठकमा राममनोहर जीको मात्र तस्विर राखिनु पछाडिको एउटा मात्र कारण के हो भने त्यो अहिलेको भर्खरकै घटना हो,’ उनले भने ।
विभिन्न वर्ग, समुदाय, भूगोल र लगानीलाई आधार बनाएर केन्द्रीय कमिटी बनाइएको र पछि विस्तार गरिने निर्णय भएको उनले बताए । ‘बैठकमा कार्यकर्तादेखि नेताहरू अन्यत्र डाइभर्ट नहोस्, बैठकमै केन्द्रित हुन सकियोस् भन्ने उद्देश्यले मात्र सबैको मोबाइल नियन्त्रणमा लिइएको छ,’ उनले भने । आगामी कुराहरू पत्रकार सम्मेलनमार्फत् जानकारी गराइने उनले बताए ।
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...