×

NMB BANK
NIC ASIA

सरकारसँग सेनाको दूरी बढ्दै, नेकपाका नेता हेमन्तप्रकाशसँग २२ वटा सिमकार्ड

चैत ११, २०७५

NTC
Premier Steels

काठमाडौं– पछिल्लो समय सरकार र नेपाली सेनाबीच दूरी बढ्दै गएको छ । सरकारले एकपछि अर्को गर्दै सेनासँग सल्लाह नै नगरी सेनालाई समेत दीर्घकालीन रूपमा असर पर्ने विषयमा निर्णय लिन थालेपछि सेना सरकारसँग रुष्ट भएको हो । 

Muktinath Bank

सैनिक उच्च स्रोतका अनुसार नेपालमा सम्पन्न बिम्स्टेक बैठकपछि भारतमा हुने भनिएको संयुक्त सैन्य अभ्यासमा जानबाट सरकारले सेनलाई रोक्नु, सीके राउतसँगको सहमति हुँदै नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथिको प्रतिबन्ध, प्रधानमन्त्रीले नै सेना परिचालन गर्न सक्ने गरी कानुन संशोधन गर्न गरिएको प्रस्ताव र पछिल्लोपटक तोकिएको मर्यादाक्रममा विषयमा सेना सँगको रुष्ट छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा प्रधानमन्त्रीलाई नै सेना परिचालनको एकल निर्णय गर्ने अधिकार प्रस्ताव गरिएको भने सो विधेयकमाथि संसदीय समितिमा छलफल जारी छ ।


Advertisment
Nabil box
Kumari

स्रोतका अनुसार सेनाले चन्द समूहका कारण ठूलो सुरक्षा चुनौती नरहेको भन्दै सरकारलाई केही समयअघि सुझाव दिएको थियो । उसले राजनीतिक रुपमै उसका गतिविधिलाई टुंग्याउन सरकारलाई सुझाएको थियो ।, राजधानीमा खबर छ । 

Vianet communication

संघीय संसद्को तेस्रो अधिवेशन अन्त्य  
गत पुस ११ गते प्रारम्भ भई चैत १० गतेसम्म जम्मा ८९ दिन चालू रहेको संघीय संसद्को तेस्रो अधिवेशन आइतबार अन्त्य भएको छ । यस अवधिमा प्रतिनिधिसभामा जम्मा २३ वटा सरकारी विधेयक दर्ता भएकामा आठ विधेयकसभामा प्रस्तुत हुन बाँकी रहेका छन् । 

सात विधेयक सम्बन्धित समितिमा विचाराधीन छन् भने दुईमाथि राष्ट्रियसभाबाट संशोधनसहित प्राप्त भएको सभामुख कृष्णबहादुर महराले जानकारी गराए । अन्य छ विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भइसकेको छ ।

साथै सभाको दोस्रो अधिवेशनबाट प्राप्त विभिन्न सात विधेयकमध्ये चार विधेयक दुवै सदनबाट पारित भइसकेको छ भने दुई विधेयक समितिमा विचाराधीन अवस्थामा नै रहेको र एक विधेयक राष्ट्रियसभामा विचाराधीन रहेको अवस्था छ ।

यस्तै राष्ट्रियसभाको चालु हिउँदे अधिवेशन समापन भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चालू हिउँदे अधिवेशन समापन भएको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा बैठकमा पढेर सुनाए । बैठकमा अध्यक्ष तिमिल्सिनाले तेस्रो अधिवेशन अवधिभर भएका बैठक र काम कारवाहीबारेमा जानकारी गराउँदै ८९ दिन बैठक बसेको र विभिन्न १२ विधेयक पारित भएको बताए ।

प्रतिगमनको सम्भावना छैनः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनको कुनै संभावना नरहेको बताएका छन् । राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनताको प्रश्नमा जनमतसंग्रहको कल्पना पनि गर्न नसकिने उनको भनाइछ । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्र भनेर फट्याकफुटुक नगर्न पनि सचेत गरे । 

प्रधानमन्त्री ओलीले संविधान सभाले बनाएको संविधान, चुनावबाट आएको सरकार र अहिलेको प्रणाली नै जनमत भएको बताए । ओलीले नेत्रविक्रम चन्द विप्लव नेकपाप्रति कडा टिप्पणी गर्दै अब देशमा अशान्तिको श्रृंखला जारी राख्ने कल्पना नगर्न चेतावनी दिए । 

मुस्लिम आयोगका अध्यक्ष अन्सारीविरुद्ध सर्वोच्चमा रिट
मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । कपिलवस्तु घर भई हाल काठमाडौँमा बस्दै आएका अब्दुल सलामले अन्सारीले राष्ट्रपति कार्यालय, संवैधानिक परिषद् लगायतलाई विपक्षी बनाइ आइतबार दायर गरेको रिट निवेदनमा अन्सारीलाई सो आयोगको अध्यक्ष पदमा काम नगर्न नगराउन आदेशको माग गरिएको छ । 

संवैधानिक परिषद्को बैठकले गत फागुन ६ गते अन्सारीलाई मुस्लिम आयोगको अध्यक्षका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिमा अन्सारीविरुद्ध नागरिकता र शैक्षिक प्रमाणपत्रका विषयमा सुनुवाई समितिमा उजुरी परेका थियो । रिट निवदेनमा अन्सारीलाई सो आयोगको अध्यक्ष बनाउनु संविधान र कानून विपरीत भएको उल्लेख छ । 

निलम्बित एसपी विष्ट रिहा
निर्मला पन्त प्रकरणमा निलम्बित प्रहरी उपरिक्षक एसपी डिल्लीराज विष्ट रिहा भएका छन् । कञ्चनपुर जिल्ला अदालतले मागेको साढे १० लाख रुपैयाँ धरौटी बुझाएपछि उनी रिहा भएका हुन् । 

कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले निर्मलाको बलात्कारपछि हत्या गरिएको घटनाको प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई यातना दिएको मुद्दामा सुनुवाई गर्दै धरौटी बुझाउन आदेश दिएको थियो  । अदालतले यातनाविरुद्धको मुद्दामा ६ लाख र प्रमाण नष्टको मुद्दामा ४ लाख ५० हजार रुपैयाँ धरौटी बुझाउन भनेको थियो ।

पक्राउ परेको हेमन्तप्रकाशसँग २२ वटा सिमकार्ड
सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरुले धेरै वटा सिमकार्ड प्रयोग गर्न थालेको छन् । उनीहरुको पुराना सिमकार्ड फाल्ने र नयाँ नयाँ सिमकार्ड प्रयोग गर्दै आएको अनुसन्धानमा खुलेको छ ।

शुक्रबार पक्राउ परेका सो पार्टीका नेता हेमन्तप्रकाश ओली र उनका सहयोगीसँग २२ वटा सिमकार्ड भेटिएको छ र विगतमा प्रयोग गरेका सिमकार्ड उनीहरुले फालिसकेको प्रहरीले जनाएको छ । बरामदमध्ये कतिपय सिमकार्ड प्रयोग नगरिएका समेत छन् । ओलीले आफूले पक्राउ पर्ने डरले कार्यकर्ताकै सिमकार्ड धेरै प्रयोग गर्ने र पुराना सिमकार्ड प्रयोग गर्ने गरेको समेत खुलेको छ ।, नयाँ पत्रिकामा खबर छ ।

भ्रष्टाचार आरोपमा मुद्दा 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको साविक सीमा गाविसको सामुदायिक भवन निर्माणमा भ्रष्टाचार भएको अभियोगमा तत्कालीन गाविस सचिवसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सामुदायिक भवन निर्माण गर्दा प्राविधिक लागत अनुमानअनुसार नगरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन गाविस सचिव दीपकबहादुर सिंहले रु दुई लाख ३३ हजार ४४८ बराबरको भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ । 

उक्त भवन निर्माण कार्य सम्झौता एवम् लागतअनुमानबमोजिम सम्पन्न नभएको अवस्थामा नै मापदण्डविपरीत गरिएको निर्माण कार्यलाई सही भनी प्रमाणित गरी झुठो बिल भर्पाई बनाएको आरोप लागाईएको छ ।

आयोगले सहायक सबइञ्जिनीयर नरबहादुर नेपाली, सामाजिक परिचालक भीमबहादुर राना र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष दिल्लीदेवी बाँठो सबैलाई रु दुई लाख ३३ हजार ४४८ बराबरको भ्रष्टाचार गरेको अभियोग लगाएको छ ।

सगरमाथा आरोहण व्यवस्थित गरिने
सगरमाथासहितका हिमाल आरोहणमा देखिएका विकृतिलाई नियन्त्रण गर्न नियामक निकाय पर्यटन विभागले पर्वतारोहणलाई व्यवस्थित गर्नेे भएको छ । साहसिक पर्यटनका रुपमा रहेको आरोहणका क्रममा सम्पर्क अधिकृत खटाएका स्थानमा नजाने तथा आरोहणमा संलग्न कम्पनीले फर्जी कागजात पेश गरेर आरोहणको प्रमाणपत्र लिनेजस्ता विकृति बढेको भन्दै विभागले आरोहणलाई मर्यादित र प्रभावकारी बनाउन लागेको हो ।
    
आरोहणका गतिविधिलाई प्रभावकारी नियमन र व्यस्थित गर्न खटिन सम्पर्क अधिकृतलाई विभागले विशेष जिम्मेवारीकासाथ खटाउनेछ । आरोहणमा अनुशासन कायम गर्न आरोहणको यो यामदेखि सुरक्षाकर्मीलाई पनि सम्पर्क अधिकृतका रुपमा खटाइने बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x