×

NMB BANK
NIC ASIA

पोखरा- पोखरा विश्वविद्यालयले आफ्नै अस्पताल निर्माणको प्रक्रिया अगाडी बढाएको छ ।  विश्वविद्यालयले १ सय ५० शैयाको अस्पताल निर्माण गरी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आफ्नै अस्पतालमा प्रयोगात्मक अभ्याससँगै उपचारात्मक सेवा प्रवाह गर्ने उद्देश्यले विहीवार शिलान्यास गरिएको छ । विश्वविद्यालयको हाताभित्र रहेको जग्गामा अस्पताल निर्माण हुनेछ ।

Muktinath Bank

अस्पतालको शिलान्यास विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवी प्रसाद शर्माले गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिलान्यास समारोहमा बोल्दै प्राध्यापक शर्माले विश्वविद्यालयको आफ्नै अस्पताल नहुँदा यस विश्वविद्यालयमा अध्यायनतर विद्यार्थीले प्रयोगात्मक कक्षा लिन कठिनाइ भएको बताए । ‘विश्वविद्यालयको आफ्नै अस्पताल नहुँदा पारामेडिकल कोर्समा अध्ययनतर विद्यार्थीले प्रयोगात्मक अभ्यास गर्न अन्य अस्पताल धाउनुपर्ने अवस्था थियो,’ उनले भने, ‘अब विश्वविद्यालयको आफ्नै अस्पताल बनेपछि सबैलाई सहज हुनेछ ।’


Advertisment
Nabil box
Kumari

विश्वविद्यालयका रजिस्ट्रार गोविन्दप्रसाद शर्माले मेडिकल कलेज नभई विद्यार्थीलाई इन्टर्नसिप गराउनका लागि अस्पताल बनाउन थालिएको जानकारी दिए । ‘विश्वविद्यालयले आफ्नै मेडिकल बनाउने पहिलेदेखिको योजना हो, अनुमति पनि पाइसकेका छौं,’ उनले भने, ‘तर त्यसका लागि उपयुक्त जग्गाको अभाव खड्किएको छ ।’

Vianet communication
Laxmi Bank

स्वतन्त्र विद्यार्थी युनियन पोखरा विश्वविद्यालयले अस्पताल शिलान्यासको स्वागत गरेको छ । सभापति सुनिल तिमिल्सिनाले स्ववियुको चर्को दवाब र अनसन सफल भएको दावी गरे । ‘अस्पताल बनेपछि पारामेडिकलका विद्यार्थीहरुले प्रयोगात्मक कक्षाका लागि पस्चिमान्चल क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताल, हिमालयन आँखा अस्पताल लगायतका अस्पतालमा धाउनु पर्दैन,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x