×

NMB BANK
NIC ASIA

बारमा चुनावी सरगर्मी : नेतृत्वका दाबेदार भन्छन् – न्यायाधीश नियुक्तिको संयन्त्रमै गडबडी !

चैत ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – कानून व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचनका प्रतिस्पर्धी चैत्र १६ गते हुने निर्वाचनको अन्तिम तयारीमा जुटेका छन् ।

Muktinath Bank

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट कानून व्यवसायीको संगठन ‘नेपाल लयर्स एसोसिएसन (एनएलए)’ चण्डेश्वर श्रेष्ठको नेतृत्वमा निर्वाचन लड्दै छ भने विपक्षी दल नेपाली कांग्रेस निकट कानून व्यवसायीको संगठन ‘डेमोक्र्याटिक लयर्स एसोसिएसन (डीएलए)’ सुनीलकुमार पोखरेलको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको छ । नेपालमा करीब १८ हजार लाइसेन्स प्राप्त वकिल भएपनि जम्मा १० हजार ३ सय १३ ले निर्वाचनमा मतदान गर्नेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मतदातालाई आफूतर्फ आकर्षित गर्न दुवैतिर भ्याइँ–नभ्याइँ छ । व्यावसायिक हक, प्रतिष्ठा र पेशागत सुरक्षाका लागि आफूले उम्मेदवारी दिएको पोखरेलले दाबी गरेका छन् । लोकान्तरसँग कुरा गर्दै पोखरेलले भने, ‘व्यावसायिक हक, प्रतिष्ठा र पेशागत सुरक्षा हाम्रो प्रमुख प्रतिवद्धता हो । हामीले चाहेको नेपाल बार एसोसिएसनको अभिव्यक्ति स्वतन्त्रता तथा संस्थागत स्वायत्तता र गरिमा उच्च होस् र न्यायपालिका निर्भिक र भ्रष्टाचारमुक्त होस् भन्ने हो ।’ 


Advertisment
Nabil box
Kumari

बारको राष्ट्रिय चरित्र निर्माण 

Vianet communication
Laxmi Bank

‘हामीले यस पटकको बाराको निर्वाचन नेतृत्व केन्द्रित नभइ नीति केन्द्रित हुनुपर्छ भन्ने माग राखेका छौं,’ पोखरेलले भने, ‘हामी बारको दिशा र दशा परिवर्तन गर्नुपर्छ भन्नेमा प्रतिवद्ध छौं । नीतिगत परिवर्तनमार्फत हामीले बाराको राष्ट्रिय चरित्र निर्माण गर्नुपर्छ भन्नेमा हाम्रो जोड रहेको छ । बारलाई राजनीतिक रूपमा तटस्थ बनाउनेप्रति हामीले विशेष जोड दिएका छौं ।’ 

वकिलले राजनीति गर्न पाउने तर बारका पदाधिकारीले राजनीति गर्न नपाउने मान्यताबाट आफूहरू अगाडि बढेको पोखरेलको दावी छ । ‘बारको राष्ट्रिय चरित्र भनेकै न्यायपालिकाको स्वतन्त्रता र  विधिको शासनका विषयमा कसैसँग सम्झौता नगर्नु हो,’ पोखरेलले भने, ‘अहिले बार भन्नेबित्तिकै के बुझिन्छ भने यो वकिलहरूको संस्था त हो, ठ्याक्कै कस्ता प्रकारका वकिलको संस्था हो भन्ने प्रश्नको उत्तर आएको थिएन । हामीले बारको राष्ट्रिय चरित्र निर्माण गर्न सक्यौं भने बारलाई बारम्बार लाग्ने गरेका आक्षेपबाट हामीले मुक्त गराउन सक्छौं ।’ 

हालसम्म राजनीतिक विषयसँग जोडिएका कतिपय राष्ट्रिय मुद्दामा बार विभाजित हुने गरेको पोखरेल स्वीकार्छन् । ‘तर अब त्यस्ता प्रकारका विभाजन बारमा आउनु हुँदैन,’ पोखरेलले भने, ‘जस्तै सुशीला कार्कीको फैसलालाई लिएर बारको एकथरि स्ट्याण्ड हुन्थ्यो भने दीपकराज जोशीको विषयलाई लिएर बार अर्कोतर्फ विभाजित हुन्थ्यो ।’ 

‘या त न्यायाधीशको सिफारिस गर्ने संयन्त्र परिवर्तन गरौं, या त संसदबाट सुनुवाइ हुने व्यवस्था हटाउँ’

प्रधान न्यायाधीशलाई महाभियोग लगाउनु हुन्न र लगाउनैपर्छ भन्ने दुवै मान्यता गलत रहेको पोखरेल बताउँछन् । ‘बरु महाभियोग लगाउने आधारहरू के–के हुन्, त्यसमा बारले छलफल गर्नुपर्थ्यो,’ पोखरेलले भने, ‘ती आधारहरू संविधानसम्मत् थिए कि थिएनन् हामीले त्यसमा बहस गर्न चुक्यौं ।’ आफ्नो नेतृत्व स्थापित भएमा बारले यस्ता विषयमा ध्यान दिने पोखरेलको जिकिर छ । 

