प्रहरी धरपकड तीब्र, विप्लव नेतृत्वको नेकपाका ४ नेता समातिए

चैत ६, २०७५

कपिलवस्तु– सरकारले अराजनीतिक समूह भन्दै प्रतिबन्ध लगाएको नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने जनाएसँगै कपिलवस्तुबाट पनि जिल्लास्तरका नेताहरु पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीका अनुसार जिल्लाबाट चार जना नेतालाई नियन्त्रणमा लिएको बताए । 
यसरी पक्राउ हुनेमा जिल्ला नेतामा बाणगङ्गा नगरपालिका श्यमदास पासी र राजमङ्गल थारू रहेका छन् । 


ADVERTISEMENT

यस्तै शिवगढीबाट दुर्गालाल खत्री र कपिलवस्तुमा बसेर रुपन्देहीको राजनीति गर्ने युवराज न्यौपानले समेत पक्राउ परेका छन् । 
 यी नेताहरुलाई सरदरमुकाम तौलिहवासहित राजमार्ग क्षेत्रका इलाकाहरुमा राखिएको बताइएको छ । 

पछिल्लो समयमा प्रहरी प्रशासनले छापा हान्ने र पक्राउ गर्ने क्रममा तीव्र बनाएसँगै नेकपा विप्लव समूहका बाहिर चिनिएका सबै नेता खुला रुपमा देखिन छाडेका छन् ।
 

चैत ६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार