काठमाडौँमा यसरी मनाइयो होली [तस्वीरमा हेर्नुहोस्]

चैत ६, २०७५

काठमाडौँ -रंगहरूको पर्व मानिने होली नेपालको प्रमुख चाडमध्येको एक चाड हो । पछिल्लो समयमा विशेष गरेर युवायुवतीले होलीलाई रमेर र जमेर मनाउने गरेका छन् । नेपालमा नेपाली मात्र नभएर घुम्न आएका विदेशीहरू पनि थरीथरीका रंगमा सजिने गरेका छन् ।

होली मित्रता र एकताको पर्व पनि हो । होलीमा प्रयोग हुने रंगहरूको आफ्नो आफ्नो खास महत्त्व छ । हरियो, रातो, पहेंलो र निलो रंगलाई सात्त्विक रंग मानिन्छ । हरियो शान्ति, सन्तुलन एवं आत्मियताको प्रतिक हो भने रातो स्फूर्ति, वेज र शान्तिप्रदायक रंग हो । पहेंलो तनावबाट मुक्ति प्रदान गर्ने रंग हो भने नीलो रंगलाई महत्त्वाकांक्षा र विकासको प्रतिक मानिने गरिन्छ ।


ADVERTISEMENT

हामीले राजधानीको विभिन्न ठाउँमा पुगेर होलीमा रमाइरहेकाहरूको तस्वीर खिचेका छौं । हेर्नुहोस् फोटोफिचर -

चैत ६, २०७५ मा प्रकाशित

गगन अर्याल

लोकान्तर मल्टीमिडिया संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार