×

NMB BANK
NIC ASIA

हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेषण नगरौं : सञ्चारमन्त्री बाँस्कोटा

चैत ९, २०७५

NTC
फाइल फोटो
Premier Steels

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आमसञ्चारमाध्यमलाई हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गरेका छन् । 

Muktinath Bank

सामुदायिक रेडियो प्रसारण सङ्घ (अकोराब)को १८औं स्थापना दिवसको अवसरमा ‘सामुदायिक रेडियो : नीतिगत बहस’ कार्यक्रममा शनिवार उनले सञ्चारमाध्यमले हिंसालाई अभिप्रेरित गरेर विषयवस्तु समाचार सम्प्रेषण हुन थालेको भन्दै हिंसा गलत बाटो भएकाले त्यस्ता समाचार सम्प्रेषण नगर्न आग्रह गरेका हुन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले हिंसालाई प्रोत्साहन हुने गरी समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस स्वतन्त्रतासँग नभई सरकारको घोषित कानूनअनुसार अघि बढ्ने बताए । 'हिंसा प्रोत्साहन नगरौं, हिंसा गर्नका लागि कसैले साथ सहयोग नगरौं, हिंसालाई त्यो बाटो गलत हो भनेर सञ्चारमाध्यमबाट अभिप्रेरित गरौं,' उनले भने, 'हिंसाका विषयवस्तु सञ्चारमाध्यममा दिए सरकारले त्यसलाई प्रेस स्वतन्त्रतासँग मात्र जोडेर हेर्दैन, त्यसलाई आफ्नो घोषित कानूनअनुसार सरकारले हेर्दछ ।' 


Advertisment
Nabil box
Kumari

उनले हिंसालाई अभिप्रेरित गर्ने सञ्चारमाध्यमलाई कारवाही गर्दा प्रेस स्वतन्त्रता हुने कि नहुने भनेर प्रश्न गरे । उनले पाँच/छ सञ्चारमाध्यमले हिंसाका कुरालाई प्रोत्साहन गरेको उल्लेख गरे । सरकारले सङ्गठित हिंसा गर्न प्रतिबन्धित गरेको उल्लेख गर्दै उनले भने, 'त्यस्तो हिंसाका विषयवस्तु दिने सञ्चारमाध्यमलाई कारवाही हुने कि प्रेस स्वतन्ता हनन् हुने ।' 

Vianet communication

मन्त्री बाँस्कोटाले नेपाली समाजमा पीडा र हिंसा अवसान नहुँदै कसैलाई हिंसा शुरु गरौंगरौं लागेर नचाहिएका काम गर्न खोजिरहेको बताए । उनले कञ्चनपुर घटनाका दोषी पत्ता छिटो लगाऊ भनेर सञ्चारमाध्यमले दबाब दिने कुरा राम्रो भएको उल्लेख गर्दै तर अपराधी पत्ता लगाउने क्रममा कसैलाई समात्यो भने त्यो कसरी समात्यो भनेर प्रश्न उठाउने कुरा राम्रो नभएको बताए । 

उनले अब सञ्चारमाध्यम र विज्ञापन एजेन्सीले समेत कस्ता विज्ञापन प्रसारण वा छाप्ने भनेर आ–आफ्नो आचारसहिंता हुनुपर्ने धारणा राखे । मन्त्री बाँस्कोटाले काठमाडौंमा रेडियो फ्रिक्वेन्सी होल्ड गरेर राख्ने काम अत्याचार पूर्ण ढङ्गले रहेको उल्लेख गर्दै भने, 'कसैले फ्रिक्वेन्सी नपाउने र कसैले नचलाएर होल्ड गरेका छन्, अब त्यो होल्ड गरेर राख्ने प्रावधान हटाउनु पर्दछ ।' 

कार्यक्रममा सांसद कृष्णभक्त पोखरेलले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य तथा अकोराबका पूर्वअध्यक्ष मीनबहादुर शाहीले सामुदायिक रेडियोमा समुदायको प्रतिनिधित्व बढाउन सरकार लागिरहेको बताए । नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक व्याञ्जु श्रेष्ठले सामुदायिक रेडियोको व्यावसायिक क्षमता विकास गरेर स्थानीय तहलाई पनि समेटेर जानुपर्ने धारणा राखे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x