×

NMB BANK
NIC ASIA

भाेलिदेखि कोरियाली भाषा परीक्षा आवेदन, कोटा बढ्यो

चैत ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ-रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला हुने भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ । 

Muktinath Bank

अठार वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएका र कोरियामा ई–९÷ई–१० भिषामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका व्यक्तिले आवेदन गर्न सक्ने इपिएस कोरिया शाखाले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइट www.eoers.epsnepal.gov.np बाट भर्न सकिनेछ । आवेदन फाराम दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ । पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् । आवेदकले फाराम भर्दा राहदानीमा फोटो भइएको रङ्गीन पृष्ठ स्क्यान गरी अपलोड गर्नुपर्नेछ । त्यसैगरी अनिवार्य रुपमा आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ । 

Vianet communication
Laxmi Bank

परीक्षा शुल्क चौबिस अमेरिकी डलर लाग्नेछ । आवेदकले जुन दिनमा फाराम दर्ता गराउने हो सो दिनको अघिल्लो दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंकको (कमलादी कर्पोरेट शाखाबाहेक) जुनसुकै शाखा र आइएमई–पे सेवामार्फत बुझाउन सकिने इपिएस शाखाले जनाएको छ । 

कोरियाली भाषा परीक्षा आगामी जेठमा सञ्चालन हुनेछ । आगामी जेठ २५ र २६ गते काठमाडौँ र पोखरा केन्द्रबाट परीक्षा सञ्चालन गरिनेछ । परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिनेछ । 

कोटा बढ्यो 

यसअघि कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएको साबिकको कोटा यस पटकदेखि केही सङ्ख््यामा वृद्धि भएको छ । सन् २०२० का लागि कोरिया सरकारले १० हजार ५० कामदार लैजाने भएको छ । पछिल्लो वर्ष कोरिया सरकारले भाषा परीक्षामार्फत आठ हजार नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराएको थियो । उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र कृषि तथा पशुपालनतर्फ तीन हजार कामदार लैजाने कोरियाले जनाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २३, २०७५

काठमाडौं– राष्ट्रिय रोजगार प्रवर्दन केन्द्रले प्रोजेक्ट मेनेजर, फाइनान्स तथा एडमिस्ट्रेसन ओअर्डिनेटलगायतका तीन पदमा कर्मचारी माग गरेको छ ।  यस्तै डाफोडी स्कुल, सिताराम गोकुल मिल्स, बालबाटीका स्कुललगाय...

असोज ११, २०७७

ग्रीन भेन्चर लिमिटेडले विभिन्न पदमा काम गर्नका लागि  ६० जना कर्मचारी माग गरेको छ ।  हेर्नुहोस् सूचना   

साउन ७, २०७५

काठमाडौं– विभिन्न वित्तिय संस्थाले कर्मचारी माग गरेका छन् ।  लालीगुराँस, सुविधानगर, जुझारु लगायतका सहकारी संस्थाले विभिन्न पदमा दर्खास्त आह्वान गरेका हुन् । थप जानकारीको लागि तलको सूचना हेर्नु...

माघ २८, २०७५

काठमाडौं– डाउनटाउन हाउजिङ कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आर्किटेक्ट, सिभिल इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर, इन्टेरियर डिजाइनर र मार्केटिङ पदमा कर्मचारी माग गरेको हो ।  यसैग...

फागुन ३०, २०७६

स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी मागेको छ ।  सहकारीले  विभिन्न पदमा काम गर्नका लागि ५  जना कर्मचारी मागेको हो । दरखास्त आह्वानका लागि एसइई पास गरेकाले पनि म...

साउन ६, २०७८

लुम्बिनी विकास बैंकले विभिन्न पदमा रिक्त पदपूर्तिका लागि कर्मचारी माग गरेको छ ।  बैंकले चीफ म्यानेजरसहित विभिन्न पदमा रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।  बैंकले साउन २० गतेसम्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x