न्यायाधीश नियुक्तिको संयन्त्रमै समस्या 

‘न्यायालयको स्वतन्त्रताको विषय बारको लागि मूल विषय हो,’ पोखरेल भन्छन्, ‘न्यायपरिषद्, जुन प्रधान न्यायाधीशको अध्यक्षतामा रहने बडी हो, त्यसले न्यायाधीशको सिफारिस गर्छ । तर त्यसको परीक्षण संसदको एउटा समितिले गर्छ, जुन राजनीतिक बडी हो ।’ यो व्यवस्था अमेरिकी व्यवस्था भएको र नेपालको हकमा यस्तो व्यवस्था उपयुक्त नहुने तर्क पोखरेलको छ । 

अमेरिकामा राष्ट्रपतिले सिधै न्यायाधीश नियुक्त गर्ने प्रचलन छ । कार्यकारीले नियुक्त गरेको न्यायाधीशको परीक्षण संसदमा हुने व्यवस्था उपयुक्त मानिएपनि प्रधान न्यायाधीशको अध्यक्षतामा न्यायपरिषद्ले गरेको सिफारिसलाई संसदबाट सुनुवाइ हुने कुरा अमिल्दो भएको पोखरेल तर्क गर्छन् ।

‘या त न्यायाधीशको सिफारिस गर्ने संयन्त्र परिवर्तन गरौं, या त संसदबाट सुनुवाइ हुने व्यवस्था हटाउँ,’ पोखरेलले भने, ‘प्रधान न्यायाधीशको हकमा भने प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषद्ले गरेको सिफारिसलाई सुनुवाइको क्रममा प्रधानमन्त्री या सत्तारुढ दलले प्रतिरक्षा गर्नुपर्ने हो तर अहिले त्यसो भएको देखिँदैन ।’ 

‘बारभित्र पनि समस्याहरू छन्, यसलाई पुनर्संरचना गर्नुपर्छ ।’

‘अमेरिकामा राष्ट्रपतिले गरेको सिफारिसको प्रतिरक्षा राष्ट्रपति र उनको दलले गरेको हुन्छ । नेपालमा यहीँनेर न्यायपालिकालाई राजनीतिक रूपमा स्वतन्त्र हुन दिइएन,’ पोखरेल तर्क गर्छन्, ‘प्रधानमन्त्रीले गर्ने सिफारिसमा प्रधानमन्त्रीकै दलको मान्छेले ठीक छैन भन्छ, यो प्रक्रिया ठीक भएन । हामी यो प्रक्रियालाई सही दिशातर्फ ल्याउन प्रयास गर्नेछौं ।’

न्यायाधीश नियुक्तिमा भ्रष्टाचार !

पोखरेल भन्छन्, ‘भ्रष्टाचारको विषय न्यायाधीश नियुक्तिसँग जोडिन्छ, कस्ता मान्छेलाई न्यायाधीशमा नियुक्ति गरिएको छ, त्यसका आधारमा भ्रष्टाचार कति हुन्छ भन्ने कुरा तय हुन्छ । यसकारण नियुक्तिको प्रक्रिया नै गडबड छ । हामीले संवैधानिक आधारलाई त हेर्ने गर्छौं, तर व्यक्तिको छनोटलाई हामीले मापदण्ड बनाएका छैनौं । यहीँबाट न्यायालयमा भ्रष्टाचार हुन्छ ।’ 

२०७३ सालमा भएको नियुक्तिको विषयमा प्रधान न्यायाधीश सुशीला कार्कीको भनाई उदृत गर्दै उनले भने, ‘जुन ८० जना न्यायाधीशको नियुक्ति भएको थियो नि ! मैले दुईवटा राजनीतिक दलका नेता राखेर गरेको निर्णयमाथि यिनीहरूले किन विरोध गर्छन् ?’

‘दलका नेता दायाँबायाँ राखेर न्यूनतम योग्यता पुगेका व्यक्तिलाई न्यायाधीश नियुक्त गरेर हुन्छ ?’ पोखरेलले प्रश्न गरे, ‘अबको १५–२० वर्षमा तिनै न्यायाधीश सर्वोच्च पुग्छन् ।’ न्याय परिषद्मा बार एसोसिएसनबाट एउटा प्रतिनिधि गएको हुन्छ । बारले पाउने सोही प्रतिनिधित्वको आधारमा न्यायाधीश गलत छन् भने कारवाहीको प्रक्रियामा लैजाने र छैनन् भने पुरस्कृत गर्ने प्रक्रियाको शुरूवात गर्नुपर्छ भन्ने बाराको मान्यता रहेको पोखरेलको भनाइ छ । उनी भन्छन्, ‘बारभित्र पनि समस्याहरू छन्, यसलाई पुनर्संरचना गर्नुपर्छ ।’

बारको नेतृत्वमा सुनील पोखरेल नै किन ?

आफूले नीतिगत परिवर्तन गर्न चाहेको पोखरेलको दाबी छ । ‘बारको महासचिव हुँदा पनि मैले जसरी बारलाई सञ्चालन गरेको थिएँ, मलाई त्यतिबेला मत दिने आम मतदाताले मेरो कार्यकाल सम्झिरहेका छन्,’ पोखरेल भन्छन्, ‘अहिले पनि उनीहरूले तपाईं आउनुपर्छ है सर ! भनेर भनिरहेका छन् ।’ पोखरेलको दाबी छ, ‘मेरो र बारमा आवद्ध युवा वकिलबीच कुनै जेनेरेसन ग्याप छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x