×

NMB BANK
NIC ASIA

भैरहवास्थित सिद्धार्थ रङ्गशालाको स्तरोन्नति गर्ने मन्त्रीको उद्घोष

चैत १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी- युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकारले देशभर नौ वटा रङ्गशाला निर्माण गरिरहेको बताएका छन् । 

भैरहवास्थित सिद्धार्थ रङ्गशालाको आइतवार स्थलगत निरीक्षण गर्दै उनले भने, 'देशका नौ वटा रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउँदैछौँ, त्यसमध्ये पनि प्राथमिकतामा सिद्धार्थ रङ्गशाला रहेको छ ।' 

Muktinath Bank

उनले सिद्धार्थ रङ्गशालामै खेल अभ्यास गरेका धेरै क्रिकेट खेलाडी नेपाली राष्ट्रिय टिममा नेतृत्वदायी भूमिकामा रहेका स्मरण गर्दै रङ्गशालाको स्तरोन्नतिका लागि सरकारले विगतदेखि बजेट छुट्याएको भए पनि त्यसको दायरा बढाउने बताए । 

मन्त्री विश्वकर्माले सिद्धार्थ रङ्गशालाको थप आवश्यक जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढिसकेको बताउँदै जग्गा अधिग्रहण गर्दा आवश्यक मुआब्जा रकम तत्काल व्यवस्था गर्ने जानकारी गराए । उनले भने, 'यो रङ्गशालामा थप ११ कठ्ठा जग्गा मुआब्जासहित अधिग्रहण गर्नुपर्ने देखिएको छ, त्यसको प्रक्रिया शुरु भइसकेको छ, जिल्ला प्रशासन कार्यालयबाट मुआब्जा निर्धारण भइरहेको छ, त्यो निर्धारण हुँदाबित्तिकै मन्त्रालयले आवश्यक रकम व्यवस्थापन गर्नेछ ।' 

मन्त्री विश्वकर्माले धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको रङ्गशालाका कारण अन्य रङ्गशाला निर्माणको काम प्रभावित नहुने बताए । उनले भने, 'सरकारको सुखी नेपाली, समृद्ध नेपालको अभियानमा गैरसरकारी संस्था, व्यक्ति तथा निकायले साझेदारी गर्न सक्छन्, धुर्मुस सुन्तली फाउन्डेसन पनि सरकारको अभियानलाई सहयोग गर्न लागेको हो, यसलाई हामीले स्वागत गरेका छौँ ।' 

मन्त्री विश्वकर्मालाई जिल्ला खेलकूद विकास समितिका सभापति योग गुरुङ र जिल्ला क्रिकेट सङ्घका अध्यक्ष प्रशान्तविक्रम मल्लले सिद्धार्थ रङ्गशालाको स्तरोन्नतिको योजनाका बारेमा जानकारी गराएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x